Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

टाट पल्ट्यो भारतीय विमान कम्पनी एयर इण्डिया, बेच्ने तरखरमा मोदी सरकार

काठमाडौं । भारतको सरकारी एयरलाईन्स कम्पनी एयर इण्डिया धराशाही बन्दै गएको छ । बितेको आर्थिक वर्ष (२०१८/०१९)मा मात्रै एयर इण्डिया कम्पनीको घाटा ८ हजार ५ सय ५६ करोड भारु भएको भारतीय सरकारी सञ्चार माध्यमले उल्लेख गरेका छन् । उडान कम पाउनु र हवाई इन्धनको बढ्दो मुल्यको कारण एयरलाईन्स चर्को घाटामा पर्दै गएको जनाइएको छ ।

पाकिस्तान सरकारले भारतीय एयरको लागि एयरस्पेस बन्द गरेसँगै भारतीय एयरलाईन्स कम्पनीहरुलाई घाटा थपिँदै गएको छ । पाकिस्तानी एयर स्पेस बन्द गरिएसँगै भारतीय एयर कम्पनी एयर इण्डियालाई दैनिक ३ करोडदेखि ४ करोड भारतीय रुपैयाँ घाटा पर्दै गएको छ । उड्डयन मन्त्री हरदीप सिंह पुरीले बिहिबार लोकसभाको वैठकमा एयर इण्डियाको घाटाको तथ्यांक पेस गरेका थिए ।

१० वर्षमा मात्रै ६९ हजार ५ सय ७५ करोड भारु नोक्सान

रिपोर्टमा जनाइएअनुसार एयर इण्डियालाई आर्थिक वर्ष २०१७/०१८ मा ५ हजार ३ सय ३८ करोड भारु घाटा भएको थियो । सन् २००७ मा इण्डियन एयरलाईन्ससँग मर्जर भएसँगै एयर इण्डिया अहिलेसम्म मुनाफामा गएको छैन् । गएको आर्थिक वर्षसम्म कम्पनीलाई ६९ हजार ५ सय ७५ करोड भारु घाटा परेको जनाइएको छ ।

सन् २०१२ मा पनि एयर इण्डियाको नोक्सान तथा ऋणको अवस्थालाई हेर्दै तत्कालिन सरकारले ३० हजार करोड भारु अनुदान सहयोग गरेको थियो । सन् २०११ देखि कम्पनीलाई सरकारले साढे तीस करोड भारु सहयोग गरिसकेको जनाइएको छ ।

कम्पनी बेच्ने तयारीमा सरकार

भारतको सरकारी तथ्यांक अनुसार एयर इण्डिया कम्पनीको जम्मा जम्मी ऋण ५८ हजार करोड भारु छ । पछिल्लो समय बढ्दो ऋणको कारण सरकार हैरानीमा परेको छ । भारतीय मिडियाले जनाएअनुसार सरकार एयरलाइन्स बेच्ने तयारीमा छ । गत वर्ष पनि सरकारले कम्पनीको ७६ प्रतिशत शेयर बेच्न कोशिश गरेको थियो । तर सरकारको सो कार्यक्रम विफल भएको थियो ।

उडड्यन मन्त्री सिंहले पनि एयर इण्डियालाई निजीकरण नगरेसम्म सञ्चालन गर्न गाह्रो हुने बताउँदै आएका छन् । उनले गत साता एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नयाँ स्ट्रैटजी बनाएर बोलपत्रबाट नै एयर इण्डियालाई बेच्नु पर्ने तर्क गरेका थिए । (एजेन्सीकाे सहयाेगमा)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies