Khabar Dabali Logo
  January 28, Tue

जङ्गली हात्तीको डरले रातभर जाग्राम बस्न बाध्य गाउँले

झापा । झापाको मेचीनगर नगरपालिका–१३ स्थित कालीझोडा र १५ नं वडाको ज्यामिरगढीका बासिन्दालाई जङ्गली हात्तीले दुःख दिन थालेको छ । अहिले हात्ती समसाँझै गाउँ पसेर घर भत्काउन, लगाएका अन्नबाली खाइदिन थालेपछि त्यस क्षेत्रका बासिन्दा रातभर नसुती जाग्राम बस्न विवश बनेका छन् ।

वडा नं १३ का अध्यक्ष कृष्णराज सिग्देलले हातेमालो सामुदायिक वनबाट एक्ले हात्ती साँझ पर्नासाथ गाउँ पस्ने गरेकोे र घर भत्काउन, भित्र्याइएको धान समेत खाइदिने गरेको जानकारी दिए ।

यसैगरी वडा नं १५ का स्थानीय कृष्ण दाहालले दैनिक साँझ पर्नासाथ आउने हात्तीले पक्की घरसमेत भत्काउन थालेपछि गाउँले त्रसित भएको बताए । उनले भने “ दिनभर नजिकै रहेको चिया बगानमा बस्ने र साँझ पर्नेबित्तिकै गाउँ छिर्ने हात्तीबाट जोगिन समस्या भएको छ ,”

डिभिजन वन कार्यालय झापाले हात्ती प्रभावित क्षेत्रका विद्यालय र सार्वजनिकस्थलमा हात्तीबाट जोगिने उपायका बारेमा सचेतनामूलक सन्देश लेखिएका पोस्टर टाँस्ने र जङ्गल नजिकै बासिन्दालाई टर्चलाइट बाँड्नेलगायतका काम गरेको जनाएको छ ।

कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार झापाका विभिन्न जङ्गलमा रहेका १३ रैथाने हात्तीले गाउँमा पसेर स्थानीयवासीलाई दुःख दिन थालेको बताए । उनले केही दिनयता दैनिकजसो हात्तीले घर भत्काएको जानकारी कार्यालयमा आइरहेको जानकारी दिए ।

मंसिर २० गते, २०७६ - ११:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्रिविले प्रस्ताव गर्यो स्ववियु निर्वाचन तालिका

त्रिविले प्रस्ताव गर्यो स्ववियु निर्वाचन तालिका

काठमाडौं । आज त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन...   

१० हजार घूससहित कार्यकक्षबाटै पक्राउ परे कम्प्युटर अधिकृत

चितवन । भरतपुरको आन्तरिक राजश्व कार्यालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत रामकुमार अधिकारी १०...   

राष्ट्रियसभामा तीन विधेयक पेश

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा तीन विधेयक पेश भएका छन्। बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री...   

धरौटीमा छुटिन् गायिका आस्था राउत

काठमाडौं । गायिका आस्था राउत धरौटीमा छुटेकी छन् ।अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख...   

केन्द्रीय समितिको एजेण्डा तय गर्न नेकपा सचिवालय बैठक बस्दै

काठमाडौ । सत्तारुढ दल नेकपाको केन्द्रीय समिति बैठक बुधबार पार्टी केन्द्रीय कार्यलय धुमबाराहीमा...   

राष्ट्रियसभामा गायिका आस्था राउतदेखि कोरोना संक्रमणसम्मको प्रसङ्ग, कसले के भने ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका...   

आगलागीमा सोह्रको मृत्यु

मङ्गोलिया । मङ्गोलियामा जनवरीको शुरुदेखि हालसम्म ४ सय भन्दा बढी आगालागीको घटना भएका जानाइएको छ । आगलागनीका...   

एमसीसी रोक्नु हुन्न, छिटो पास गरौं : सभापति देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन...   

आस्था राउत सरकारी वकिलको कार्यालयमा

काठमाडौं । प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित...   

अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार दुर्घटनाग्रस्त विमान आफ्ना लडाकूहरुले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top