Khabar Dabali Logo
  January 29, Wed

बङ्ग्लादेशसँग नेपाल ४४ रनले पराजित, क्रिकेटमा स्वर्णको आशा समाप्त

काठमाडौं । खेलकुद सागको क्रिकेटमा नेपालालाई ४४ रनले हराएको छ।

यो नतिजासँगै बाङ्ग्लादेश र श्रीलङ्काले स्वर्ण पदकका लागि फाइनल खेल्ने निश्चित भएको छ।

टस हारेर ब्याटिङ गरेको बाङ्ग्लादेशले कप्तान नजमुल हुसैन शान्तो र अफिफ हुसैनको अर्धशतकको मद्दतले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले धैर्यपूर्वक ब्याटिङ गर्दै ४३ रन बनाए पनि नेपाल २० ओभरमा ९ विकेट गुमाएर १११ रनमा समेटिएको छ।

सागमा बाङ्ग्लादेश र श्रीलङ्काका २३ वर्षभन्दा मुनिका खेलाडी सम्मिलित टोलीले भाग लिइरहेका छन्।

ओपनर पारस खड्का ९ रनमै आउट भएपछि नेपालको थप दुई विकेट लगालग खसेको थियो।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले १६ रन बनाउने क्रममा मल्लसँग ३२ रनको साझेदारी गरे।

मल्लले ४३ बलमा एक चौका र एक छक्काको सहायताले ४३ रन बनाए। उनी आउट हुने नवौँ खेलाडी थिए।

अविनाश बोहराले नटआउट १३ रन बनाए।

तर अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् र नेपाल सहजै पराजित भयो।

बाङ्ग्लादेशका सुमोन खान, तनविर इस्लाम, सौम्य सरकार र महेदी हसनले दुई(दुई विकेट लिए।

नेपालका पूर्व कप्तान पारस खड्काले सानदार बलिङ गर्दै पहिलो चार ओभर भित्र तीन विकेट लिएपछि बाङ्ग्लादेश दबाबमा आएको थियो।

शान्तोले नटआउट ७५ रन बनाए भने हुसैनले २८ बलमा ५२ रन बनाए।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा दुई विकेट लिए।

मंसिर २१ गते, २०७६ - १३:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको केन्द्रीय समिति बैठक आजबाट सुरु, कस्तो आउँला अध्यक्षद्वयको प्रतिवेदन ?

काठमाडौ । सत्तारुढ दल नेकपाको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ । बुधबार बिहान ११ बजे राष्ट्रिय...   

प्रधानमन्त्री मन्त्रीहरुप्रति अत्यन्तै आक्रोशितः बिदा हुने मन भए मार्गप्रशस्त छ

काठमाडौं । मिर्गौलाको नियमित डायलाइसिसपछि अघिल्लो सोमबार बसेको अहिलेसम्मकै सबभन्दा लामो ९चार घण्टाको०...   

उपत्यकाको यी स्थानहरुमा बुधबार दिनैभरि बत्ती जाने

काठमाडौं । काठमाडौंका उपत्यकाको विभिन्न स्थानहरुमा बुधबार दिनभरि नै बत्ती जाने भएको छ ।नेपाल विद्युत...   

सात वर्षीया आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

झापा । आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई...   

पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव : आगामी तीन दिनसम्म वर्षा र हिमपात

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । यसको कारण देशको पश्चिमी भू–भागमा...   
त्रिविले प्रस्ताव गर्यो स्ववियु निर्वाचन तालिका

त्रिविले प्रस्ताव गर्यो स्ववियु निर्वाचन तालिका

काठमाडौं । आज त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन...   

१० हजार घूससहित कार्यकक्षबाटै पक्राउ परे कम्प्युटर अधिकृत

चितवन । भरतपुरको आन्तरिक राजश्व कार्यालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत रामकुमार अधिकारी १०...   

राष्ट्रियसभामा तीन विधेयक पेश

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा तीन विधेयक पेश भएका छन्। बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री...   

धरौटीमा छुटिन् गायिका आस्था राउत

काठमाडौं । गायिका आस्था राउत धरौटीमा छुटेकी छन् ।अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख...   

केन्द्रीय समितिको एजेण्डा तय गर्न नेकपा सचिवालय बैठक बस्दै

काठमाडौ । सत्तारुढ दल नेकपाको केन्द्रीय समिति बैठक बुधबार पार्टी केन्द्रीय कार्यलय धुमबाराहीमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top