भक्तपुर । उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकाको एकीकृत योजनाका साथ नगरपालिकाको फोहर व्यवस्थापन गर्ने भएको छ ।
भक्तपुरमा सम्पन्न फोरमको छैठौँ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले फोहर व्यवस्थापनदेखि उपत्यका विकास प्राधिकरण खारेज लगायतको निर्णय गरेको जानकारी दिए ।
उनले फोरमले गत वैशाखमै प्राधिकरण खारेजीको निर्णय गर्ने माग गरेको तर कार्यान्वयन नभएकोले ठोस् रुपमा कदम चाल्ने निर्णय गरिएकोे बताए । उपत्यका विकास प्राधिकरणको सबै बैठक, छलफल र कार्यक्रम उपत्यकका सबै महानगर एवं नगरपालिकाले बहिष्कार गर्ने निर्णय गरेको छ ।
त्यसैगरी पर्यटन वर्ष २०२० लाई लक्षित गरी फोरमको बैठकले अक्टोवर–२०२१ मा काठमाडौँमा अन्तर्राष्ट्रिय मेयर सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनमा छिमेकी र चर्चित शहरका मेयरसँगै उपत्यका क्षेत्रका नगरपालिकासँग भगिनी सम्बन्ध जोडिएका शहरका मेयरको विशेष उपस्थिति गराउने जनाइएको छ ।
फोरमले उपत्यका क्षेत्रको फोहर व्यवस्थापनमा अन्तर नगरपालिका समन्वय गरेर एकीकृत योजना निर्माण गरी ठोस् पहल गर्ने, विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समस्या समाधानका लागि केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय गरेको सचिव श्रेष्ठले जानकारी दिए।
बैठकले ललितपुर महानगरपालिकाले अघि सारेको साइकल लेनको अवधारणालाई सबै नगरपालिकाले प्राथमिकतामा राखेर सबैले साइकल लेनको अवधारणालाई अगाडि बढाउने निर्णय गरेको छ । नौ जना नगर प्रमुख र १२ जना उपप्रमुखको सहभागिता रहेको बैठकमा ६ विषयमा छलफल भएको फोरम अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।
उनले विषयगत कार्यालयबाट स्थानीय तहसँग गर्नुपर्ने समन्वय विकासका सन्दर्भमा नगरिएका, समन्वय अभावका कारण विकास निर्माण र सार्वजनिक सेवा प्रवाहमा देखिएको समस्यालाई समाधान गर्न राष्ट्रप्रमुख र सरकारप्रमुखसँग अनुरोधसहित पहल गर्ने निर्णय भएको बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: