Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पाकिस्तानमा महंगाई नियन्त्रण बाहिर, एक केजी टमाटरको मुल्य ३०० रुपये

काठमाडौं । पाकिस्तानमा पछिल्लो समय महंगाई अत्याधिक बढेको छ । दैनिक उपभोग्य वस्तुहरुमा महंगाई ३ सय प्रतिशतसम्म बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सञ्चार माध्यमले जनाएअनुसार पाकिस्तानमा पछिल्लो साता एक केजी टमाटरको मुल्य ३०० सय रुपयेभन्दा माथि पुगेको छ ।

पाकिस्तानको सरकारी तथ्यांकलाई उल्लेख गर्दै सञ्चार माध्यमले जनाएअनुसार दैनिक उपभोग्य वस्तुमध्ये ४३ प्रकारका सामानको मुल्यमा ३ सय प्रतिशतसम्म बढोत्तरी भएको छ । जनाइएअनुसार दैनिक प्रयोग हुने टमाटरको मुल्य प्रतिकेजी ३ सयभन्दा माथि पुगेको छ । अदुवाको मुल्यमा भारी बृद्धि हुँदै प्रतिकेजी ५ सय पाकिस्तानी रुपये पुगेको छ । अहिलेसम्म टमाटरको मुल्य २ सयभन्दा माथि नपुगेको तर एकै पटक अहिलेसम्मकै रेकर्ड तोड्दै ३ सयभन्दा माथि पुगेको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

तरकारीको मुल्यमा भएको भारी बृद्धिसँगै फलफूलको मुल्यमा पनि ह्वात्तै बढोत्तरी आएको छ । जनाइएअनुसार सबैजसो फलफूलको मुल्य १ सय ५० भन्दा माथि पुगेको छ ।

यस्तै, तरकारी तथा फलफूलमा भारी मात्रामा बृद्धि भएसँगै मांसजन्य खाद्यपदार्थमा पनि भारी बृद्धि भएको छ । पाकिस्तानमा बाख्राको मासु प्रतिकेजी ९ सय पाकिस्तानी मुल्यभन्दा माथि पुगेको छ ।

भारतको कारण महंगाई बढ्यो : पाकिस्तानी आर्थिक मामिला मन्त्री

दैनिक उपभोग्य वस्तुको मुल्यमा भएको अत्याधिक महंगाईको जिम्मेवार छिमेकी मुलुक भारत भएको पाकिस्तानी आर्थिक मामिला मन्त्री हमाद अजहरले बताएका छन् । अजहरले सञ्चार माध्यमसँग कुराकानी गर्दै भारततर्फबाट आउने कतिपय खाद्यवस्तु आउन रोकिएसँगै मुल्यबृद्धि बढेको बताए । उनले भारतसँगको असमान व्यापार सम्झौता खारेज गरेसँगै आन्तरिक व्यवस्थापनमा मुश्किल परिरहेको पनि खुलाएका छन् ।

मन्त्री अजहरले कतिपय विदेशी विचौलियाको कारण पनि बजारमा मुल्यबृद्धि नियन्त्रण बाहिर बन्दै गएको बताए । उनले आगामी जनवरी–फरबरीदेखि महंगाईमा सन्तुलन आउने पनि बताएका छन् । (एजेन्सीकाे सहयाेगमा)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies