Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

वर्षको ३० अर्ब जति त दुर्घटनाले गर्दा खर्चिन्छ

काठमाडौं । नेपालमा सडक दुर्घटनामा बर्सेनि सयौं मानिसले ज्यान गुमाएका छन्। जीवन गुमाउनेभन्दा दोब्बर संख्यामा गम्भीर घाइते छन्। यसबाट परिवार, समाज र राष्ट्रले ठूलो मूल्य चुकाइरहेको छ। दुर्घटनाबाट हुने मानवीय क्षतिको मूल्य छैन। पारिवारिक र सामाजिक पीडाको मापन हुँदैन।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ दुर्घटनाबाट अर्थतन्त्रमा हुने क्षतिका सम्बन्धमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले केही समयअघि अध्ययन गरेको थियो। अध्ययनले सडक दुर्घटनाबाट नेपालको अर्थतन्त्र कुल गार्हस्थ उत्पादनमा ०.८ प्रतिशत क्षति भएको अनुमान छ। अध्ययन २०७२ सालमा भएको थियो। त्यसयता नेपालमा सवारीसाधन दुर्घटना र मृत्यु हुनेको संख्या बढिरहेकाले कम्तीमा पनि ०.९ प्रतिशत हाराहारीमा अर्थतन्त्रमा क्षति भइरहेको अनुमान छ।

दुर्घटना बढ्दा यस्तो क्षति बर्सेनि बढ्दो छ। सडक दुर्घटनाले नेपाली अर्थतन्त्रमा अघिल्लो आर्थिक वर्षमा ३० अर्बभन्दा बढीको क्षति पुगेको आँकलन छ। गत आर्थिक वर्षमा नेपाली अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रुपैयाँ छ।

ट्राफिक प्रहरी निर्देशनलायका अनुसार यो वर्ष साउनयता चार महिना ९आर्थिक वर्ष २०७६र७७ साउन–कात्तिक० मा देशभर ५ हजार नौ सय ८१ सडक दुर्घटना भएका छन्। ती दुर्घटनामा पाँच सय ८२ जना मारिएका छन्। एक हजार ६ सय ९२ जना गम्भीर घाइते छन्।

निर्देशनालयका अनुसार प्रतिदिन औसत ३७ सवारीसाधन दुर्घटना हुन्छन्। हरेक दिन औसतमा ७ जना मारिन्छन् भने १२ जना गम्भीर घाइते हुने गरेका छन्।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले दुर्घटनाको ठूलो आर्थिक सामाजिक मूल्य रहेको बताए। ‘परिवारले भोग्ने पीडा छँदै छ, आयआर्जन गर्ने उमेरका परिवारका सदस्यको अंगभंग या मृत्यु हुँदा यसले भयावह समस्या सिर्जना गर्छ,’ उनले भने, ‘अंगभंग भएकाको उपचारमा ठूलो खर्च गर्नुपर्ने हुन्छ भने आर्थिक रुपले सक्रिय हुन नसक्ने जनसंख्या बढ्नु देशका लागि पनि दीर्घकालीन भार सिर्जना हुनु हो।’

गम्भीर घाइते आयआर्जनका क्रियाकलापमा सहभागी हुन सक्दैनन्। अरूको सहायतामा जीवनयापन गर्नुपर्ने भएकाले उनीहरूलाई परिवारका अन्य सदस्यमा आ िश्रत हुनुपर्छ।दुर्घटना न्यूनीकरण गरी मानिसको जीवन बचाए त्यसले आर्थिक विस्तारलाई टेवा दिनेछ।

डब्लूएचओका अनुसार नेपाल दक्षिण एसियाकै बढी सडक दुर्घटना हुने राष्ट्रमा पर्छ। हरेक वर्ष प्रतिएक लाख मानिसमा कम्तीमा १६ जनाले सडक दुर्घटनाकै कारण जीवन गुमाइरहेका छन्। विश्वभर हरेक वर्ष १३ लाख ५० हजार मानिसको सडक दुर्घटनामा ज्यान जान्छ। लाखौंको सख्यामा गम्भीर घाइते या अंगभंग हुने गरेका छन्।

प्रहरी नायब महानिरीक्षक पोखरेलले सडक दुर्घटना न्यूनीकरणमा पहिलो दायित्व चालककै हुने बताए। ‘जसले ड्राइभिङ गर्छ, सुरक्षित ढंगले सवारी चलाउनु उसको पहिलो कर्तव्य हुन्छ,’उनले भने। हामीकहाँ सडक दुर्घटनाका प्रमुख कारण चालकको लापरबाही नै हो। सडक अनुशासन कायम नगरी जथाभाबी ढंगले ड्राइभिङ गर्दा बढी दुर्घटना भइरहेका छन्।

तीव्र गति, ओभरटेक, ओभरलोड, पैदल यात्रुको लापरबाही, यान्त्रिक गडबडी, सडकमा खुला छाडिने चौपाया आदिका कारणले पनि सडक दुर्घटना हुने गरेका छन्। ‘तीव्र गति, ओभरटेक, सडक अनुशासन पालना नगर्ने, ओभरलोडका कारणले बढी दुर्घटना हुने गरेका छन्,’ उनले भने, ‘पछिल्लो समय स्थानीय तहले कुनै इन्जिनियरिङ बिना डोजर लगाएर कच्ची सडक निर्माण गर्ने र त्यहाँ ओभर लोड राखेर सवारी चलाउँदा दुर्घटना बढेको छ।’

दुर्घटना न्यूनीकरणका लागि यात्रु पनि उत्तिकै सचेत बन्नुपर्ने बताउँछन् यातायात विज्ञ आशीष गजुरेल। सडक सुरक्षाका लागि एउटा समर्पित निकाय आवश्यक रहेको उनको भनाइ छ। ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विभाग र ट्राफिक प्रहरीले एउटा एकाइ राखेर सडक सुरक्षामा काम गरेर पुग्दैन,’ उनले भने, ‘एउटा विशेष र समर्पित संयन्त्र बनाएर त्यसले सडक सुरक्षाका लागि कार्य योजना बनाउने, नीति बनाउने, अनुसन्धान गर्ने, सचेतना जगाउने जिम्मेवारी दिनुपर्छ।’

सरकारले सडक सुरक्षाको प्रबन्ध गर्न सडक सुरक्षा विधेयक मस्यौदा गरिसकेको छ भने राष्ट्रिय सडक सुरक्षा परिषद् गठन गर्ने तयारी भइरहेको छ। ‘कानुन र संस्थागत संयन्त्र भएपछि यसले सुरक्षित, पहुँचयोग्य र दिगो सडक यातायात प्रणाली विकास गर्ने अपेक्षा गर्न सकिन्छ,’ उनले भने।

नेपालको भूबनोटका कारण पनि पहाडी भूभागमा सवारीसाधन चलाउँदा सचेतना अपनाउन आवश्यक छ। सुरक्षित सडक पूर्वाधार, सडक प्रयोगकर्ताको आचरण सुधार, सवारीसाधनको फिटनेस परीक्षण र दुर्घटना भइहालेमा छिट्टै राम्रो उपचार पुर्‍याउन सकेमा क्षति न्यूनीकरण गर्न सकिने बताइएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies