Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

अब बालुवाटारको जग्गा किनबेच गर्ने दुबै पक्षलाई मुद्दा लगाउने निष्कर्षमा अख्तियार

काठमाडौँ । बालुवाटारको दुई सय १४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने योजनाकारहरू मात्र होइन, जग्गा किन्नेहरूविरुद्ध पनि मुद्दा चल्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सरकारी जग्गा किनबेच गर्ने दुबै पक्षलाई मुद्दा लगाउने निष्कर्ष निकालेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ जग्गाधनीलाई पनि मुद्दा चल्छ,’ अनुसन्धान टिममा रहेका अख्तियारका एक अधिकारी भन्छन्, ‘तर, कुन तह र कुन हदसम्म कारवाही हुने भन्ने निर्क्योल हुन बाँकी छ ।’ राणा परिवार र उनीहरूसँग जग्गा किन्ने दुई तहसम्मलाई मुद्दा चल्ने सम्भावना रहेको उनले बताए ।

प्रधानमन्त्रीनिवाससँगै जोडिएको ललिता निवासको जग्गा हाल सयभन्दा धेरै व्यक्तिको नाममा छ । अख्तियारले ती सबै जग्गाधनीसँग बयान सकेर मुद्दा चलाउन प्रक्रिया अघि बढाइसकेको छ ।

मुख्य योजनाकार शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले नै विभिन्न व्यक्तिलाई बिक्री गरेका हुन् । भाटभटेनी सुपरमार्केटले सोही जग्गामा गोदाम बनाएको छ । यो जग्गामा नेकपाका महासचिव विष्णु पौडेलको छोराको नाममा समेत घडेरी छ । धेरैजसो जग्गा बैंकमा धितो राखेर करिब दुई अर्ब कर्जा निकालिएको छ । जसकारण यो मुद्दामा बैंकहरूको लगानी संकटमा पर्ने देखिएको छ ।

प्रहरीको सिआइबीले पनि अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याएको छ । अख्तियारले मुद्दा दायर गरिसकेपछि कागजपत्र किर्ते देखिएमा मुद्दा दायर गर्ने सिआइबीको तयारी छ । सो प्रकरणमा सरकारी जग्गा कसरी व्यक्तिको नाममा गयो भनेर थप छानबिन गर्ने जिम्मेवारी सरकारले सिआइबीलाई दिएको थियो । ‘केही ल्याब रिपोर्ट आउन बाँकी छ, एक–दुईजनासँग थप बुझ्नुपर्नेछ,’ ब्युरोका निर्देशक डिआइजी नीरज शाही भन्छन्, ‘अब छिटै प्रतिवेदन बुझाउँछौँ ।’

नक्कली मोही खडा गरी सरकारी जग्गा कब्जा गरिएको आशंकामा सिआइबीले मोही भनिएका व्यक्तिको औँठाछाप परीक्षण गरिरहेको छ । त्यससम्बन्धी परीक्षणका लागि प्रयोगशाला पठाइएको र रिपोर्ट प्रतीक्षा भइरहेको सिआइबीले जनाएको छ ।

नक्कली मोही खडा गरिएको खुलेमा उनीहरूविरुद्ध किर्ते मुद्दा चल्नेछ । ‘हामीले ठगी वा किर्ते मुद्दा चलाउने हो,’ अनुसन्धानका एक अधिकारी भन्छन्, ‘कागजपत्र किर्ते भएको आशंकामा छानबिन गरिरहेका छौँ, ठगी मुद्दा चलाउन सरकारले नै हामीकहाँ जाहेरी दिनुपर्छ ।’

यसैबीच, सिआइबीले पूर्वमुख्यसचिव तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसँग समेत बयान लिन लागेको छ । त्यसका लागि सिआइबीले गृह मन्त्रालयमार्फत पौडेललाई पत्राचार गरिसकेको छ ।

‘कसरी त्यो निर्णय भएको थियो भन्ने क्रममा बुझ्न उहाँको पनि भनाइ राख्न खोजेका हौंँ,’ सिआइबीका एक अधिकारीले भने, ‘उपस्थितिका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौँ । यसको मतलब त्यसमा उहाँको आफ्नै संलग्नता थियो भन्ने होइन ।’

सरकारी स्वामित्वको समरजंग कम्पनीको नाममा रहेको जग्गा (८ असोज )६९ मा बसेको मन्त्रिपरिषद् बैठकले पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गर्न स्वीकृति गर्ने निर्णय गरेको थियो । तत्कालीन मुख्यसचिव पौडेलले निर्णय कार्यान्वयन गर्न भनेर सोही दिन भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई पत्राचार गरेका थिए । भूमाफियाको योजनाअनुसार समरजंग कम्पनीको जग्गा गुठीको नाममा लगेर रैकर बनाउने निर्णय भएको थियो । त्यसपछि नक्कली गुठियार खडा गरी सो जग्गा व्यक्तिको नाममा दर्ता गरेर बिक्री गरिएको थियो ।

सिआइबीले सो प्रकरणमा तत्कालीन सचिवको हैसियतमा दीप बस्नेत, छविराज पन्तलगायत कर्मचारीसँग बयान लिइसकेको छ । सिआइबीले गत चैतदेखि यो प्रकरणमा अनुसन्धान गर्दै आएको छ । चारपटक सरकारले सिआइबीलाई अनुसन्धानको म्याद थपेको थियो । अब सिआइबीसँग करिब १० दिनको म्याद मात्रै बाँकी छ ।

२५ कात्तिक ०४९ र २३ माघ ०४९ मार्फत एक सय १२ रोपनी जग्गा राणा परिवारलाई फिर्ता दिने निर्णय गराउने प्रमुख मालपोत अधिकृत कलाधर देउजा थिए । त्यस्तै बाँकी जग्गा १६ मंसिरमा ०६७ मा सरकारी, सार्वजनिक तथा गुठीका जग्गा व्यक्ति विशेषका नाउँमा दाखिल खारेज गर्ने मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत हरिकृष्ण तिमल्सिनालगायतको संलग्नता देखिएको छ ।

छुट दर्ताका नाममा अधिग्रहण गरिएको जग्गा फिर्ता दिने डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन मालपोत अधकिृत टीकाराम घिमिरे, मालपोत अधिकृत हुपेन्द्रमणि केसी, नापी अधिकृत मोहमद साबिर हुसेन, नासु श्रीहरि पुडासैनी र खरिदार श्यामकुमार क्षेत्रीमाथि छानबिन भइरहेको छ । छानबिनका लागि निवेदन दिँदा मोहीहरूको निवेदन मुल्तबीमा राखेर भूमाफियालाई सहयोग गरेकोमा हरिकृष्ण तिमल्सिनासँग समेत आयोग र सिआइबी दुवैले बयान लिइसकेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies