Khabar Dabali Logo
  January 24, Fri

बेलायतमा कन्जर्भेटिभ पार्टीलाई भारी बहुमत, जोनसनको नेतृत्वमा पुनः सरकार बन्ने

काठमाडौं । बेलायतको आम निर्वाचनबाट सत्ताधारी कन्जर्भेटिभ पार्टीलाई ठूलो जित प्राप्त भएको छ । कन्जर्भेटिभले बिहिबार भएको आम निर्वाचनबाट स्पष्ट बहुमत ल्याएको हो ।

बिहिबार संसदको (हाउस अफ कोमन्स)को ६५० सिट लागि मतदान भएको थियो । नतिजामा जोनसनको कन्जर्भेटिभ पार्टीलाई स्पष्ट बहुमत प्राप्त भएको छ । निर्वाचनबाट कन्जर्भेटिभले ३५० सीट प्राप्त गरेको छ । विपक्षी लेबर पार्टीले २०० सीट जितेको छ ।

पछिल्लो पाँच वर्षमा बेलायतमा भएको यो तेस्रो निर्वाचन हो । यसअघि २०१५ र २०१७ मा निर्वाचन भएको थियो । बेलायतको १०० वर्षे इतिहासमा डिसेम्बरमा भएको यो पहिलो निर्वाचन पनि हो ।

एग्जिट पोल्समा पनि कन्जर्भेटिभले जितेका थिए

निर्वाचनको नतिजा नआउँदै विभिन्न सञ्चारमाध्यमले गरेको एग्जिट पोल्सको नजितामा पनि जोनसनको पार्टीले बहुमत ल्याउने देखाइएको थियो । एग्जिट पोल्सको नतिजामा कन्जर्भेटिभले ३६८ सीट जित्ने देखाइएको थियो । विपक्षीलाई १९१ सिट मिल्ने आंकलन गरिएको थियो ।

ब्रेग्जिट मुद्दाकै कारण हार : लेबर पार्टी

निर्वाचनको परिणामप्रति विपक्षी लेबर पार्टीका नेता जेरेमी कार्बिनले निराशा व्यक्त गरेका छन् । उनले सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै उनि अब हुने कुनै पनि निर्वाचनमा पार्टीको तर्फबाट नेतृत्व नगर्ने पनि बताएका छन् । उनले हारको कारण ब्रेग्जिट मुद्दा नै रहेको पनि स्वीकारेका छन् ।

चुनाव अघिको अभियानमा लेबर पार्टीले सत्तामा आएको खण्डमा ब्रेग्जिटमाथि पुनः जनमत संग्रह गराउने बताएको थियो । कार्बिनले २०१६ मा भएको जनमत संग्रहलाई असफल जनमत संग्रह भन्दै टिप्पणी गरिरहेका थिए । कार्बिनले आफ्नो हारलाई स्वीकार गर्दै सामाजिक न्यायको मुद्दालाई दरिलो रुपमा अगाडि बढाउने पनि बताएका छन् ।

३१ जनवरीसम्म ब्रेग्जिट मुद्दा टुग्याउनु पर्ने

यूरोपियन संघले बेलायतलाई संघबाट अलग हुनको लागि आगामी ३१ जनवरीसम्मको समयसिमा दिएको थियो । ईयूले जनवरी ३१ सम्म बेलायको संसदले सम्झौता स्वीकृत गरेमा इयूबाट बेलायत बाहिरिन सक्ने बताएको छ ।

०१६ मा भएको जनमत संग्रहमा ५२ प्रतिशत मानिसले ब्रेग्जिटको समर्थन गर्दै भोट हालेका थिए । ४८ प्रतिशतले मात्रै ईयूबाट बाहिरिनु पर्ने भन्दै भोट हालेका थिए ।

पहिलो कदम ब्रेग्जिट मुद्दा

कन्जर्भेटिभकी नेता एंव बेलायतकी गृहमन्त्री प्रीति पटेलले जीतसँगै सरकारले ब्रेग्जिट मुद्दा टुंग्याउन काम गर्ने बताएका छन् । उनले क्रिसमस अघि नै ब्रेग्जिट मुद्दाले टुंगो लगाउने बताइन् । सञ्चारमाध्यमसँग कुराकानी गर्दै पटेलले भनिन्, ‘जीतपश्चात सरकारले सबैभन्दा पहिलो काम ब्रेग्जिट मुद्दाबारे टुंगो लगाउने छ । क्रिसमस अघि नै टुंग्याउने गरि हामीले योजना बनाएका छौं ।’

(एजेन्सीको सहयोगमा)

मंसिर २७ गते, २०७६ - १३:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सगरमाथा संवादबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई ‘ब्रिफिङ’

काठमाडौं । राष्ट्रिय, क्षेत्रीय,अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसाययिक तथा साझा चासोका विषयमा सघन...   

मुख्यमन्त्री गुरुङद्वारा मिदिमखोला पुलको शिलान्यास

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मिदिमखोला मोटरेबल पुलको आज शिलान्यास...   

निर्भया हत्या मुद्दा : फाँसीबाट जोगिन दोषीले अपनाए नयाँ तरिका

काठमाडौं । निर्भया हत्याका दोषीले आगामी फ्रेबुअरी १ मा हुने फाँसीको सजायँबाट जोगिनको लागि नयाँ तरिका...   

सापकोटालाई गिरफ्तार गर्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीद्धारा सर्वौच्चमा रिट

काठमाडौं । सत्तारुढ नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई गिरफ्तार गर्न माग गर्दै वरिष्ठ अधिवक्ता...   
बदलियो अमेरिकाको भिजा नियम, गर्भवति महिलालाई अमेरिका जान प्रतिबन्ध

बदलियो अमेरिकाको भिजा नियम, गर्भवति महिलालाई अमेरिका जान प्रतिबन्ध

काठमाडौं । अमेरिकाले भिजा नियममा शुक्रबारदेखि परिवर्तन गरेको छ । परिवर्तित भिजा नियमअनुसार दोस्रो...   
सापकोटा सभामुखमा सिफारिस भएसँगै प्याकुरेलले दिए राजीनामा

सापकोटा सभामुखमा सिफारिस भएसँगै प्याकुरेलले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका...   
दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि पक्राउ

दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि पक्राउ

काठमाडौं । सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । गुरुङ्गलाई...   
प्रेरक प्रसंग : मृत्युदण्ड अघि भगतसिंहले मागेकाे दुई मिनेट

प्रेरक प्रसंग : मृत्युदण्ड अघि भगतसिंहले मागेकाे दुई मिनेट

काठमाडौं । अंग्रेज दमनविरुद्ध स्वतन्त्रताका निम्ती लडेका भरिया क्रान्तिविर भगत सिंहलाई मृत्युदण्ड...   
खनाल फकाउँदै ओली, वामदेवको उपाध्यक्ष पद खतरामा !

खनाल फकाउँदै ओली, वामदेवको उपाध्यक्ष पद खतरामा !

काठमाडौं । नेकपाका नेता तथा संगठन विभागका प्रमुख वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा पार्टीका अध्यक्ष...   

एमसीसीका अमिल्दा बुँदा सच्चाएर अनुमोदन गर्दा समस्या हुन्न : डा. सुर्यराज आचार्य

काठमाडौं । साझा पार्टी नेपालका प्रवक्ता एंव पूर्वाधारविद् डा. सुर्यराज आचार्यले एमसीसीका केहि अमिल्दा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top