Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्रहरीकहाँ पुग्नेसाथ बयान फेर्छन् पीडित महिला

वीरेन्द्रनगर । दैनिक कुटाइबाट पीडित मेहलकुनाकी एक महिला श्रीमान्लाई कानूनी कारवाही गर्ने अठोटका साथ उजुरीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगिन् । उनको उजुरीले श्रीमान्लाई प्रहरी नियन्त्रणमा पु¥यायो ।

प्रहरी कार्यालयमा श्रीमान् देखेपछि उनले टुलुटुलु हेरिरहिन् । अघिसम्म कारवाही गर्ने अडान लिएकी उनको मनमा एकाएक परिवर्तन आयो र प्रहरीसामु आफ्नो बयान फेरिन् । “श्रीमान्लाई कारवाही नै हुनुपर्छ भनेर उजुरी दिएँ”, उनले भनिन्, “प्रहरी अगाडि श्रीमान्लाई उभ्याउँदा उहाँका गल्तीहरु सबै बिर्सिएँ, मनमा एकाएक परिवर्तन आयो, जति गल्ती गरे पनि मन पग्लियो ।” एकछिन अघि कारवाहीको उजुरी लिएर गएकी उनले फेरेको बयानले प्रहरीलाई हिंसाको उजुरी होइन, मिलापत्र गराएर पठाउन बाध्य बनायो ।

मदिरा नपाएको निहुँमा श्रीमान्बाट दिनहुँ कुटिन बाध्य वीरेन्द्रनगर नगरपालिका–३ की अर्की एक महिलाको कथा पनि उस्तै छ । दिनभरिको घरव्यवहार र साँझ मदिराको झाँेकमा श्रीमान्को कुटाइले गर्दा शरीरको कुनै अङ्ग नै बाँकी थिएन । जति कुटे पनि चुपचाप सहँदै आएकी उनी छिमेकीले सोधे बिरामी भएको जवाफ दिँदै आएकी थिइन् । एक दिन अति नै भएपछि माइतीको साथ लागेर प्रहरी कार्यालयमा उजुरी दिइन् । उजुरीपछि दुवै पक्षलाई उपस्थित गराएर छलफल भयो । माइती बोकेर प्रहरी कार्यालय पुगेकी उनी एकाएक परिवर्तन भइन् । एकछिन अघिसम्म हिम्मतका साथ श्रीमान्लाई कारवाही गर्न पुगेकी उनको ‘मिलापत्र गर्ने’ जवाफ आएपछि प्रहरी उजुरी प्रक्रिया त्यही रोक्न बाध्य भयो ।

दोस्रो विवाह गरेको थाहा पाएपछि उजुरी दिन प्रहरी चौकी पुगेकी पूर्वी सुर्खेतकी एक २६ वर्षीया महिलालाई श्रीमान्को फोनले मन पगाल्यो । सौता हालेको थाहा पाएपछि प्रहरी चौकी पुगेकी उनलाई श्रीमान्ले फोनबाटै उजुरी नगर्न दबाब दिए । उनी भन्छिन्, “अन्याय भयो भनेर प्रहरीमा जाने आँट गरेँ तर कारवाहीका लागि उजुरी दिन सकिनँ ।” प्रहरीमा मुद्दा दिएपछि आफ्नो जागिर जाने र सबैको बिचल्ली हुने श्रीमान्को बिलौनाले उनको मन पग्लियो । उनी भन्छिन, “श्रीमान्को बिलौनापछि उजुरी दर्ता गराउन आँट नै आएन, जे भए पनि आफ्नैलाई जेल पठाएर कसरी बस्न सकिन्छ जस्तो लाग्यो अनि उजुरी दिन सकिनँ ।”

घरेलु हिंसा र बहुविवाह सहन बाध्य माथिका तीन महिला उदाहरण मात्र हुन् । उजुरी बोकेर जाने अधिकांश महिलाको प्रहरी कार्यालय पुग्दा मन पग्लिसकेको हुन्छ । हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिन्छन् । घरेलु हिंसापीडित अधिकांश महिलाले प्रहरीमा उजुरी गरे पनि मुद्दाको प्रक्रिया अघि नबढ्दै बयान फेर्दछन् । शुरुमा श्रीमान्लाई कारवाही प्रक्रियामै लैजाने सोचले उजुरी दिए पनि उनीहरुको मन परिवर्तन हुन्छ र अन्त्यमा मिलापत्रमै पुग्छन् । उनीहरु जति नै हिंसा सहे पनि अन्तिम विकल्प मिलापत्रलाई नै मान्दछन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा २०७४र७५ मा घरेलु हिंसाका ४५९ उजुरी दर्ता भएकामा ४०३ वटा उजुरी मिलापत्रबाट टुङ्गो लागेको थियो । प्रहरी कार्यालयको रेकर्डअनुसार मिलापत्र गराइएका अधिकांश उजुरी श्रीमान् र श्रीमतीबीचको झगडामा आधारित थिए । यस्तै आर्थिक वर्ष २०७५र७६ मा दर्ता भएका घरेलु हिंसाका ४६६ उजुरीमध्ये ३९४ उजुरीको मिलापत्रबाटै टुङ्गो लगाइएको थियो भने ७२ उजुरीलाई प्रहरीले अदालत लगेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार यो वर्षको कात्तिक मसान्तसम्म चार महिनाको अवधिमा प्रहरीमा पुगेका १९३ मध्ये १५५ वटा उजुरी मिलापत्र गरेर पठाइएको छ ।

प्रहरी कार्यालयको यो तथ्याङ्कबाट पनि प्रस्ट हुन्छ घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमा टुङ्गिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख डिला विकले उजुरी बोकेर आउने अधिकांश महिलाले प्रहरीमा पुगेपछि बयान बदल्ने बताउनुभयो । “घरपरिवार, बालबच्चा र समाजका कारणले नै हिंसा सहेर भए पनि महिलाहरु मिलापत्रमा जान्छन्”, उनले भने ।

प्रमुख विकका अनुसार प्रहरीमा आएका उजुरीबारे पहिला पीडित महिलाको इच्छा सोधिने र मिल्नसक्ने उजुरीमा मिलापत्र गरेर पठाइन्छ । उजुरी दिए पनि प्रहरीमा आएपछि श्रीमान् देखेपछि अधिकांश महिला अगाडि बढ्न नचाहने गरेको उनले अनुभव सुनाए । उनले भने, “आमनेसामने बसेपछि श्रीमान्को बिलौना सुनेर पनि अधिकांश महिला मुद्दामा जान चाहँदैनन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies