Khabar Dabali Logo
  January 29, Wed

दिल्लीको झोला उद्योगमा भीषण आगलागी, ४३ मजदुरको मृत्यु, दर्जनौं घाईते

काठमाडौं । भारतको राजधानी दिल्लीको रानी झाँसी रोडस्थित एक झोला उद्योगमा भीषण आगालागी भएको छ । आइतबार बिहान भएको आगलागीमा परि उद्योगमा काम गर्ने ४३ मजदुरको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

एलएनजेपी अस्पतालका निर्देशक किशोर सिंहले सञ्चार माध्यमलाई जनाएअनुसार धेरै मजदुरको मृत्यु आगोको झुँवामा निस्सासिएर भएको थियो । दिल्लीको दमकल विभागले जनाएअनुसार आगलागी बिहान ५ः२२ बजे देखि सुरु भएको थियो ।

झोला उद्योगमा ५९ जना मजदुर रहेको अनुमान गरिएको छ । अधिकांश मजदुर बिहारबाट आएका थिए ।

उद्योगमा स्कुल झोला उत्पादन हुने गर्दछ । उद्योगमा झोला, बोटल र अन्य कपडाजन्य सामाग्रीहरुको पनि स्टोर रहेको थियो । लत्ता कपडाका सामानहरु बढि भएको कारण आगलागी निकै छिटो भएको थियो । भित्रि क्षेत्रमा उद्योग रहेको कारण पनि आगलागी नियन्त्रणमा निकै समस्या भएको थियो ।

उद्योगमा १२ देखि १५ प्रकारका ठुला साना मेसिन रहेको जनाइएको छ ।

प्रधानमन्त्री मोदीद्धारा दुःख व्यक्त

घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत घटनाबारे लेख्दै घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको काम गरेका छन् ।

केन्द्रिय गृह मन्त्री अमित शाहले घटनाबारे उचित कदम तत्काल चाल्न निर्देशन दिएका छन् । त्यस्तै घटनाप्रति दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल, कांग्रेस पूर्वअध्यक्ष राहुल गान्धीलगायतले गहिरो दुःख व्यक्त गरेका छन् ।

मंसिर २२ गते, २०७६ - १२:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी र सरकारविरुद्ध डरलाग्दो गरि प्रचार युद्ध छेडियो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले कम्युनिष्ट पार्टी र सरकारविरुद्ध डरलाग्दो गरि प्रचार युद्ध...   
सभामुखको मर्यादाक्रममाथि बाबुरामले उठाए प्रश्न, ‘आमा ठूलो कि बच्चा ठूलो ?’(भिडियोसहित)

सभामुखको मर्यादाक्रममाथि बाबुरामले उठाए प्रश्न, ‘आमा ठूलो कि बच्चा ठूलो ?’(भिडियोसहित)

काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सभामुखको मर्यादाक्रम तल पारिएको भन्दै...   

लाहोरमा ग्यास सिलिन्डर विस्फोट, १२ को मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तरपूर्वमा रहेको लाहोर सहरमा ग्यास विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु...   
प्रोभिडेन्ट मर्चेन्टको छैठौं साधारणसभा, चुक्तापूँजी १० करोड पुर्याइने

प्रोभिडेन्ट मर्चेन्टको छैठौं साधारणसभा, चुक्तापूँजी १० करोड पुर्याइने

काठमाडौं । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौं साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय...   
रिचार्जरमा सिनेमाको टिकट काट्दा २२० रुपैंयाँ नगद फिर्ता अफर

रिचार्जरमा सिनेमाको टिकट काट्दा २२० रुपैंयाँ नगद फिर्ता अफर

काठमाडौं । जनवरी २० देखि बिगसेल मेला सञ्चालक गरिरहेको मोबाइल एप रिचार्जरले एफक्युब सिनेमाको टिकटमा...   

सभामुख सापकोटालाई प्रधानमन्त्री ओलीको आग्रह : सहमतिबाटै संसद चलाउनुस्, पूर्ण सहयोग रहनेछ

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले सहमतिबाटै संसद चलाउन नवनियुक्त सभामुख अग्नीप्रसाद सापकोटालाई...   

निर्भया हत्या मुद्दा : फाँसीको दोस्रो रिहर्सल, चारै जना दोषीको डमीलाई दिइयो फाँसी

काठमाडौं । निर्भया हत्या मुद्दाका दोषीलाई दिइने फाँसीको प्रक्रिया तिव्र रुपमा अगाडि बढाइएको छ । भारतीय...   
‘प्रचण्ड ‘किङ्ग मेकर’ बन्ने अवस्था तयार हुँदैछ’

‘प्रचण्ड ‘किङ्ग मेकर’ बन्ने अवस्था तयार हुँदैछ’

काठमाडाैं । पार्टी एकता भएको लामो समयपछि सत्तारुढ दल नेकपाको केन्द्रिय समिति बैठक माघ १५ गते बस्दै...   
बन्चरेलाई दुहुनो गाई बनाउन खोज्नेको नाम सार्वजनिक गर्छु : मन्त्री मानन्धर

बन्चरेलाई दुहुनो गाई बनाउन खोज्नेको नाम सार्वजनिक गर्छु : मन्त्री मानन्धर

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणधिन बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट...   
सपथग्रहण लगत्तै सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेट, के भयो कुुराकानी ?

सपथग्रहण लगत्तै सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेट, के भयो कुुराकानी ?

काठमाडौं । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छीबीच भेटवार्ता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top