Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

क्यानडाका प्रधानमन्त्रीले ट्रम्पको मजाक उडाएपछि…

काठमाडौं । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोका बीच भएको विवाद फेरि एकपटक सतहमा आएको छ । यस पटक दुई नेताले क्यामराका सामुन्ने एक अर्कोको मजाक उडाएका छन् । टुडोले अन्य देशका नेताको सामुन्ने नै ट्रम्पलाई चिढ्याउने गरि मजाक उडाएका थिए ।

यति मात्रै नभई जर्मनी चान्सलर एन्जेला मर्केलले पनि ट्रम्पलाई मजाक बनाउँदै व्यवहार गरेकी थिइन् । नाटो देशहरुको समिटमा पुगेका ट्रम्प विभिन्न नेताहरुको मजाक बनेपछि कार्यक्रम छोडेर अमेरिका फर्किएको खबर अन्तराष्ट्रिय सञ्चार माध्यमले छापेका छन् ।

के भनेका थिए क्यानडाका प्रधानमन्त्रीले ?

नाटोको समिटमा पुगेका ट्रम्पले नाटो सेक्रेटरी जनरल जेंस स्टोलटेनबर्गसँग ५३ मिनेट लामो संवाद गरे । संवादको लागि ट्रम्पलाई जम्मा २० मिनेट छुट्याइएको थियो । तर उनले ३३ मिनेट बढि समय बोल्नमा खर्च गरेका थिए । यसपश्चात फ्रान्सका राष्ट्रपति मैक्रोंका साथ ट्रम्पले ३८ मिनेट लामो संवाद गरे । जसको कारण उनी समिटमा निकै ढिलो आईपुगेका थिए । समयको वेवास्ता गरेको भन्दै क्यानडाका प्रधानमन्त्री टुडोले ट्रम्पलाई मजाक बनाएका थिए ।

टुडोले ब्रिटेनका प्रधानमन्त्री बोरिस, फ्रान्सका राष्ट्रपति इमैनुएल, नेदरल्याण्डका प्रधानमन्त्री मार्कलगायतका नेताहरुको बीचबाट ट्रम्पलाई मजाक गर्दै प्रश्न गरेका थिए । उनले ट्रम्प र उनको टोलीसँग बोल्ने शैली पनि नभएको टिप्पणी गरेका थिए ।

टुडोलाई राम्रै मान्थे : ट्रम्प

क्यानडाका प्रधानमन्त्रीले ट्रम्पलाई मजाक बनाएपछि सबैको बीचमा नै ट्रम्पले टुडो राम्रो मान्छे नभएको बताएका थिए । उनले आफुँले अमेरिकाको जीडीपीको २ प्रतिशत हिस्सा क्यानडाको सुरक्षालाई दिँदा पनि टुडोको चित्त नबुझेको प्रतिक्रिया दिएका थिए । उनले सबै नेताहरुको बीचमा नै टुडोको सुरक्षा खर्च गतिलो नभएको बताएका थिए ।

सम्मेलन नै छोडेर अमेरिका गए ट्रम्प

नाटो गठबन्धनको ७० वर्ष पुरा भएको अवसरमा गरिएको कन्फ्रेन्समा पुगेका ट्रम्प कन्फ्रेन्स नसकिँदै अमेरिका फर्किएका छन् । अन्य नेताहरुले आफुलाई मजाक बनाएपछि रिसिएका ट्रम्प कार्यक्रम नै छोडेर फर्किएका हुन् । कार्यक्रमबाट बाहिरिँदै गर्दा ट्रम्पले अति सामान्य कार्यक्रम भएको कारण आफुँ फर्किएको टिप्पणी दिएका थिए ।

जी–७ समिटदेखि ट्रम्प र टुडोबीच विवाद

पछिल्लो वर्ष क्यानडामा आयोजित जी–७ को समिटका बीच ट्रम्प र टुडोबीच विवाद सुरु भएको थियो । दुई नेताबीच विवाद भएपछि ट्रम्पले जी–७ को समिट नै छोडेर हिँडेका थिए । समिटको बेला टुडोले विश्व अर्थ व्यवस्थामा ट्रम्पको मनलाग्दी व्यवहारले हैरानी सिर्जना गरेको टिप्पणी गरेका थिए । उनले व्यापार र आयात शुल्क मुद्दा बढ्नुको कारण ट्रम्पको मनलाग्दी व्यवहार भएको बताएका थिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies