Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

पुरानो साइकल र मागेको पोशकले जित्यो स्वर्णपदक

काठमाडौं । कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा कुनै रहेन, यसले नयाँ इतिहास समेत रचना ग¥यो ।

नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग)मा ट्रायथोलन अन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुरुषतर्फको स्पर्धामा स्वर्ण पदक हासिल गर्दा नेपाललाई पहिलो पटक डुआथोलनमा स्वर्ण पदक समेत प्राप्त भयो ।

भारतमा सम्पन्न १२औँ संस्करणदेखि सागमा ट्रायथोलन खेल समावेश भएको थियो । सो प्रतियोगितामा नेपालले कास्य पदकमा चित्त बुझाउन परेको थियो । घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले ट्रायथोलनमा सोनी गुरुङ र पुरुषतर्फ टमाटाले स्वर्ण पदकमा हासिल गर्न सफल भए ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण चुम्ने टमाटाको सपना यस पटक साकार भएको छ । उनले दुई वर्षअघि नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितमा स्वर्णको सपना देख्न शुरु गरेका थिए ।

नेपाली सेनामा सेवारत टमाटाका लागि आठौँ राष्ट्रिय खेलकूद जीवनको ‘ट्रनिङ प्वाइन्ट’ बन्यो । राष्ट्रिय खेलकूदमा उनले डुआथोलन र माउन्टेन बाइकक्रसकन्ट्री दुबै खेलमा सहभागिता जनाएका थिए । एक दिनको अन्तरमा भएका दुबै प्रतियोगितामा उनले राम्रो गर्न सकेनन् । सागमा डुआथोलनमा रजत पदक विजेता लक्ष्मण मल्लले उनलाई पराजित गरेका थिए ।

राष्ट्रिय खेलकूद लगत्तै टमाटा आफूलाई डुआथोलनमामात्र केन्द्रित हुने निर्णयमा पुगे । सागमा स्वर्ण जित्ने लक्ष्य सहित उनी हरेक दिन अभ्यासमा व्यस्त हुन थालेका थिए । दौड र साइक्लिङमा उहाँको क्षमतालाई चिनेका प्रशिक्षकले समेत त्यसैतर्फ प्रेरित गरिरहे ।

“राष्ट्रिय खेलकूदपछि एउटामात्र खेलमा केन्द्रित भएर राम्रो गर्नुपर्दछ भन्ने मलाई लाग्यो । त्यसबेला देखिनै डुआथोलनमा स्वर्ण हासिल छाड्छु भन्ने विश्वासले दिनहुँ अभ्यास गर्न थालेँ।” टमाटा भन्छन् ।

दक्षिण एशियाली राष्ट्रहरुको सबैभन्दा ठूलो खेलकूदमा स्वर्ण हासिल गरे लगत्तै उहाँ हरेक चार वर्षमा आयोजना हुने एयिशाली खेलकूद (एशियाड)मा पदक जित्ने सपना देख्न शुरु गर्नुभएको छ । सन् २०२२ मा चीनमा तय भएको एशियन गेममा पदक जितेर कीर्तिमान राख्ने उहाँको धोको छ ।

आफू कठिन अवस्थामा समेत कहिल्यै पनि हतास र निराश नहुने उल्लेख गर्दै उनी भन्छन् “मानिसले लक्ष्य ठूलो राख्नुपर्दछ । लक्ष्य अनुसारको मेहनत र परिश्रम ग¥र्यो भने असम्भव केही पनि छैन । देशलाई एशियन गेममा पदक दिलाउने अब मेरो सपना छ।”

सागको तयारीका क्रममा समेत उहाँले चुनौती सामना गर्नुपरेको थियो । टमाटालाई अभ्यासकै क्रममा नयाँ साइकल आउने भनिएको थियो । तर प्रतियोगिताको दिनसम्म पनि नयाँ साइकल आएन । राम्रो पार्टपुर्जा र गुणस्तरीय साइकल भएकाहरुसँग सन् २०१४ मोडलको पुरानै साइकल लिएर उनी ष्पर्धामा हामिएका थिए ।

त्यतिमात्र होइन खेलका क्रममा लगाउने पोशाक समेत उनले समयै पाएनन् । प्रतियोगिताको एक÷दुई दिन अघि आएको पोशाक उनको शरीरमा मिलेन । त्यसपछि साथिको मागेर खेलमा भाग लिए ।
टमाटा भन्छन् “हाम्रो साईकल पाँच/छ वर्ष पुरानो आल्मुनियमको हो । कार्वनको राम्रो साईकलभएकाहरुसँग प्रतिष्पर्धा कठिन भएपनि आत्मवलकै कारणले पनि उनीहरुलाई जित्यौँ।”

टमाटाले १४/१५ वर्षको उमेरबाट नै खेलकूदमा आकर्षित थिए । दौड र कराँतेमा उनको लगाव थियो । विभिन्न जिल्ला तथा क्षेत्रीय प्रतियोगिताहरुमा पाँच र १० किमी दौडमा उनी भाग लिन्थे ।

पछि उनी नेपाली सेनामा भर्तीभएपछि खेल्ने वातावरण अझै अनुकूल बन्यो । नेपाली सेनाका मेजर राजीव चन्दले उनलाई अघि बढ्न सँधै प्रेरित गरे ।

शुरुमा साइकल राम्रोसँग डोहो¥याउन समेत नजान्ने उनलाई चन्दलेनै साइकल चलाउन सिकाए । “मैले जुन सफलता पाएको छु,त्यसमा राजीव चन्दको ठूलो योगदान छ । उनलेनै मलाई अघि बढ्न सहयोग गरे। खुट्टा समातेर मलाई साइकल चलाउन सिकाए।” उनी भन्छन् ।

अहिलेदेखि नै आफू एशियाडको तयारीमा जुट्ने जानकारी दिँदै सरकारले खेलाडीहरुलाई सहयोग गर्न माग समेत गरे । नेपाली टोलीका प्रमुख प्रशिक्षक युवराज सुनुवारले टमाटा क्षमतावान् खेलाडी भएको बताउछन् । उनी भन्छन् “राष्ट्रिय खेलकूद परिषद्बाट समयमै टोलीका लागि आवश्यक खेल सामग्री आउन ढिलाई भयो । खेलाडीले अभावकाबीचमा समेत उत्कृष्ट नतिजा निकाल्न सफल भए । ”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies