Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

यसरी बङ्गुरपालनमा रमाउँदै, मनग्य कमाउँदै

बागलुङ । अहिले गलकोट नगरपालिका–२ नरेठाँटी, तोरीखोलास्थित ‘धौलागिरि बङ्गुर फार्म’मा पाठापाठीसहित २०० बङ्गुर छन् । माउमा पोथी ४३ र भाले बङ्गुर पाँच छन् । मासु र पाठापाठी बेच्दा मासिक रु पाँच लाखसम्मको कारोवार हुन्छ । ‘फार्म’मा लगानी बढेर अहिले रु एक करोड ३० लाख नाघेको छ ।

पाँच वर्षअघि कृषि मिलीजुली सहकारीले खोलेको ‘फार्म’ व्यवसायी याम कालामगरको स्वामित्वमा आएको चार वर्ष पुग्यो । सहकारीले चलाउन नसकेपछि व्यवसायी कालामगरले रु ८६ लाखमा जग्गासहित ‘फार्म’ किनेका थिए । “पाँच रोपनी आफ्नै जग्गा छ, थप चार रोपनी जग्गा भाडामा लिएर बङ्गुरपालन गरेको छु”, उनले भने ।

जग्गाको मासिक रु सात हजार भाडा तिनुपर्छ । ढुवानीका लागि गाडी खरीद, खोर विस्तार, जनशक्ति व्यवस्थापनलगायतमा लगानी थपिएको छ । ‘फार्म’मा कालामगर परिवारबाहेक अन्य चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । बङ्गुरपालन व्यवसायमा कालामगरसँगै उनकी श्रीमती शिवकला र छोरा विवेक पनि उत्तिकै खट्नुहुन्छ ।

कालामगरले ‘फार्म’देखि झण्डै ४५ किमिको दूरीमा पर्ने सदरमुकाम बागलुङ बजारमा मासु पसलसमेत सञ्चालन गरेका छन् । मासुका लागि बङ्गुर खपत हुने मुख्य बजार बागलुङ र गलकोटकै हटिया हो । पाठापाठीका लागि जिल्ला बाहिरबाटसमेत माग आउने गरेको व्यवसायी कालामगरले बताए ।

“एक महिना पुगेका पाठापाठीलाई रु पाँच हजार पर्छ, मासुको बजार मूल्य भने अहिले प्रतिकेजी रु ४६० छ”, उनले भने । एउटै बङ्गुरले १७ वटासम्म पाठापाठी जन्माउँदछन् । थोरैमा पनि पाँच÷छ वटा जन्मन्छन् । एकसाथ धेरै माउ ब्याउँदा खोर भरिभराउ हुन्छ । तीन महिना २१ दिनमा बङ्गुर ब्याउँछ । मासु भन्दा पाठापाठी बेच्दा बढी फाइदा उठ्छ ।

“मासिक त्यस्तै चार÷पाँच लाखसम्म आम्दानी हुन्छ”, सञ्चालक काला मगरले भने, “अहिलेसम्म सबै लगानीमै गएको छ, खर्च पनि उस्तै छ ।” लगानी थप्दै गएपछि पछि मुनाफा बढ्ने उनको विश्वास छ । अहिले भएको खोर अपुग देखिएकाले थप्ने योजना छ । बङ्गुरको दाना, कामदार व्यवस्थापन र ढुवानीमा बढी खर्च छ ।

ठूलो लगानीमा बङ्गुरपालन शुरु गरे पनि सरकारी क्षेत्रबाट कुनै सहयोग नपाएको उनको गुनासो रहेको छ । “मेरै फार्मबाट पाठापाठी लगेर पालेकाले अनुदान पाए, तर मलाई अहिलेसम्म कसैले हेरेको छैन”, उनले भने । प्रदेश सरकारबाट अनुदान पाउने आसमा प्रस्तावपत्र पठाएपनि कुनै सुनुवाइ नभएको उनले गुनासो गरे ।

वडाध्यक्ष हिमबहादुर भण्डारीले नगरपालिकाबाट आवश्यक कागजातसहित अनुदानका लागि कृषि ज्ञान केन्द्रमा सिफारिस गरेको बताए । “हामी पनि अचम्ममा परेका छौँ, अरु साना फार्मले अनुदान पाउँदा पनि उनले नपाउनु दुःखद् छ”, वडाध्यक्ष भण्डारीले भने । आगामी बजेटमा वडाबाट सक्दो सहयोग उपलब्ध गराइने उनको प्रतिबद्धता छ ।

पछिल्लो समय मासु र पाठापाठीको माग बढेपछि बङ्गुरपालन व्यवसाय फस्टाएको छ । राम्रो कमाइका लागि किसान बङ्गुरपालनमा आकर्षित छन् । कम समयमै राम्रो प्रतिफल आउने हुँदा बङ्गुरपालन बढेको जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । बजार मागअनुसार उत्पादन बढाउनुपर्ने आवश्यकता रहेको केन्द्रका वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताए ।

“मासु र पाठापाठीको माग बढ्दो छ, किसान पनि उत्साहित छन्”, उनले भने, “गाउँगाउँमा व्यावसायिक बङ्गुरपालन बढेको छ ।” पहिले जनजाति समुदायमा बढी प्रयोग हुने बङ्गुरको मासु अहिले शहरका ठूला होटल, रेष्टुराँमा रोजाइको परिकार बन्ने गरेको छ । जिल्लाको राङ्खानी, तङ्ग्राम, दमेक, नरेठाँटी, पाण्डवखानीलगायतका ठाउँमा व्यावसायिक बङ्गुरपालन छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies