Khabar Dabali Logo
  January 29, Wed

विद्युतीय ऊर्जाको प्रयोग गरेर खाना पकाउँदा ग्यासभन्दा पनि सस्ताे पर्ने

काठमाडाैँ । ग्यासमा भन्दा विद्युतीय ऊर्जाको प्रयोग गरेर खाना पकाउँदा आर्थिक रुपमा सस्तो पर्ने अनुसन्धानकर्ताले देखाएका छन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको ऊर्जा अध्ययन केन्द्रले गरेको अनुसन्धानबाट सो कुराको पुष्टि भएको हो ।

आजको गोरखापत्र दैनिकमा खबर छ – यसका अनुसन्धानकर्ता एवं केन्द्रका प्राडा जगन्नाथ श्रेष्ठले भने, ‘एलपी ग्यासभन्दा इन्डक्सन चुलोमा खाना पकाउँदा समय र पैसा कम खर्च हुने देखियो । त्यसैले एलपी ग्यासको प्रयोग कम गर्दै लैजान सकिएमा मुलुकलाई आर्थिक रुपमा फाइदा हुनेछ ।’

केन्द्रले यही मङ्सिर ७ गते सो अनुसन्धान गर्दा नुमनाका रुपमा आधा केजी चामल लिएको थियो । त्यसमा आधा लिटर पानी प्रयोग गरिएको थियो । चामल र पानीको तौल २।७९ केजी भएको थियो । उनले विद्युतीय चुलो ९इन्डक्सन० प्रयोग गर्दा फलाम ९स्टिल० को भाँडोमा मात्र पाक्न सक्ने भएकाले ग्यास र इन्डक्सन चुलोमा यो अनुसन्धान गर्दा एउटै प्रेसर कुकर प्रयोग गरिएको बताए । कुकरले दुई सिट्टी दिँदा भात पाक्ने सिद्धान्तअनुरुप भात पकाइएको थियो ।

ऊर्जाविद् प्रा।डा। श्रेष्ठले ग्यास चुलोमा भात पकाउँदा ११ मिनेट ११ सेकेन्ड र इन्डक्सनमा पकाउँदा सात मिनेट ४९ सेकेन्ड समय लागेको जानकारी दिए । ‘इन्डक्सनमा पकाउँदा झन्डै तीन मिनेट छिटो पाक्ने रहेछ,’ उनले भने ।

अनुसन्धानको क्रममा एक पटक भात पकाउँदा एलजी ग्यासको ऊर्जा २५ ग्राम खपत हुने र इन्डक्सनमा पकाउँदा शून्य दशमलव १४२ किलोवाट आवर खर्च हुने गरेको पत्ता लगाइएको थियो । दुई सिट्टी भात पाकेपछि खर्च भएको ऊर्जाको गणना गर्दा दुई रुपियाँ ४६ पैसा बराबरको ग्यास र एक रुपियाँ ४२ पैसा बराबरको विद्युत खर्च भएको पाइएको थियो ।

मंसिर २२ गते, २०७६ - ०७:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सात वर्षीया छोरीलाई करणी गर्ने पक्राउ

सुरुङ्गा। आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई...   
जुन पत्रले रोक्यो सुपुर्दगी सन्धि

जुन पत्रले रोक्यो सुपुर्दगी सन्धि

काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङ गत असोज तेस्रो साता नेपाल भ्रमणमा आउनुभन्दा एक दिनअघि अमेरिकी...   

एमसिसी पारितबारे प्रधानमन्त्री र प्रतिपक्षीको एउटै स्वर

काठमाडौं। प्रतिनिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी कांग्रेसले अमेरिकी सहयोग...   
वर्किङ भिसाको प्रलोभन देखाएर ठगी धन्दा

वर्किङ भिसाको प्रलोभन देखाएर ठगी धन्दा

काठमाडौं । सर्लाही लालबन्दीका २९ वर्षीय लीलाराज थापाको पोल्यान्ड जाने सपना त्यतिवेला तुहियो, जतिवेला...   

कोरोना भाइरस : मित्रराष्ट्रको साथ खोज्दै चीन

बेइजिङ । चीनले बेइजिङमा रहेका कूटनीतिज्ञलाई नोवेल कोरोना भाइरस नियन्त्रणका लागि आफ्नो नीतिप्रति...   

आठ लाख घुस बैंक खातामा फिर्ता

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार गुठी संस्थानका प्रशासक नारायण चौधरी र उपप्रशासक...   

रोजगारीको अभावमा विदेशिँदै नर्स

काठमाडौं । नर्सिङमा स्नातक गरेपछि चितवनकी रेस्मा लोहनीले जागिरका लागि थुप्रै अस्पताल धाएर मुस्किलले...   

संसदीय मूल्य–मान्यतालाई ध्यानमा राख्न सभामुखलाई दलहरुको सुझाव

काठमाण्डौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताले निर्विरोध निर्वाचित सभामुख...   
पुल्चोक इन्जिनियरिङ कलेजमा  राष्ट्रिय प्रविधि प्रदर्शनी हुँदै

पुल्चोक इन्जिनियरिङ कलेजमा राष्ट्रिय प्रविधि प्रदर्शनी हुँदै

ललितपुर । पुल्चोक इन्जिनियरिङ कलेजमा आगामी १७ देखि १९ माघसम्म राष्ट्रिय प्रविधि प्रदर्शनी हुने भएको...   
साँखुकाे ४०० वर्ष पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी

साँखुकाे ४०० वर्ष पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी

काठमाडौँ । शङ्खरापुर नगरपालिकाको साँखुबाट ४०० वर्ष पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top