Khabar Dabali Logo
  January 26, Sun

चितवनको उम्मेदवारले खर्चको विवरण बुझाएनन्

चितवन । स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि जिल्लाका स्थानीय तहका उम्मेदवारले खर्चको विवरण बुझाएका छैनन् । जिल्लाका सात स्थानीय तहका ९१७ जनाले निर्वाचन कार्यालयमा खर्चको विवरण नबुझाएका हुन् । जिल्ला निर्वाचन अधिकारी हरि ढकालका अनुसार जिल्लाका सात स्थानीय तहमा दुई हजार २०३ उम्मेदवार रहेका थिए । तीमध्ये एक हजार २८६ जनाले मात्र खर्चको विवरण बुझाएको उनले जानकारी दिए ।

यस्तै प्रतिनिधिसभा र प्रदेशसभाका १२/१२ जनाले पनि खर्च विवरण नबुझाएको कार्यालयले जनाएको छ । साना राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले खर्चको विवरण नबुझाएका हुन् । उनीहरुलाई कार्यालयले ताकेता गरिरहेको भए पनि विवरण बुझाइनसकेको ढकालले बताए । निर्वाचन सम्पन्न भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ ।

सात जनाको धरौटी जफत

उप निर्वाचनमा जिल्लाका तीन वडाध्यक्षका लागि उम्मेदवार बनेका सात उम्मेदवारको धरौटी जफत भएको छ । भरतपुर महानगरपालिका वडा नं १६, खैरहनी नगरपालिकाको वडा नं ४ र ५ मा १३ जना उम्मेदवार रहेका थिए ।

तीमध्ये सात जनाले सदरमतको १० प्रतिशत मत ल्याउन नसकेपछि धरौटी जफत भएको हो । तीनवटै वडामा नेपाली काङ्ग्रेसले विजय हासिल गरेको छ ।

मंसिर २५ गते, २०७६ - १६:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति पुन

काठमाडौं । भारतको ७१औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा...   

बढी आय हुने क्षेत्रमा बढी राजश्व उठाउँछौँ : अर्थमन्त्री

काठमाडौं । सरकारले बढी आय हुने क्षेत्रमा राजश्व उठाउन जोडबल गर्ने भएको छ । सरकारका एक वरिष्ठ मन्त्रीले...   

नेप्सेमा २१ अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २१ अङ्कले ओरालो लागेको छ । साताको...   

काँग्रेस नेकपासँग कमन्डलु लिएर उपसभामुख माग्न जाँदैन : नेता रिजाल

काठमाडौँ । कांग्रेस सांसद मीनेन्द्र रिजालले कांग्रेसले नेकपासँग उपसभामुख पदमा बार्गेनिङ गरेर सभामुखको...   

कोरोना भाइरसबाट सुरक्षाको व्यवस्थापन गर्न काँग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै...   

हवाई आक्रमणमा अफगानिस्तानमा १६ लडाकूको मृत्यु

मजार ए शारिफ । अफगानिस्तानमा भएको भिडन्तमा परी कम्तीमा १६ लडाकू मारिएका छन् । तालिवान लडाकूहरुको...   
अत्यधिक बर्षाका कारण १४ को मृत्यु

अत्यधिक बर्षाका कारण १४ को मृत्यु

रियो दि जेनेरियो । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक बर्षाका कारण मृत्यु हुनेको संख्या १४...   

अग्‍नि सापकोटा सभामुखमा निर्विरोध, औपचारिक घोषणा गर्न प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । सभामुख घोषण गर्न प्रतिनिधिसभा बैठक आइतबार दिउँसो ३ बजे बस्न लागेको सचिवालयले जनाएको छ।...   

रौतहटको चौकीनजिकै शंकास्पद वस्तु फेला, सेनाको टोली बोलाइयो

रौतहट । रौतहटको चन्द्रनगाहपुर चौकीनजिकै शंकास्पद वस्तु भेटिएको छ ।आइतबार करिब १२ बजेतिर नेपाल बैंक...   
क्रिकेट संघकाे सद्भावना दूतमा गायक प्रमोद खरेल नियुक्त

क्रिकेट संघकाे सद्भावना दूतमा गायक प्रमोद खरेल नियुक्त

विराटनगर । क्रिकेट विकास समिति प्रदेश १ को सद्भावना दूतमा गायक प्रमोद खरेल नियुक्त भएका छन् ।समितिको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top