Khabar Dabali Logo
  April 6, Mon

चलचित्र निर्देशक समाजकाे अध्यक्ष पदमा दिनेश डिसीले पुन: उम्मेद्वारी दिने

काठमाडाैं । चलचित्र निर्देशक समाजको अध्यक्ष पदकाे लागि दिनेश डिसीले पुन: उम्मेद्वारी दिने भएका छन् । आगामी मंसिर २८ गते हुन गईरहेको चलचित्र निर्देशक समाजको अधिवेशनमा दोश्रो कार्यकालको लागि निर्देशक तथा संचारकर्मी डिसीले पुन: उम्मेद्वारी दिने भएका हुन् । डिसी नेपाली चलचित्रका निर्देशक तथा निर्माता र अभिनेता पनि हुन् ।

२०७० सालमा भएको निर्देशक समाज नेपालको निर्बाचनबाट उनि अध्यक्ष पदमा चुनिएका थिए । ‘आवाजको दुनियाको साथी’ ऊपनामले चिनिने निर्देशक दिनेश डिसी ‘प्रबल जनसेवा श्री’ बाट सम्मानित व्यक्तित्व पनि हुन् ।

डिसीले धेरै निर्देशकहरुको दबाब, इच्छा र चाहनाले गर्दा नै पुन : अध्यक्ष पदमा उम्मेद्वारी दिने मनस्थिति बनाएकाे बताएका छन् । ‘नेपाली चलचित्र क्षेत्र र निर्देशक समाजलाई अगाध प्रेम गर्नुहुने र अत्यन्त ठूलो प्रभाव राख्नु हुने साथीहरूले निर्देशक समाजको नेतृत्व लिन बल पुर्वक आग्रह गरिरहनु भएको छ । मेरो व्यस्तताको कारण मैले उम्मेद्वारीको लागि सहमति जनाइनसकेको भए पनि मलाई वहाँहरुको आग्रहलाई अस्वीकार गर्न अत्यन्त कठिन भइरहेको छ ।’ डिसीले भने, ‘सम्पूर्ण चलचित्र निर्देशकहरु, चलचित्रकर्मी तथा कलाकारहरुकोआग्रह स्वीकार गर्दै निर्देशक समाजको अध्यक्ष पदमा उम्मेद्वारी निर्णय गरेको छु ।’

डिसीले सम्पूर्ण निर्देशक, चलचित्रकर्मीहरुको साथ र सहयोगका कारण आगामी निर्वाचनबाट पनि अध्यक्षकाे रूपमा आउने आशा देखाए । डिसीकाे अघिल्लो कार्यकालमा निर्देशक समाजको हकहितको लागि गरेकाे कामकाे निकै नै प्रशंसा गरिएकाे थियाे ।

मंसिर २५ गते, २०७६ - १७:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर १५ सय बढिको कोरोना परीक्षण, ११३ जना आइसोलेसनमा

देशभर १५ सय बढिको कोरोना परीक्षण, ११३ जना आइसोलेसनमा

काठमाडौं । नेपालमा अहिलेसम्म १५ सय २९ जनाको कोरोना परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता...   
बाबुराम भट्टराई र प्रदीप गिरीले सुरु गरेको अभियानप्रति मन्त्री योगेश भट्टराईले किन जनाए आपत्ति ?

बाबुराम भट्टराई र प्रदीप गिरीले सुरु गरेको अभियानप्रति मन्त्री योगेश भट्टराईले किन जनाए आपत्ति ?

काठमाडौं । समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र कांग्रेस नेता प्रदिप गिरिलगायतले कोरोना महामारीविरुद्व...   
गलत हेडलाईन राखेर प्रचार गरिएको भन्दै कांग्रेस नेता महतद्वारा आपत्ति, चुनावको माग नगरेको प्रष्टोक्ती

गलत हेडलाईन राखेर प्रचार गरिएको भन्दै कांग्रेस नेता महतद्वारा आपत्ति, चुनावको माग नगरेको प्रष्टोक्ती

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफ्नो भनाईको गलत अर्थ लगाउने गरि हेडलाईन...   
कोरोना देखिएसँगै चीनबाट साढे चार लाख मानिस अमेरिका भित्रिएको खुलासा

कोरोना देखिएसँगै चीनबाट साढे चार लाख मानिस अमेरिका भित्रिएको खुलासा

काठमाडौं । अमेरिकामा पछिल्लो समय कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । कोरोनाबाट संक्रमित हुने र मर्नेहरुको...   
कोरोनाविरुद्धकाे भ्याक्सिन बनाउने दौडमा अमेरिका र चीन, को कहाँसम्म पुगे ?

कोरोनाविरुद्धकाे भ्याक्सिन बनाउने दौडमा अमेरिका र चीन, को कहाँसम्म पुगे ?

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या विश्वभर आक्रामक रुपमा बढ्दो छ । हालसम्म १२ लाखभन्दा बढि...   
भारतमा कोरोनाबाट मर्नेको संख्या १०९, आइतबार मात्रै ४ जनाले ज्यान गुमाए

भारतमा कोरोनाबाट मर्नेको संख्या १०९, आइतबार मात्रै ४ जनाले ज्यान गुमाए

काठमाडौं । भारतमा कोरोना भाइरसको कारण आइतबार मात्रै चार जनाले ज्यान गुमाएका छन् । भारती सञ्चार माध्यम...   
कोरोनाभाइरस फैलनबाट रोक्न मास्क कति उपयोगी ?

कोरोनाभाइरस फैलनबाट रोक्न मास्क कति उपयोगी ?

काठमाडाैं । के अनुहारमा प्रयोग गर्ने मास्क लगाउँदा कोरोनाभाइरसको सङ्क्रमण फैलने गतिलाई कम गर्न सकिन्छ?...   

कोरोना संक्रमणको आशंकामा १२० जना आइसोलेशनमा

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर अहिले कोरोनाको आशंकामा १२० जनालाई आइसोलेशनमा राखिएको छ । काठमाडौं...   
लकडाउनमा यस्तो देखियो काठमाडौं उपत्यका, हेर्नुहोस् भिडियोमा

लकडाउनमा यस्तो देखियो काठमाडौं उपत्यका, हेर्नुहोस् भिडियोमा

काठमाडौं । नेपाल प्रहरीले लकडाउनको समयमा काठमाडौं उपत्यकाको अवस्थाबारे ड्रोनमार्फत अनुगमन गरेको...   
पोखरामा कुनै कोरोना संक्रमित फेला परेको छैन : स्वास्थ्य मन्त्रालय

पोखरामा कुनै कोरोना संक्रमित फेला परेको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोखरामा कोरोना पोजेटिभ भएको भनि आएको चर्चा पुष्टी भईनसकेको बताएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top