Khabar Dabali Logo
  January 26, Sun

आन्तरिक विवाद सुल्झाउन काँग्रेस सभापति देउवा पौडेल निवासमा कफि वर्ता गर्दै

काठमाडौँ । पार्टीमा देखिएको विवादबारे छलफल गर्न नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा पुग्दैछन् ।

सभापति देउवा छलफलका लागि १० बजे पौडेल निवास आउने जानकारी गराएको बताए पनि अहिलेसम्म सभापति पौडल निवास नपुगेको पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिएका छन् ।

पौडल समूहको आन्तरिक छलफलमा नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा आगामी रणनीतिबारे छलफल चलिरहेको बेला सभापति देउवाले शुक्रबार साँझ पौडेललाई शनिबार बिहान कफि खान निवासमा आउने जानकरी दिएका थिए ।

पौडेल पक्षले बिहीबारको केन्द्रीय कार्यसमिति बैठक १४ औं महाधिवेशनको कार्यतालिका नल्याएको, सहमतिबेगर पार्टीका विभागको संख्या २८ बाट बढाएर ४१ पुर्‍याउने प्रस्ताव गर्न लागेको भन्दै बहिस्कार गरेको थियो ।

शुक्रबार साँझको पौडेल पक्षको भेलाले महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म केन्द्रीय कार्यसमितिमा उपस्थित नहुने बटमलाइन बनाएको छ ।

भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, डा.मिनेन्द्र रिजाल, दिलेन्द्र बडू र हृदयराम थानीलगायत नेताहरु सहभागी थिए । भेलामा आइतबार आव्हान भएको केन्द्रीय कार्यसमिति बैठकको विषयमा छलफल भएको पौडेल समूहका एक नेताले बताएका छन् ।

बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेरमात्रै महाधिवेशन कार्यतालिका ल्याउने संस्थापन पक्षको अडान थियो । पौडेल पक्षको बहिस्कारबीच सभापति देउवाले बैठकमा छलफलका लागि ९ वडा एजेन्डा प्रस्तुत गरेका थिए । ती एजेन्डामाथि छलफल गर्न आइतबार केन्द्रीय समिति बैठक बोलाइएको छ ।
यस्तै, पार्टी प्रवत्ता विश्वप्रकास शर्माले निर्धारित मितिमा महाधिवेशन गर्न असम्भव रहेकोले महाधिवेशनको मिति एक बर्ष सर्न सक्ने बताएका छन् । पौडेल समूहले विधानको प्रावधानलाई गलत प्रयोग गरी देउवाले आफ्नो आयु लम्ब्याउन खेजेको आरोप लगाएका छन् ।

मंसिर २८ गते, २०७६ - १०:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली लाइसेन्सधारीको अन्त्य नभएसम्म सडक दुर्घना न्यूनिकरण हुन सक्दैन : नेता शर्मा

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले नक्कली लाइसेन्सका...   

केही बर्षमा माडि दुर्गमबाट सुगममा परिणत हुन्छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही बर्षभित्रै माडी...   

विधान नमिच्न सभापति देउवालाई जिल्ला सभापतिको चेतावनी

काठमाडौँ । नेपाली काँग्रेसका असन्तुष्ट पौडेल पक्षका जिल्ला सभापतिहरुले नेतृत्वको कार्यशैली प्रति...   

ईरानको ५२ ठाउँबाट आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई ५२ ठाउँबाट आक्रमण गर्ने चेतावनी दिएका छन्...   

सभामुखबारे नेकपा दुई अध्यक्षबीच जुटेन सहमति, संसद बैठक स्थगित गर्ने तयारी

काठमाडौं । सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाका दुई अध्यक्षबीच कुरा नमिलेपछि प्रतिनिधिसभाको...   

राष्ट्रपतिलाई राजनीतिबाट टाढा रहन नेकपा नेता रघुजी पन्तको सूझाव

काठमाडौ । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई...   

प्रदेश सरकारको मुख्य प्राथमिकता कृषि : मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले कृषिलाई सबैभन्दा धेरै महत्व दिएको बताएका...   

प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षी काँग्रेसको प्रश्न : नेपाल ट्रष्टको जग्गा हिनामिनामा किन मौन ?

काठमाडौं । विपक्षी दल नेपाली काँग्रेसका सांसदले नेपाल ट्रष्टको सम्पत्ति हिनामिना गर्ने प्रकरणमा...   

नरिवलको रक्सीले लियो आठ जनाको ज्यान, सयौं अस्पताल भर्ना

एजेन्सी । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी...   

चीन र दक्षिण कोरियाका राष्ट्रपति बीच भेटवार्ता

एजेन्सी । चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top