Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्...

काठमाडौं । प्रसव पिडामा छटपटिएर सडकमा सुतिरहेकी छिन् मनोरोगी महिला । छेउछाउमा गाउँले तथा मगन्तेको उपस्थिति छ । क्याम्पसबाट फर्कदै गरेकी सरस्वती त्यहाँको अवस्था देखेर अत्तालिन्छिन् ।

कारण, अस्ति सडकमा भेटेर घर लगिए पनि आमाका कारणले पुनः सडकमै छाडिएकी मनोरोगी पुतली सडकमा लडिरहेकी थिइन् । प्रसव बेदना सहन नसकी जीवन त्यागेकी महिला देखेर उनी भावविहल भइन् । पुतलीसँगको विगतका अन्तरङ्ग अनि आमाले घरबाट निकालेका कुराले उनलाई बिझायो । “आमा ! तपाई यिनलाई एक छाक दिन गाह्रो मान्नुभएको थियो नी, अब कहिल्यै तिम्रो छाक माग्ने छैनन् आमा”, आमा भए तिर फर्किएर सरस्वतीले भनिन् ।

नजिकै मनोरोगीलाई सधैँ हेला गर्ने मध्येका एक जिम्बल बा पनि थिए । “जिम्बल बा १ यिनले ढुङ्गामुढा गर्छिन् भनेर डराउनु हुन्थ्यो नी, अब यिनका हातले कहिल्यै ढुङ्गा उठाउन सक्दैन ।” किशोरीको समाजसँग ठूलै गुनासो छ । हामी काम गर्नाको अल्छिले मागेकाहरुलाई खुशी मनले सहयोग गछौँ । दिनभरी माग्यो अनि बेलुका मस्त रक्सी खाएर मात्तिएर सुत्यो, यस्ता पेशेवर माग्नेहरुको बिगबिगी छ सडकमा । तर, त्यही सडकमा पुतली जस्ता वास्तविक बेसहारा, मनोरोगी यत्रतत्र छन् । उनीहरुले अकालमा ज्यान गुमाइरहेका दृष्य कहाली लाग्दा छन् ।

समाजको यस्तै तितो यथार्थलाई बिम्ब बनाएर मानसेवा आश्रमले सामाजिक चेतना वृद्धिमा प्रयोग गरिएको नाटकको यो अन्तिम सम्वाद थियो । सडकमा पुगेका व्यक्तिको उद्धार र व्यवस्थापन गर्ने उद्देश्यले शुक्रबार साँझ काठमाडौँमा सुझाव सङ्कलनको कार्यक्रम थियो । काठमाडौँ महानगरपालिकाको अगुवाइमा भएको कार्यक्रममा यहाँका सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र वडाध्यक्ष सहभागी थिए ।

अग्रभागमा हुनुहुन्थ्यो महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री । कार्यक्रम शुरु हुने चरणमा थियो ।

“तीन दिनदेखि पेटमा अन्नको दानासम्म परेको छैन, ए हजुर केही दिनोस्, ए हजुर १ दिन दःुखीलाई केही सहयोग गर्नुस ।” थोत्रो टोपी र आसकोट लगाएर फोहरी अनुहारमा काम्रो बानेको बैशाखी टेक्दै लाले कचौरा बोकेर माग्दै हलभित्र प्रवेश गरे । अचानक माग्ने आएको दृष्य देखेर सहभागीहरु दङ्ग परे । औपचारिक कार्यक्रममा सन्नाटा छायो । सडकका वास्तविक माग्ने हालभित्र आएको महसुस धेरैले गरे । कलाकारले अतिथिहरुलाई थाहै नदिई नाटक मञ्चन गरेकाले पनि छक्क पर्नु स्वभाविकै भयो ।

एकै छिनमा सडक सफा गर्ने शङ्कर फोहर नगर्न आग्रह गर्दै आइपुगे । सडकमा फोहरको डङ्गुर टुटेको थिएन । नजिकै झुम्म परेर बसेकी एक मनोरोगी महिलालाई लखेट्न खोज्छन् तर सरस्वतीले रोक्छिन् । मागेर कमाएको पैसाले किनेर पिएको रक्सीको नशामा लठ्ठ भएर सडकमा फेरि देखापर्छ लाले । “कोही छ, यो लालेसँग सिङ्गलसिङ्गल भिड्ने, म डन हुँ डन, जसलाई एक हान्छु नी घुमाइदिन्छु फनफन ।”

अघि झुत्रो कपडा लगाएर खान नपाएको भन्दै लुत्रुक्क परेर माग्ने लाले अहिले नशाको तालमा हैकम जमाउँदै निस्कियो । “म देखेपछि त यो शहरै थुरर...र हुन्छ नी, म डन नभएको भए पैसा माग्ने वित्तिकै कसैले झिकेर दिन्थ्यो ?” पुतली सडकमै एक सुरमा थिइन् । पुतलीले आफ्नो माग्ने पेशा चौपट पार्ने डर लालेलाई थियो । त्यसैले उनले पुतलीलाई वरिपरी पर्न दिँदैनथ्यो ।

‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ, अहिले पो बुढो भएँ र...’ गीतको शुरुमा जिम्बल बा आइपुगे । ‘मान्छेको भिडमा खोइ कहाँ छ मान्छे’, भन्दै सारङ्गी भिरेका अर्का मनोरोगी पनि आइपुगे । क्याम्परबाट फर्किएकी सरस्वतीले पुतलीलाई घर लान्छिन् । तर आफ्नी आमाले घरमा राख्न नदिएपछि पुतलीलाई सडकमै फर्काउन विवस भइन् । गर्भवती पुतलीले सहारा नपाउँदा प्रसव पिडा सहन नसकी सडकमै प्राण त्यागिन् । त्यसपछि मात्रै समाजको चेत खुल्छ । यस्तैमा नाटकको अन्त्य हुन्छ ।

कलाकार मनिषा क्षेत्रीको संयोजन र सुवास क्षितिजको निर्देशन रहेको नाटकमा स्वयं क्षेत्री र क्षितिजसहित उर्विन सापकोटा, सानु गुरुङ, गङ्गा थापा, सन्तोष मगर, हरिशरणलगायतको अभिनय छ । नाटक हेरेपछि काठमाडौँ महानगरपालिकाकी उपप्रमुख खड्गीले समाजको अवस्थालाई नाट्य रुपान्तरण गरिएको उक्त दृष्यले आफूलाई विगत सम्झाएर भावुक बनाएको बताए । महानगरीय प्रहरी कार्यालयका प्रमुख थापाले नाटकले समाजको जीवन्त चित्र बोलेको प्रतिक्रिया दिए ।

देशलाई नै बेसहारा विहीन सडक बनाउने लक्ष्य बोकेर अघि बढेको आश्रमले यही नाटक ‘लौरो’लाई देशका पूर्वदेखि पश्चिमसम्म प्रदर्शन गरेर मानवीयताको भाव प्रष्ट्याउने प्रयास गरिरहेको छ । त्यही सिलसिलामा पछिल्लो चरणमा काठमाडौँमा मञ्चन भइरहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies