Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेप्से दोहोरो अङ्कले बढ्दा कारोवार रकम ५५ करोड नाघ्यो

काठमाडाैं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक १० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.११ अङ्कले बढेर एक हजार १६१.४७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.६९ अङ्कले बढेर २५५.१९ मा रोकिएको छ । परिसूचक बढेसँगै कारोवार रकममा पनि उल्लेख्य सुधार आएको छ ।

स्टकका अनुसार आज कूल १७३ कम्पनीको २० लाख ४३ हजार ६०५ कित्ता शेयर रु ५५ करोड १३ लाख ७७ हजार ८५२ मा खरिद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये उत्पादन उपसमूहको शेयरमात्र ओरालो लागेको छ ।

सो उपसमूहको शेयर ३०.३२ अङ्कले घटेको छ । बैंकिङ ४.२७, व्यापार २९.५६, होटल २२.७९, विकास बैंक १६.८, हाइड्रोपावर ६.२, फाइनान्स ६.२४, निर्जीवन बीमा ११३.१३, अन्य ५.१४, माइक्रोफाइनान्स ५७.०८, जीवन बीमा ७९.२८ र सामूहिक लागनी कोषको शेयर ०.०२ अङ्कले बढेको छ ।

स्टकका अनुसार कारोवार रकमका आधारमा आज नेपाल बङ्गलादेश बैंक लिमिडेटको संस्थापक शेयर शीर्षस्थानमा रह्यो । सो बैंकको शेयर रु छ करोड ४१ लाख ६१ हजार ६४८ मा खरिदबिक्री भयो ।

यस्तै नेपाल बैंक लिमिटेडको रु तीन करोड ६ लाख ९४ हजार २४८, लुम्बिनी विकास बैंकको रु दुई करोड ८७ लाख चार हजार २४०, एनएमबी बैंक लिमिटेडको रु दुई करोड ७२ लाख ३६ हजार ६४० र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर रु दुई करोड दुई लाख ५० हजार ८९६ मा खरिदबिक्री भयो । नेप्से दोहोरो अङ्कले बढे पनि युनिलिभर नेपाल लिमिटेडका शेयरधनीले सबैभन्दा बढी गुमाए ।

सो कम्पनीका लगानीकर्ताले ३.९५ प्रतिशतले गुमाए । यस्तै युनिभर्सल पावर कम्पनी लिमिटेड ३.८९, नेपाल बैङ्गलादेश बैंक लिमिटेड (संस्थापक) ३.३८, सिटिजन म्युचुअल फन्ड–१ का शेयरधनीले १.८३ र माछापुछ्रे बैंकका लगानीकर्ताले १.७८ प्रतिशतले गुमाए ।

आज नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी कमाए । सो संस्थाका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाउँदा डिप्रोक्स लघुवित्त वित्तीय संस्था ९.९५, युनाइटेड इन्सुरेन्स कम्पनी नेपाल र गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९.८७, नयाँ नेपाल लघु वित्त विकास बैंक ९.८६ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले ८.०७ प्रतिशतले कमाए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies