Khabar Dabali Logo
  July 4, Sat

बीग मर्जरको सुरुवात : आजदेखि ग्लोबल आइएमइ र जनता बैंक एकीकृत काराेबारमा

काठमाडौं । निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैैक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन् । वाणिज्य बैकलाई गाभ्ने तथा प्राप्ति नीति (बिग मर्जर)अन्तर्गत ती दुई ठूला बैक आजदेखि एकीकृत भएका हुन् ।

चालू आव २०७६/७७ को बजेटमा वित्तीय संस्थाको सवलीकरणका लागि एकीकरण तथा प्राप्ति प्रक्रियालाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ । अब ग्लोबल आइएमइ बैंक पूँजी, व्यवसाय, शाखा सञ्जाल समेतका दृष्टिकोणले नेपालको ठूलो बनेको छ । बैंकको चुक्ता पूँजी करीब १९ अर्ब, कूल निक्षेप दुई खर्ब १३ अर्बभन्दा बढी र कूल कर्जा एक खर्ब ९४ अर्ब पुगेको छ ।

सबै प्रदेश तथा ७७ वटै जिल्लामा ३०० भन्दाबढी शाखा र तीन हजार २५० भन्दाबढी कर्मचारी रहनुका साथै बैंकका २५९ एटिएम, २४३ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर एवं तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित जम्मा ८४० आउटलेटस् रहने छन् ।

बैंकको शुभारम्भ गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले मुलुकको अर्थतन्त्रको संरचनालाई परिवर्तन गर्न लागेकोे जानकारी दिँदै मर्जरले बित्तीय क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे। उनले भने, “आगामी दिनमा पनि तपाईहरुको क्षमता र दक्षताको सदुपयोग गरेर अघि बढ्नुहोला । अल्पकालीन मात्र नभई मध्यकालीन र दीर्घकालीन लगानी थप आवश्यक छ ।”

अर्थमन्त्री डा खतिवडाले बैंकले ठूलो आकार ग्रहण गरिरहँदा मुलुकका ठूला परियोजनामा लगानी वृद्धि भई उद्योग, व्यवसायको पनि आकार बढ्ने चर्चा गर्दै यसले अर्थतन्त्रलाई चलायमान बनाउने र देशको समुन्नति हुने विश्वास व्यक्त गरे । उनले भने, “तीव्र आर्थिक वृद्धि भएका देशको सूचीमा नेपाल परेको छ । लगानीको वातावरण बनेको छ । ”

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पूँजी सञ्चयका हिसाबले बैैक ठूलो वित्तीय संस्था भएकाले उल्लेख गर्दै निक्षेपकर्ताको अपेक्षा पुरा गर्न ध्यान दिन आग्रह गरे । उनले भने,“नेपाल राष्ट्र बैंककाे नीतिको पालना गरी अन्य बैँक तथा वित्तीय क्षेत्र पनि मर्जरमा जानुपर्छ, यस क्षेत्रमा देखिएका जोखिम व्यवस्थापन गर्न ध्यान दिनुपर्छ ।”

नेपाल चेम्र्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उद्योगी पवन गोल्यान लगायतले दुवै बैंक मर्जर गरी एउटै संस्था हुँदा लगानी वृद्धि तथा रोजगारीका अवसरसमेत वृद्धि हुने विश्वास व्यक्त गरे ।

ग्लोबल आइएमइ बैंकले यसअघि विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति गरिसकेको थियो । जनता बैंक नेपाल लिले आठ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर एवं प्राप्ति गरेका थियो ।

बैंकको घोषित नीतिअनुरुप खुद्रा तथा मझौला कर्जा बिस्तारमा विशेष महत्व दिनुका साथै नेपाल राष्ट्र बंैकको निर्देशनअनुरुप विपन्न क्षेत्र साथै तोकिएको उत्पादनशील क्षेत्रमा हुने कर्जा प्रवाहलाई प्राथमिकतामा राखिने बैंकले जनाएको छ ।

कर्जामा नीहित जोखिम न्यूनीकरणका लागि कर्जा मिश्रणमा विशेष ध्यान दिइने लक्ष्य राखेको बैंकले राखेको छ । साथै यसको पहिचानलाई अन्तरराष्ट्रियस्तरमा पु-याउन प्राथमिकतामा राखेको बैकका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।

मंसिर २० गते, २०७६ - १६:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जब नेकपाको एकतामा सङ्कट, त्यतिबेला युवा नेता सक्रिय

काठमाडौं । जब जब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टीमा एकताको सङ्कटमा पर्दछ, त्यतिबेला पार्टीका...   
शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीको सवा घण्टा लामो छलफल

शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीको सवा घण्टा लामो छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ भेट गरेका छन्। राष्ट्रपति...   

पार्टीभित्रको समस्या समाधान गर्न नयाँ एकता गर्नुपर्छ : नेता पौडेल

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पछिल्लो...   

सहकारीमार्फत बेरोजगारी समस्याको सम्बोधन हुन्छ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कोभिड–१९ को महामारी र जलवायु...   

प्रधानमन्त्री ओली पुगे राष्ट्रपति भण्डारी भेट्न शितल निवास, मन्त्रीहरुलाई बालुवाटार बोलावट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटार बोलाएका छन् । मन्त्रिपरिषद्...   

बझाङ पहिरो अपडेट : मृतकको संख्या ६ पुग्यो, एकजना अझै बेपत्ता

बझाङ । बझाङमा शुक्रबार राति पहिरो जाँदा केदारस्यूँ गाउँपालिका–८ मल्लेसी गाउँमा १८ घर पहिरोले बगाउँदा...   

स्वास्थ्य सुरक्षा र सीमा व्यवस्थापनमा प्रहरी अग्रपङ्क्तिमा छ : प्रहरी महानिरीक्षक

परासी । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले शान्तिसुरक्षा सँगसँगै नेपाल प्रहरीले नागरिकको...   

सार्वजनिक यातायात सञ्चालनको निर्णय भएको छैन : व्यवसायी महासङ्घ

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय...   

पाकिस्तानका विदेश मन्त्रीलाई कोराना सङ्क्रमण

इस्लामावाद । पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद कुुरेशीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि...   

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो

काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही र गोरखाका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top