Khabar Dabali Logo
  January 26, Sun

मेलम्चीका सहायक ठेकेदारको भुक्तानी अझै टुङ्गो लागेन

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुङ्गो लाग्न सकेको छैन ।

स्थानीय कामदारको ज्यालाको टुङ्गो लागेपनि सहायक ठेकेदारका विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सिएमसिले भुक्तानी गर्न बाँकी रहेको रकमसम्बन्धी माग दाबी भएका आधारमा अध्ययन गर्न प्राविधिक समिति गठन गरिएको छ । मजदूरलाई ज्याला बापतको रकम दिनुभन्दा कम्पनीलाई सामानको भुक्तानी गर्न केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए ।

भुक्तानी गर्न बाँकी रहेका भनिएका कम्पनीको माग सही छ छैन भनी भेरिफाइ ९जाँच गर्ने० काम भइरहेको छ । उनले भने, “त्यो सकिना साथ भुक्तानी प्रक्रिया अघि बढ्नेछ ।” सिएमसी कम्पनी निर्माण कार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्तालाई भुक्तानी गरेको थिएन । कम्पनी गएदेखि नै उनीहरुले आफू पीडित भएको भनी सरकारसँग भुक्तानीको माग गरेको प्रवक्ता शाक्यले बताए ।

कम्पनी निर्माण कार्य छाडेर गएसँगै सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग १५ महिनामा काम सक्ने गरी सम्झौता गरेको थियो । नयाँ कम्पनी निर्माण कार्यमा लागिरहँदा सरकारले यस अघिको समस्यासमेत समाधान गरिरहेको छ । मन्त्रालयमा सहसचिव नेतृत्वको प्राविधिक समिति गठन गरेर विवाद समाधान गर्न लागिएको छ । साना र ठूला आपूर्तिकर्ताको भने भुक्तानी गर्न बाँकी छ ।

मंसिर २६ गते, २०७६ - १४:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति पुन

काठमाडौं । भारतको ७१औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा...   

बढी आय हुने क्षेत्रमा बढी राजश्व उठाउँछौँ : अर्थमन्त्री

काठमाडौं । सरकारले बढी आय हुने क्षेत्रमा राजश्व उठाउन जोडबल गर्ने भएको छ । सरकारका एक वरिष्ठ मन्त्रीले...   

नेप्सेमा २१ अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २१ अङ्कले ओरालो लागेको छ । साताको...   

काँग्रेस नेकपासँग कमन्डलु लिएर उपसभामुख माग्न जाँदैन : नेता रिजाल

काठमाडौँ । कांग्रेस सांसद मीनेन्द्र रिजालले कांग्रेसले नेकपासँग उपसभामुख पदमा बार्गेनिङ गरेर सभामुखको...   

कोरोना भाइरसबाट सुरक्षाको व्यवस्थापन गर्न काँग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै...   

हवाई आक्रमणमा अफगानिस्तानमा १६ लडाकूको मृत्यु

मजार ए शारिफ । अफगानिस्तानमा भएको भिडन्तमा परी कम्तीमा १६ लडाकू मारिएका छन् । तालिवान लडाकूहरुको...   
अत्यधिक बर्षाका कारण १४ को मृत्यु

अत्यधिक बर्षाका कारण १४ को मृत्यु

रियो दि जेनेरियो । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक बर्षाका कारण मृत्यु हुनेको संख्या १४...   

अग्‍नि सापकोटा सभामुखमा निर्विरोध, औपचारिक घोषणा गर्न प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । सभामुख घोषण गर्न प्रतिनिधिसभा बैठक आइतबार दिउँसो ३ बजे बस्न लागेको सचिवालयले जनाएको छ।...   

रौतहटको चौकीनजिकै शंकास्पद वस्तु फेला, सेनाको टोली बोलाइयो

रौतहट । रौतहटको चन्द्रनगाहपुर चौकीनजिकै शंकास्पद वस्तु भेटिएको छ ।आइतबार करिब १२ बजेतिर नेपाल बैंक...   
क्रिकेट संघकाे सद्भावना दूतमा गायक प्रमोद खरेल नियुक्त

क्रिकेट संघकाे सद्भावना दूतमा गायक प्रमोद खरेल नियुक्त

विराटनगर । क्रिकेट विकास समिति प्रदेश १ को सद्भावना दूतमा गायक प्रमोद खरेल नियुक्त भएका छन् ।समितिको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top