Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सैन्य शिविर बाहिर बम विस्फोट : एकको मृत्यु, ५० घाइते

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त पर्वानमा रहेको अमेरिकी र नेटो सैन्य शिविर बाहिर बुधबार भएको बम आक्रमणमा परी एक सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य ५० भन्दा बढी घाइते भएका स्थानीय टेलिभिजन च्यानल टोलोले जानकारी दिएको छ ।

उक्त इलाकामा स्थानीय समयानुसार बुधबार बिहान ५ः५० बजे दुई वटा भीषण विस्फोट भएका थिए । आक्रमणकारीको पहिलो समूहले सैन्य शिविरको दक्षिणतर्फ बाहिरी इलाकामा दुई वटा बम विस्फोट गएका थिए । सो विस्फोटमा परी सयौं घर, पसल र एक मस्जिदमा क्षति भएको सो टेलिभिजन च्यानलले जनाएको छ ।

लडाकूको दोस्रो समूहले स्वास्थ्य केन्द्र कब्जा गरेका थिए । उनीहरूले विदेशी सेनालाई निशाना बनाउने र भारी हतियारले सैन्य शिविर हमला गर्ने प्रयासमा रहेका जनाइएको छ ।

जिल्ला प्रहरी प्रमुख अब्दुल शाकोरले बग्राम हवाई अखडा नजिकै भएको उक्त आक्रमणमा परी एकको मृत्यु हुनुको साथै ५० भन्दा बढी गाउँले घाइते भएको प्रारम्भिक सामाचारमा जनाइएको छ । उक्त विस्फोटनबाट ठूलो क्षति भएको उहाँले थप जानकारी दिएका छन् ।

गम्भीर रुपमा घाइते भएकाहरुलाई प्रान्तीय राजधानी चारिकबाट राष्ट्रिय राजधानी काबुल अस्पतालमा सारिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आक्रमणपछि अफगानी र अमेरिकी सेनाले उक्त क्षेत्रलाई सुरक्षा घेरामा राखेका छन् । पर्वान प्रान्तको बग्राम सैन्य शिविर अफगानिस्तानको राजधानी काबुलबाट ५० किलोमिटर उत्तरमा रहेको छ ।

यस सैन्य शिविरबाट १८ वर्षदेखि अमेरिकी र नेटो सेनाको अफगानिस्तानमा जारी द्वन्द्व अन्त्यका लागि सेवा गर्दै आएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies