Khabar Dabali Logo
  September 25, Fri

भत्ताकै भरमा राउटे

भीमदत्तनगर । डेढ दशकअघि डडेल्धुराको जोगबुढाबाट झरेका किणीदेवी राउटे कञ्चनपुरको भीमदत्तनगरपालिका–९ खल्लामसेटीमा चुलोचौको गरेर दिन बिताइरहेकी छिन् ।

कुनै बेला जङ्गलको कन्दमूल, गिठ्ठा, तरुलका भरमा जीवनयापन गर्ने राउटे समु्दायकी किणीदेवी बस्तीमा आएयता गाउँलेसँग सुमधुर सम्बन्ध रहेकोप्रति हर्षित छन्। “जङ्गलबाट आएको भनेर हेला गर्छन् कि भन्ने पीर थियो”, उनले भने,“अब त खेतीपाती र मजदूरी गरेरै दिन बितिरहेको छ ।”

उनले समाजमा बसोवास थालेसँगै विभिन्न आयमूलक काम र मजदूरीमा लाग्न स्थानीयवासीले प्रेरित गर्ने गरेको बताए ।“दुई छोरा भारतको लोहाघाटमा मजदूरी गर्छन्”, उनले भने, “श्रीमान् गाउँघरमै ज्याला मजदूरी गर्छन्।”

कञ्चनपुरमा राउटे समुदायको तीन परिवारको मात्रै बसोवास रहेको छ । यहाँ बसोवास गर्दै आएका राउटे समुदायका अधिकांश पुरुष अहिले जीवन निर्वाह गर्न मजदूरी गरिरहेका छन् । “मजदूरीको पैसाले सामान्य खर्च चलेपनि हाम्रो घरको खर्च मुख्य रुपमा सरकारबाट पाइने राउटे भत्ताबाट टरेको छ”, किणीदेवीले रासससँग भने,“नियमित रुपमा भत्ता पाइरहेकै हुनाले घरको दाल, चामल चलेको छ ।”

पछिल्लो समय बस्ती छेउछाउका वन सामुदायिक वनमा रुपान्तरण भएपछि काठको भाँडाकुडा बनाउन पनि समस्या हुने गरेको राउटे समुदायको भनाइ थियो । “हाम्रो घरमा चार जनाले प्रतिव्यक्ति रु दुई हजारका दरले भत्ता पाउछौं”, उनले भने,“भत्ता नपाउने भए फेरि जङ्गल पस्नुपर्ने बाध्यता आउने अवस्था थियो ।”

सामाजिक सुरक्षा भत्ताले घरखर्च चलाइरहेका यहाँका राउटे समुदायका लागि केही समयअघि सांसद विकास कोषको रकमबाट प्रतिनिधीसभा सदस्य डा दिपकप्रकाश भट्टले भीमदत्तनगरपालिका–९ बटेनामा करबीर राउटेलाई दुई कोठे पक्की घर समेत निर्माण गरिदिनुभएको वडा कार्यालयले जनाएको छ ।

स्थानीय कमला राउटेले बस्तीमा घर बनाउन मात्रै जग्गा रहेको दुखेसो पोख्दै खानेपानीको निकै समस्या हुने गरेको बताए । “पानी नहुँदा खेतमा पनि अन्न फलाउन गाह्रो हुन्छ”, उनले भने, “राउटेलाई आयमूलक कामका लागि सीपमूलक तालीम पनि दिनुपर्यो ।” उनले राउटे समुदायका बालबालिका अझै विद्यालय जान नसकिरहेको बताए ।

“विद्यालय जानुपर्छ भन्ने चेतना नै अझै फैलाउन सकिएको छैन”, उनले भने,“केही वर्ष विद्यालय गएका बालबालिका अहिले गाउँमा त्यसै डुल्दैछन ।” दार्चुलाको लालीबाट डडेल्धुराको जोगबुढा हुँदै कञ्चनपुरको खल्लामसेटी बसाइँ सरेका ६७ वर्षीय जयलाल राउटेले केही समयअघि भत्ता नियमित नआउँदा समस्या भएको बताए ।

“भत्ता केही महिना ढिलो आउँदा घरमा छाक टार्नसमेत समस्या भयो”, उनले भने,“पैसा नहुँदा पसलमा उधारोमा सामान माग्न पनि गाह्रो लाग्छ ।” विसं २०५८ मा बसाइँ सरी यहाँ आएका बड्सिंह राउटेले पनि परिवारको खर्च भत्ताले चलेको बताए । “पाएभने गाउँघरमै ज्यालामजदूरी पनि गर्छु”, उनले भने, “सरकारले लोपोन्मुख जातीलाई अझै सुविधा दिनुपर्छ ।”

मंसिर १९ गते, २०७६ - १५:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साङ्केतिक भाषाको प्रवद्र्धन गर्न राष्ट्रपति भण्डारीको आह्वान

साङ्केतिक भाषाको प्रवद्र्धन गर्न राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय साङ्केतिक भाषा दिवस (सेप्टेम्बर २३)का...   
महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ३९ पुग्यो

महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ३९ पुग्यो

महाराष्ट्र । भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा परेर मृत्यु हुने व्यक्तिको...   

कोरोनाबाट विश्वमा सङ्क्रमितको संख्या तीन करोड १८ लाख नाघ्यो

वासिङ्टन । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १८ लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित...   
मजदूरीका लागि भारत जानेको लर्को

मजदूरीका लागि भारत जानेको लर्को

सर्लाही । कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदूरी गर्न फेरि...   

आजदेखि फुुटसल सञ्चालन

काठमाडाै‌। कोरोना भाइरसको महामारीका कारण गत चैत महिनादेखि बन्द फुटसल आजदेखि सञ्चालनमा आएको छ । फुटसल...   

आर्थिक प्रलोभनमा पर्ने ७७ जना ट्राफिक प्रहरी कारवाहीमा

काठमाडौं । सवारी नियम उल्लङ्न गर्ने चालक र सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा त्यसलाई इन्कार...   

सरकारले गरिब तथा विपन्नलाई आकस्मिक उपचार सेवा निःशुल्क गर्ने

काठमाडौं । सरकारले गरिब तथा विपन्न वर्गका लागि प्रारम्भिक चरणको आकस्मिक उपचार सेवा निःशुल्क शुरु...   

कर्णालीमा ५५ जना कोरोना सङ्क्रमित थपिए

कर्णाली । कर्णाली प्रदेशभर आज थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपंक्षी...   

स्वास्थ्य मापदण्ड पालना गरी यात्रा गराउन यातायात विभागको अपिल

काठमाडौं । यातायात व्यवस्था विभागले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अवलम्बन गरी सुरक्षित यात्रा...   

विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि आज विद्यालय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top