Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

धानको मूल्य १० प्रतिशत बढेपछि धान बेच्न पालो कुर्दै किसान

पर्सा । सङ्घीय सरकारले यस वर्ष किसानबाट धान खरीद गर्न बजार भाउभन्दा करिब १० प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै यसपालि वीरगञ्ज महानगरपालिका–२४ बहुअरीका किसान कपिलदेव यादवले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखालाई धान बेच्ने सोच बनाएका छन् ।

यसपालि सरकारले किसानबाट धान खरीद गर्ने मूल्य निजीस्तरका गल्ला व्यापारीभन्दा बढी राखेकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरगञ्जस्थित कार्यालयमा धान बेच्ने किसानको लर्को लागेको छ । बजार भाउभन्दा प्रतिक्विन्टल ३७३ रुपैयाँ १६ पैसा बढी मूल्यमा कम्पनीले धान खरीद गर्ने भएपछि धान बेच्न कार्यालयमा आएको अर्का किसान शेषमन पण्डितको भनाइ छ ।

“धान बोकेर गोरुगाडा, ट्र्याक्टरसहित किसान एकाबिहानै कार्यालयमा आइपुग्ने गरेकाले कार्यालय परिसरमै धान खरीद गर्न थालिएको छ”, शाखा प्रमुख नरनाथ अधिकारीले भने, “यस वर्ष राम्रो मूल्य पाएकै कारण सोचेभन्दा धेरै बढी किसान आउने गरेका छन् ।”

सरकारले यस वर्ष सोना मन्सुली धान प्रतिक्विन्टल दुई हजार ६७३ रुपैयाँ १६ पैसा र जिरा मसिनो धान प्रतिक्विन्टल तीन हजार २० रुपैयाँमा खरीद गर्ने मूल्य तोकेको छ । यस वर्ष सोना मन्सुली १५ हजार तथा जिरा मसिनो धान पाँच हजार गरी २० हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य राखेकामा बुधबारसम्म सोना मन्सुली धान २६१ क्विन्टल ९६ केजी तथा जिरा मसिनो धान पाँच क्विन्टल ८५ केजी खरीद गरिसकेको कार्यालयका वरिष्ठ सहायक मुनिलाल कुशवाहाले बताए ।

सरकारले यस वर्ष धान खरीदको मूल्य बढाएपछि बारा तथा पर्साका किसान धान बेच्न सो कार्यालयमा आउने गरेका छन् । व्यापारीको धानमा मिसावट हुने गरेको तथा किसानको धानमा मिसावट नभएको पाइएकाले कार्यालयले किसानको धान मात्र खरीद गर्ने गरेको छ ।

कम्पनीको वीरगञ्ज कार्यालयले ठाउँठाउँमा धान खरीद गर्ने व्यवस्था नगर्दा ग्रामीण क्षेत्रबाट धान बिक्री गर्न आउने किसानलाई ट्राफिक प्रहरीबाट सास्ती भोग्नु परेकोले ठाउँठाउँमा काटा राख्नुपर्ने पर्सा हरिहरपुर विर्ताका किसान सञ्जयप्रसाद कुर्मीको भनाइ छ ।

कार्यालयले चालू आव २०७५÷०७६ मा १५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य लिएकामा २४ हजार ५८७ क्विन्टल धान खरीद गरेको थियो । कार्यालयले आव २०७४÷०७५ मा रु आठ करोड २५ लाख मूल्य बराबरको तीन हजार मेट्रिक टन सोनामन्सुली र जिरा मसिनो धान खरीद गरेको थियो ।

अमेरिकी सरकारले एक हजार मेट्रिक टन धान भण्डारण गर्ने क्षमताको एउटा गोदाम बनाएपछि कार्यालयसँग धान भण्डारण गर्ने चार हजार मेट्रिक टन क्षमताको पाँच वटा गोदाम रहेको छ । कार्यालयसँग अहिले अघिल्लो वर्षको सोनामंसुली, जिरा र जापानी चामल गरि १ हजार ९ सय क्विन्टल ३३ केजी सोना मन्सुली चामल मौज्दात अवस्थामा छ ।

कार्यालयले धान खरीद गरी उत्पादन गर्ने चामल आवश्यकताअनुसार गोरखा, काठमाडौँ, पोखरा, धनगढी, नेपालगञ्ज, सुर्खेत, भैरहवा, डिपोमा पठाउनुका साथै मकवानपुर, पर्सा र रौतहटमा रहेको कारागारमा पठाउने गरेको छ ।

विगत वर्षसम्म निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा कार्यालयलाई लक्ष्य पूरा गर्न धौधौ परिरहेको थियो तर यस वर्ष धानको खरीद गर्ने मूल्य सरकारले १० प्रतिशत बढाएपछि धान उत्पादक किसानले आफ्नो धान कम्पनीको कार्यालय वीरगञ्जमा ल्याएर नगदमै धान बेच्ने गरेकोले तोकिएको लक्ष्य समयमै पूरा हुने विश्वास कार्यालयले लिएको छ । पर्सा जिल्लामा यस वर्ष किसानले ४५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरेको जनाइएको छ । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies