Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

आईपीएल २०२० कोलकातामा , लिलामीका लागि ३ सय ३२ खेलाडीको अन्तिम सूची तयार

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० का लागि खेलाडीहरुको लिलामी १९ डिसेम्बरमा भारतको कोलकातामा हुँदैछ । लिलामीका लागि ३ सय ३२ खेलाडीहरुको अन्तिम सूची तयार भइसकेको छ । लिलामीका लागि ९ सय ७१ खेलाडीहरुले रजिस्ट्रेसन गरेका थिए ।

दुई करोडको शीर्ष आधारभूत मूल्य ९बेस प्राइस० मा अस्ट्रेलियाका चारजना खेलाडीहरु रहेका छन् । यसमा ग्लेन म्याक्सवेल र प्याट कमिन्ससहित दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसलाई राखिएको छ । यस बेस प्राइसमा कुनै पनि भारतीय खेलाडी छैनन् । यो समूहमा जोस हेजलवुड ९अस्ट्रेलिया०, मिचेल मार्स ९अस्ट्रेलिया०, एन्जेलो म्याथ्युज ९श्रीलङ्का० र डेल स्टेन ९दक्षिण अफ्रिका० रहेका छन् ।

रोबिन उथप्पा भारतबाट सर्वाधिक बेस प्राइस भएको खेलाडी छन् । उनलाई १।५ करोड बेस प्राइस भएको सूचीमा समावेश गरिएको छ ।

सर्टलिस्ट गरिएका खेलाडीहरुमा २४ नयाँ खेलाडीहरु छन् । उनीहरुको नाम फ्रेन्चाइजीको तर्फबाट प्रस्तावित गरिएको हो । पछिल्लो सिजन ८।४ करोडमा बिकेका तीव्र गतिका बलर जयदेव उनादकट १ करोड बेस प्राइसमा सामेल छन् ।

लिलामी भारतीय खेलाडीहरुमध्ये सबैको नजर रोबिन उथप्पामाथि हुनेछ । सन् २००७ को टी–२० विश्वकप विजेता टोलीका सदस्य रहेका उथप्पाले कयौँ वर्ष कोलकाता नाइटराइडर्समा बिताएका थिए । यस वर्ष फ्रेन्चाइजीले उनलाई रिलिज गरेको थियो । पछिल्लो सिजन पनि उथप्पा लिलामीको प्रक्रियामा थिए । तर, कोलकाताले राइट टू म्याच कार्ड प्रयोग गरेर उनलाई टीमा सामिल गरेको थियो ।

लिलामीमा पहिले ब्याट्सम्यानको बोली लाग्नेछ । त्यसपछि अलराउन्डर, विकेटकिपर–ब्याट्सम्यान, फास्ट बलर र अन्तिम स्पीनरको लिलामी हुनेछ । त्यसपछि क्याप्ड र अनक्याप्ड खेलाडीहरुको लिलामी गरिनेछ ।

कूल ७३ खेलाडीहरुका लागि स्थान खाली छ । यसमा २९ स्थान विदेशी खेलाडीका लागि छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies