Khabar Dabali Logo
  January 25, Sat

साग पुरुष फुटबल : नेपालद्वारा माल्दिभ्स २–१ गोलले पराजित

काठमाडाैं । यहाँ जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । यो जीतसँगै नेपाल तीन खेलमा सात अङ्क जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ ।

त्यस्तै माल्दिभ्सको स्वर्ण पदक जित्ने सम्भावना भने समाप्त भएको छ । चार खेल खेलेको माल्दिभ्स दुई अङ्क जोड्दै लिग तालिकाको अन्तिम स्थानमा छ । खेलमा शुरुआती अग्रता भने माल्दिभ्सले लिएको थियो । खेलको १८औँ मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १–० को अग्रता दिलाए ।

खेलको ४३औँ मिनेटमा नेपालका अभिषेक रिजालले एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले पेनाल्टी क्षेत्रको ठीक बाहिर आएको बललाई नियन्त्रणमा लिँदै गोल गरेका थिए । त्यसपछि खेलको ५२औँ मिनेटमा नेपालले विजयी गोल ग¥यो । सुनिल बलको कर्नरमा अनन्त तामाङले हेड गोल गर्दै नेपाललाई २–१ को जीत दिलाए ।

मंसिर २१ गते, २०७६ - १६:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काँग्रेसको आन्तरिक विवाद मिलाउन देउवा निवासमा छलफल जारी

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी...   

फरार प्रतिवादी पक्राउ

तनहुँ । लागुऔषध मुद्दामा जिल्ला अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ...   
वन र रिंगिट बाहेक सबै विदेशी मुद्रा महङ्गियो, कुन देशको कति छ ?

वन र रिंगिट बाहेक सबै विदेशी मुद्रा महङ्गियो, कुन देशको कति छ ?

काठमाडौं । शुक्रबार कोरियन वन र मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको मूल्य बढेको छ ।नेपाल राष्ट्र...   
चरम विभेद गरिएको भन्दै नेपाल एअरलाइन्सका २५ जना पाइलटद्वारा सामूहिक राजीनामा

चरम विभेद गरिएको भन्दै नेपाल एअरलाइन्सका २५ जना पाइलटद्वारा सामूहिक राजीनामा

काठमाडौँ । नेपाल एयरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । विदेशी र नेपाली पाइलटबीच...   

नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने

काठमाडौं । नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ । नेपालले सन् २०२१ मा भारतमा...   

रेल सेवाका लागि २ सय २६ कर्मचारी करारमा लिदै सरकार

काठमाडौं । सरकारले जनकपुर जयनगर बर्दिबास रेलसेवा सञ्चालनका लागि आवश्यकताका आधारमा ४५ पदमा २ सय २६...   

प्रहरीको खेलाँचीले सिद्धबाबा फरार

काठमाडौं । सुनसरी जिल्ला अदालतले धरौटीमा छाडेपछि सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अस्पतालबाट आश्रम...   

सात छोराछोरी सुरक्षा फौजमाः आमा बुबा सम्मानित

डोटी । दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज...   

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश एकमा नेकपाकाले बाजी मारो

माघ ९ काठमान्डौ,राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश एकमा नेकपाले बाजीमारेको छ । आज भएको मतदानमा...   

राष्ट्रियसभा सदस्यमा नेकपाका राधेश्याम पासमान विजयी

माघ ९ काठकमन्डौ, प्रदेश २ मा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमाराधेश्यम पासवान विजय भएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top