Khabar Dabali Logo
  January 29, Wed

तेह्रौँ साग : महिला क्रिकेटमा नेपाल पराजित

कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल श्रीलङ्कासँग पराजित भएको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा श्रीलङ्कासँग ४१ रनले पराजित भएपछि नेपाल फाइनल प्रवेशमा असफल भएको छ । टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११८ रन जोडेका थियो । जीतका लागि ११९ रनको मध्यमस्तरको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै ७७ रन मात्र जोड्न सफल भयो ।

नेपालकी कप्तान रुविना क्षेत्रीले टोलीका लागि सर्वाधिक १९ रन जोडिन् भने कविता कुँवरले अविजित १३ रन जोडेकी थिइन् । सोनु खड्का र सरस्वती चौधरीले बङ्गलादेशका दुई÷दुई विकेट लिएका थिए भने अञ्जली चन्दले एक विकेट लिइन् ।

श्रीलङ्काकी अप्सरा लिचिनीले सर्वाधिक ३७ रन बनाइन् । सत्ताइस बल सामना गरेकी उनले चार चौका प्रहार गरेकी थिइन् । नेपालको महत्वपूर्ण चार विकेट लिएकी श्रीलङ्काकी सचिनी निशानसाला खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।

श्रीलङ्कासँगको पराजयसँगै नेपालको महिला क्रिकेटको फाइनल खेल्ने सपना समाप्त भएको छ । नेपालले अब शनिबार माल्दिभ्ससँग कास्य पदकका लागि स्पर्धा गर्नेछ । नेपालसँग जीत हासिल गरेको श्रीलङ्काले यही मङ्सिर २३ गते बङ्गलादेशसँग स्वर्णका लागि स्पर्धा गर्नेछ ।

नेपाली टोलीकी कप्तान क्षेत्रीले फिल्डिङ र बलिङमा राम्रो गरे पनि ब्याटिङ राम्रो हुन नसक्दा पराजय बेर्होनु परेको बताइन् । श्रीलङ्का टोलीकी कप्तान हर्सिताले फाइनलमा आफ्नो टोलीले स्वर्णका लागि कडा टक्कर दिने प्रतिक्रिया दिइन् ।

मंसिर २० गते, २०७६ - १६:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्भया हत्याका दोषी मुकेश सहित चारैजनालाई फाँसी दिने निश्चित

निर्भयाका सामूहिक बलात्कार तथा हत्याका दोषीमध्येका एक मुकेश सिंहको याचिका सर्वोच्च अदालतले खारेज...   

दुई महिनाभित्र व्यावसायिक भैँसीपालन राष्ट्रिय रणनीति बन्ने

कास्की । नेपालमा भैँसीपालनको दीर्घकालीन विकासका लागि राष्ट्रिय रणनीति निर्माण गरिने भएको छ । नेपालको...   
कलङ्कीमा बाथरोग सेन्टरको शुभारम्भ

कलङ्कीमा बाथरोग सेन्टरको शुभारम्भ

काठमाडौ । नेपाल नेशनल अस्पताल कलङ्कीमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरिएको छ । अस्पतालले देशभर बढ्दै...   

यसकारण विवाह अघि शारिरिक सम्पर्क नराख्न सरकारको अपिल

आजकाल आफ्ना देशका किशोर किशोरीका लागि निकै चिन्तित छ । वास्तवमा, ब्राजिलमा किशोरीहरु गर्भवती हुने...   

भक्तपुरको कटुञ्जेमा ट्राफिक भवनको उद्घाटन

भक्तपुर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सूर्यविनायक नगरपालिका–६ कटुञ्जेमा निर्माण सम्पन्न...   
प्रेम दिवसमा ‘सयको गुन’

प्रेम दिवसमा ‘सयको गुन’

काठमाडौ । गायक तथा सङ्गीतकार वसन्त थापाको लोकगीत ‘सयको गुन’ यतिबेला चर्चामा रहेको छ । गीतमा गायक थापा...   

कोरिया बसेर फर्फिएका युवा कुखुरापालनमा रमाउँदै

बागलुङ । पाँच वर्ष कोरिया बसेर फर्फिएका जीवन जिसीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ ।...   

चैतभित्र सुर्तीजन्य पदार्थ पूर्ण रुपमा नियन्त्रण गर्न अभियान शुरु

विराटनगर । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थलाई पूर्णरुपमा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले...   
सडकबाट उद्धार गरिएका मध्ये ३० पुनः सडकमा फर्किए

सडकबाट उद्धार गरिएका मध्ये ३० पुनः सडकमा फर्किए

काठमााडौ । आश्रयस्थल हुँदै परिवारसम्म पुगेका पनि पुनः सडकमा नै फर्किने गरेका छन् । हालसम्म काठमाडौँका...   

शनिबारदेखि शुरु हुने वाग्मती सफाइमा विद्यालय र सामाजिक संस्था सहभागी गराइने

काठमाडौ । मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले विद्यालय एवं सामाजिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top