Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

फुटबलमा कसले मार्ला बाजी ? फाइनल यात्रा तय गर्न बङ्गलादेशलाई बराबरीमा रोक्नै पर्ने दवावमा नेपाल

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन् । दशरथ रंगशालामा बेलुका ५ बजे शुरु हुने बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)को स्वर्ण दाबेदारका रुपमा फाइनलमा पुग्नेछ । यसअघि भएको खेलमा श्रीलङ्कासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बङ्गलादेशविरुद्ध जीत या बराबरीमा रोक्नुपर्र्ने हुन्छ ।

यता बङ्गलादेशलाई भने फाइनल पुग्न जीतको विकल्प छैन । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र बङ्गलादेश भिड्दैछन् । खेल आज साँझ ५ बजेपछि शुरु हुनेछ ।

भूटानविरुद्व ४–० को जीत निकालेको नेपालले श्रीलङ्कासँग दोस्रो खेल खेलेको थियो । खेलको निर्धारित समयसम्म १–० को अग्रता लिएको नेपालले अत्तिरिक्त समयलाई रोक्न नसक्दा खेल एक–एक गोलको बराबरीमा पुगेको थियो ।

सोही कारण पनि आज साग फुटबलको फाइनल प्रवेशका लागि नेपाललाई बङ्गलादेशसँग जीत या बराबरी आवश्यक छ । दशरथ रङ्गशालामा भरिभराउ दर्शकको साथ पाएको नेपाली टोलीले शनिबार माल्दिभ्सविरुद्ध २–१ को जीत हात पा¥यो । जारी खेलमा नेपालसँग मात्रै पराजित भूटान चार खेलबाट शीर्ष ९ अङ्क जोड्दै फाइनल पुग्ने पहिलो टोली बनेको छ ।

त्यसैगरी नेपाल ७ अङ्क जोड्दै दोस्रो स्थानमा छ । यता बङ्गलादेशको ४ अङ्क रहेको छ । श्रीलङ्का र माल्दिभ्सको भने समान २÷२ अङ्क रहेको छ । नेपाल र बङ्गलादेशबीचको विजेता टोलीले सागको स्वर्ण पदकका लागि भूटानसँग खेल्नेछ । सागको पुरुष फुटबलमा भारत र पाकिस्तान नखेल्ने भएपछि खेल राउन्ड रोविनमा सञ्चालन भएको हो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies