Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

आफूलाई मन्त्रीभन्दा ‘माथि’ ठान्ने अचम्मका प्रेस सल्लाहकार !

काठमाडाैं । तेह्रौं एसियाली खेलकुद प्रतियोगिता ‘साग’मा पदक जितेका खेलाडीलाई सरप्राइज पुरस्कारको घोषणा गर्न प्रधानमन्त्रीले मंगलवार अपराह्न २ बजे खेलाडी र पदाधिकारी सबैलाई बालुवाटार बोलाए ।

उक्त समारोहमा साग खेल्ने नेपाली खेलाडीहरू लगभग सबै उपस्थित भएका थिए भने खेलकुद मन्त्रालयका मन्त्रीसमेतका पदाधिकारीहरू, राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरू अन्य केही मन्त्रीहरू लगायत उपस्थित थिए ।

अघिल्लो दिन नै कार्यक्रमको तयारी बालुवाटारमा गरिएको थियो । खेलकुद मन्त्री जगत विश्वकर्माले खेलाडीहरूलाई दिइने पुरस्कारका बारेमा अघिल्लो दिन नै प्रधानमन्त्रीसँग मोटामोटी कुराकानी गरिसकेका थिए ।

स्वर्ण पदक विजेता खेलाडीलाई जनही ९ लाख, दुई वा दुईभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीको हकमा जनही ११ लाख, टीम गेममा स्वर्णपदक विजेता खेलाडीलाई जनही ५ लाख, रजत पदक जित्ने खेलाडीलाई जनही ६ लाख र कास्य पदक जित्ने खेलाडीलाई जनही ३ लाख रूपैयाँ दिइने मोटामोटी सहमति अघिल्लै दिन भएको थियो ।

बुधवार निर्णयको कपी प्रधानमन्त्रीकहाँ पठाइयो । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले केहीबेर निर्णयको कागज हेरे अनि प्रधानमन्त्रीलाई देखाए । निर्णय गरिएको कागजमा मन्त्रालयले यसका बारेमा आवश्यक कार्यविधि छिटै तयार गर्ने र त्यस अनुसार पुरस्कार रकम वितरण गर्ने पनि उल्लेख थियो । 

बुधवार बालुवाटारमा खेलाडी र सम्बन्धित पदाधिकारीहरू जम्मा भएपछि प्रधानमन्त्रीले खेलाडीहरूलाई दिइने सरप्राइज पुरस्कार घोषणा गरे ।

‘यसपटकबाट हरेक कास्य पदक बिजेता खेलाडीलाई सरकारले ३ लाख रकम दिने उद्घोष गरिएको छ, रजत पदक प्राप्त गर्ने खेलाडीहरूलाई हरेक पदकबापत ६ लाख,’ प्रधानमन्त्रीले घोषणा गर्दै गए, ‘त्यसैगरी स्वर्ण पदक विजेता खेलाडीलाई एक स्वर्ण पदकको ९ लाख दिने निर्णय भएको छ । एउटाभन्दा बढी स्वर्ण पदक ल्याउने खेलाडीले ११ लाखका दरले प्राप्त गर्नेछन् ।’

प्रधानमन्त्रीको घोषणा सकिएको थिएन, खेलकुद मन्त्रालयका पदाधिकारी मुखामुख गर्न लागे । एकजना उच्चपदस्थ कर्मचारीले अर्का कर्मचारीसँग कानेखुसी गरे, ‘प्रधानमन्त्रीले त बिल्कुलै निर्णयबिपरित नै घोषणा गर्नुभयो ।’ यता भने ताली बजिरहेको थियो, खेलाडी र उनका आफन्तहरूले हुटिङ पनि गर्न भ्याए ।

धाराप्रवाह बोलिरहेका प्रधानमन्त्री ओलीलाई रोक्ने कोही भएनन् ।

त्यसलगत्तै सञ्चारमाध्यमहरूमा समाचार आउन थाल्यो, ‘प्रधानमन्त्रीको घोषणा, एक स्वर्णपदकको ९ लाख रुपैयाँ ।’

कतिपय पत्रकारले हिसाब पनि गर्न भ्याए । सागमा पौडीतर्फ गौरिका सिंहले ४ स्वर्ण जितेकी थिइन् । स्वर्णबाहेक उनले २ रजत पदक र ३ कास्यपदक पनि जितिन् । यसरी एकपछि अर्का हेडलाइन आए, ‘गौरिकाले ६५ लाख प्राप्त गर्ने ।’

तर खेलकुद मन्त्रालयका एक उच्चपदस्थ कर्मचारीका अनुसार यस्तो निर्णय भएको थिएन । दुई वा दुई भन्दा बढी स्वर्ण जित्नेको हकमा जम्मा ११ लाख दिइने निर्णयमा उल्लेख थियो ।

जनही ९ लाख दिइने कि प्रतिस्वर्ण ९ लाख दिइने भन्ने विवाद शुरू भयो । यसबीचमा आफूलाई सबैभन्दा ठूलो संचारगृह दाबी गर्ने कान्तिपुरले यो बीचमा धेरैवटा समाचार बनायो । सबै समाचार फरक-फरक थिए । विवाद सिर्जना भएपछि कान्तिपुरले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको अडियो नै सार्वजनिक गर्नुपर्यो ।

अडियोमा थापाले भनेका छन्, ‘गौरिकाले ४ स्वर्णको ११ का दरले ४४ लाख, २ रजतको ६ का दरले १२ लाख र तीन कास्यको ३ का दरले ९ लाख पाउँछिन् । उनले पाउने जम्माजम्मी ६५ लाख हुनेछ ।’

थापा केही दिनअघि मात्र प्रधानमन्त्रीका प्रेस सल्लाहकार नियुक्त भएका थिए । उनी कुनै पनि कुनाबाट तेह्रौं सागसँग सम्बन्धित थिएनन् । खेलाडीलाई दिइने पुरस्कारका बारेमा उनलाई रत्तिभर पनि जानकारी हुने कुरै भएन ।

तर सञ्चारमाध्यमहरूले किन उनलाई नै सोधे ? अनि थापाले आफू नै विज्ञ भएजस्तो गरेर फटाफट किन जवाफ दिए ? असम्बन्धित मान्छेको भनाइलाई किन सञ्चारमाध्यममार्फत प्रस्तुत गरेर जनतालाई झुक्याउने काम भयो ? यी प्रश्नहरूका जवाफका सन्दर्भमा भविष्यमा बहस होला ।

एक स्वर्ण जित्नेलाई ९ लाख दिने र दुई वा दुई भन्दा बढी स्वर्ण जित्नेलाई ११ लाखका दरले पुरस्कृत गर्ने घोषणा कुनै हिसाबले पनि तर्कयुक्त थिएन । बरू एक स्वर्ण जित्नेलाई ११ लाख र दुई वा दुईभन्दा बढी जित्नेलाई प्रतिस्वर्ण ११ लाख भन्दा कम घोषणा गरेको भए अलि पत्यारिलो हुन्थ्यो । प्रधानमन्त्रीले लेखेको निर्णय पढेको भए राम्रो हुन्थ्यो तर उनले आफैं घोषणा गरे । यद्यपि प्रधानमन्त्रीको घोषणा दुईअर्थी थियो ।

प्रधानमन्त्रीले ११ लाखका दरले त भने तर त्यो दर प्रतिखेलाडी हो कि प्रतिपदक भन्ने स्पष्ट पारेनन् । एक स्वर्ण पदकको ९ लाख रूपयाँ दिने निर्णय भएको बताएका प्रधानमन्त्री ओलीले थपे, ‘एउटाभन्दा बढी स्वर्ण पदक ल्याउने खेलाडीले ११ लाखका दरले प्राप्त गर्नेछन् ।’

समग्रमा हेर्दा प्रधानमन्त्री आफै स्पष्ट थिएनन् । पहिल्यै निर्णय भएको पुरस्कार राशी घोषणा गर्दा उनी अल्मलिएका थिए । प्रधानमन्त्री आफू अलमलिए जसलाई स्वाभाविक मान्न सकिन्थ्यो,  तर प्रधानमन्त्रीका प्रेस सल्लाहकारले चाहिँ दुनियाँ अल्मल्याए ।

तर खेलकुदमन्त्री जगत विश्वकर्माले गौरिकाले जम्मा ११ लाख पाउने बताए । विश्वकर्माले भने, ‘प्रतिस्वर्ण ९ लाख, कसैले एउटा भन्दा बढी स्वर्ण जितेको छ भने उसलाई ११ लाख दिइने हो । गौरिकाले ११ लाख पाउँछिन् ।’

मन्त्री विश्वकर्माले त्यही निर्णय सुनाएका थिए, जुन अघिल्लो दिन प्रधानमन्त्रीसँग छलफल भएपछि तयार गरिएको थियो । खबरडबलीसँग कुरा गर्दै मन्त्री विश्वकर्माले भने, ‘मन्त्रालयले जे प्रस्ताव गरेको छ, पुरस्कार त्यही अनुसार बाँडिन्छ । कसले कति पाउँछ भन्ने कुरा कार्यविधि बनाएपछि हिसाबकिताब हुन्छ ।’

उनले एकभन्दा बढी स्वर्ण पाउनेले ११ लाख भन्दा बढी नपाउने पुनः स्पष्ट पारे ।

को ठूलो, मन्त्री कि प्रधानमन्त्रीका प्रेस सल्लाहकार ?

राजनीतिक विश्लेषक तथा कुनै बेला तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाका सल्लाहकार रहिसकेका प्रा.डा. कृष्ण खनाल भन्छन्, ‘सामान्यतः संसदीय प्रणालीमा प्रधानमन्त्रीले सल्लाहकार राख्ने चलन छैन । मन्त्रिमण्डल नै उसको सल्लाहकार टिम हो, जुन संसद्प्रति समेत उत्तरदायी हुन्छ ।’

एक वर्षअघि एक सञ्चारमाध्यममा लामो आलेख लेख्दै खनालले सल्लाहकारलाई ‘विनालगामको लस्कर’ बताएका छन् । ‘यो बिनालगामको लस्करको नियुक्तिको न कुनै मापदण्ड छ, न कुनै निश्चित जिम्मेवारी नै,’ उनले स्पष्ट पारेका छन्, ‘नियुक्ति गर्ने पदाधिकारीसँगको निजी वा गुटगत निकटता, हाइफाई नै यसको चर्चित प्रोटोकल हो ।’

खनालको भनाईलाई आधार मान्ने हो भने प्रधानमन्त्रीको सल्लाहकार टीम नै मन्त्रिपरिषद हो, जुन संसदप्रति उत्तरदायी हुन्छ । प्रधानमन्त्रीले घोषणा गर्दा केही अल्मलिएको भएपनि खेलकुदमन्त्री विश्वकर्माको भनाई नै अन्तिम र आधिकारिक देखिन्छ । अर्थात संविधानले या त चिन्ने प्रधानमन्त्रीलाई हो, या त मन्त्रीलाई ।

तर प्रधानमन्त्री ओलीको सल्लाहकार टीमले आफूलाई सर्वेसर्वा भएको ठान्छ । मुख्य सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार थापा विवादित सल्लाहकार हुन् ।

थापाले मंगलवार पनि एउटा ठूलो ब्लनडर मिस्टेक गरेका थिए । साग समारोह सम्पन्न भएपछि मंगलवार साँझ प्रधानमन्त्री ओलीलाई नियमित डायलासिसका लागि मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको थियो । तर थापाले ग्राण्डी लगेको भनेर सञ्चारकर्मीहरूलाई गलत सूचना दिएका थिए ।

सम्बन्धित समाचारहरू

लाज पचाएर अपमान डकार्ने सल्लाहकार !

स्याबासी थाप्न अस्पताल गएका प्रचण्ड जब अमिलो मुख लिएर फर्के !

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies