Khabar Dabali Logo
  January 28, Tue

२६ वर्षीया युवतीको आगो लगाएर हत्या

डोटी । शिखर नगरपालिकाकी एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् । उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाई शालिग्राम भट्टले आरोप लगाएको छ । हत्यामा उनका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दिलीपसिंह देउवाले घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी तथा जानकारी नआएको बताए । उनले भने, “घटनाबारे कुनै जानकारी र उजुरी आएको छैन, उजुरी आएपछि प्रहरीले आफनो काम थाल्ने छ ।”

शरीरमा आगो लागेपछि मङ्सिर ७ गते गम्भीर घाइते भएकी भावनालाई उपचारका लागि डोटीकै सुजङ अस्पतालमा पुर्याएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि मृतक भावनालाई सेती प्रादेशिक अस्पताल कैलाली पठाएकामा कैलालीबाट पनि उनलाई थप उपचारका लागि भारतको बलेरी लगिएको थियो । बेरी अस्पतालले उनको स्वास्थ्य अवस्था सुधार भएको भन्दै घर पठाए पनि घरमा ल्याउँदा उहाँको मृत्यु भएको थियो । भावना र शर्माबीच दुई वर्षअघि मात्रै बिवाह भएको उनको घरपरिवारले जनाएको छ ।

मंसिर १९ गते, २०७६ - ११:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसकारण विवाह अघि शारिरिक सम्पर्क नराख्न सरकारको अपिल

आजकाल आफ्ना देशका किशोर किशोरीका लागि निकै चिन्तित छ । वास्तवमा, ब्राजिलमा किशोरीहरु गर्भवती हुने...   

भक्तपुरको कटुञ्जेमा ट्राफिक भवनको उद्घाटन

भक्तपुर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सूर्यविनायक नगरपालिका–६ कटुञ्जेमा निर्माण सम्पन्न...   
प्रेम दिवसमा ‘सयको गुन’

प्रेम दिवसमा ‘सयको गुन’

काठमाडौ । गायक तथा सङ्गीतकार वसन्त थापाको लोकगीत ‘सयको गुन’ यतिबेला चर्चामा रहेको छ । गीतमा गायक थापा...   

कोरिया बसेर फर्फिएका युवा कुखुरापालनमा रमाउँदै

बागलुङ । पाँच वर्ष कोरिया बसेर फर्फिएका जीवन जिसीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ ।...   

चैतभित्र सुर्तीजन्य पदार्थ पूर्ण रुपमा नियन्त्रण गर्न अभियान शुरु

विराटनगर । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थलाई पूर्णरुपमा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले...   
सडकबाट उद्धार गरिएका मध्ये ३० पुनः सडकमा फर्किए

सडकबाट उद्धार गरिएका मध्ये ३० पुनः सडकमा फर्किए

काठमााडौ । आश्रयस्थल हुँदै परिवारसम्म पुगेका पनि पुनः सडकमा नै फर्किने गरेका छन् । हालसम्म काठमाडौँका...   

शनिबारदेखि शुरु हुने वाग्मती सफाइमा विद्यालय र सामाजिक संस्था सहभागी गराइने

काठमाडौ । मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले विद्यालय एवं सामाजिक...   

शिक्षालाई रोजगारसँग जोड्नुपर्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई रोजगारसँग जोड्नुपर्ने...   

बाजुरामा भूकम्पकाे धक्का

मार्तडी । बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको...   

अपराध र प्रकृति बढ्यो : महान्यायाधिवक्ता खरेल

चितवन । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध र यसको प्रकृति बढेको बताएका छन् । जिल्ला सरकारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top