Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

धनुषा बम विस्फोट अपडेट : गम्भीर घाइते प्रहरी निरिक्षकको मृत्यु

धनुषा । धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिस्फोटमा घाइते प्रहरी निरिक्षक अमिर दहालको मृत्यु भएको छ । गम्भीर घाइत दहालको धरानस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरी उपरीक्षक शेखर खनालले रातोपाटीलाई बताए ।

प्रहरी कार्यालय धुनषाका अनुसार दहाललाई शनिबार बिहान ६ः४० मा डाक्टरहरुले मृत घोषणा गरेका हुन् । अन्य २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ५ जनाको अवस्था गम्भीर छ ।

शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटर दुरिमा बम बिस्फोट हुदा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

राति १२ बजे राजेश्वरको घरको शौचालयस्थित अलपत्र अवस्थामा रहेको शंकापष्द वस्तु बम हो भनि ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट यकीन गर्न पुगेको बेला सो बम बिस्फोट भएको थियो ।

बिस्फोटमा प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली समेत गशमभीर घाइते भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए ।

गम्भीर घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरान लगिएको जनाइएको छ । अन्य २ जना समान्य घाइते भएको बताइएको छ ।

घरमुली साह विगतदेखि नै मोटो रकम ऋण लगानी गर्दै आएको कारण कसैले उनीहरुलाई हत्या गर्नकै लागि राखिएको बम बिस्फोट भएको हुन सक्ने स्थानीयको आशंका छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ भने प्रहरीले अनुसन्धान तिव्र बनाएको छ

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies