Khabar Dabali Logo
  January 23, Thu

टेलिकमले ल्यायाे ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’ प्याकेज

काठमाडाैं । नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राख्दै भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ । यो सुविधा अन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा साथीभाइ वा आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ । यो सेवा उपयोग गर्नका लागि सर्वप्रथम नेपाल टेलिकमको ‘एप’ आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्छ ।

एण्ड्रोइड मोबाइल प्रयोगकर्ताले ‘प्ले स्टोर’ र आइफोन प्रयोगकर्ताले ‘एप स्टोर’मा गइ नेपाल टेलिकमको लोगो अंकित एप डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरेपछि ‘रजिस्टर’मा क्लिक गर्नुपर्छ । एपले मागेअनुसार प्रयोगकर्ताको नाम, मोबाइल नम्बर, पासवर्ड लगायत विवरण राखेपछि लग इन हुन्छ । त्यसपछि मोबाइलमा तत्कालै सन्देशका रुपमा एक पटकका लागि कोड नम्बर आउँछ । त्यो कोड नम्बर हालेर नेपाल टेलिकमको एप प्रयोग गर्न सकिन्छ ।

यही एपमार्फत प्रयोगकर्ताले आफन्त वा साथीभाइलाई कुराकानी गर्ने वा इन्टरनेट चलाउने समय उपहारका रुपमा प्रदान गर्न सक्नेछन् । इन्टरनेट चलाउने डाटा सेवा उपहारस्वरुप दिन चाहनुहुन्छ भने एप खोलेर ‘गिफ्ट प्याकेज्स’मा क्लिक गर्नुपर्छ ।

त्यसपछि डाटा लेखिएको एपमा गएर जम्मा १२ रुपैयाँमा २४ घण्टासम्म २८ एमबी डाटा चलाउन सकिन्छ, ३० रुपैयाँमा ३ दिन चलाउन मिल्ने ९० एमबी, ६० रुपैयाँमा ७ दिनको लागि १९० एमबी, १०० रुपैयाँमा ५०० एमबी र २४० रुपैयाँमा २८ दिन चलाउन सकिने १५०० एमबी डाटा गिफ्ट गर्न सकिन्छ ।

कति एमबीको डाटा उपहार दिने हो, निश्चित गरेपछि ‘क्लिक टु सब्सक्राइब’ लेखिएको ठाउँमा क्लिक गरी दिन चाहेको मोबाइल नम्बर लेखेर ओके गर्नुपर्छ । प्रिपेड तथा पोस्टपेड मोबाइलका प्रयोगकर्ताले यो सुविधा लिनसक्नेछन् । साथै यही एपको गिफ्ट प्याकेज्समा गइ ‘भ्वाइस क्लिक’ गरी २५ रुपैयाँको ४० मिनेट कुरा गर्न सकिने १ दिने प्याकेज उपहार दिन सकिन्छ ।

सात दिनसम्म १९० मिनेट कुरा गर्न सकिने प्याकेज उपहार दिने हो भने १०० रुपैयाँ लाग्छ । त्यस्तै २४० रुपैयाँमा २८ दिनसम्म ४९० मिनेट कुरा गर्न सकिने प्याकेज पनि उपहार दिन सकिन्छ ।

५ सयमा ४२ दिनसम्म प्रयोग गर्न सकिने १ हजार १ सय मिनेट गिफ्ट गर्न पनि सकिन्छ । यसैगरी http://offer.ntc.net.np/ मा गएर पनि आफूले चाहे बमोजिमका प्याकेजहरु साथीभाइ र आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ ।

यस योजनामा गिफ्ट दिनेको मोबाइल ब्यालेन्सबाट रकम काटिने टेलिकमले जनाएकाे छ ।

मंसिर १८ गते, २०७६ - १५:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा–राजपा गठबन्धनको विजयी सुरुवात, प्रदेश २ मा तुलसा दाहाल विजयी

नेकपा–राजपा गठबन्धनको विजयी सुरुवात, प्रदेश २ मा तुलसा दाहाल विजयी

काठमाडौं । प्रदेश नम्बर २ बाट महिलातर्फ राष्ट्रिय सभा सदस्यमा नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् ।नेकपा–राजपा...   

नेकपा प्रवक्ता श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित

काठमाडौं । गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा उठेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता...   
गजल  : सच्चा मनले माया गर्दा पनि गजल बन्छ !

गजल : सच्चा मनले माया गर्दा पनि गजल बन्छ !

सच्चा मनले माया गर्दा पनि गजल बन्छकसैको यादमा आँसु झर्दा पनि गजल बन्छ ।।नभनेर उस्लाइ उस्कै यादमा...   
डिस होमले ल्यायो विद्यार्थीका लागि ‘राइम्स’ च्यानल

डिस होमले ल्यायो विद्यार्थीका लागि ‘राइम्स’ च्यानल

काठमाडौं । डिस होम नेपाल अग्रणी डिटिएच सेवा प्रदायक कम्पनी हो । जसले थुपै्र डिजिटल एचडी च्यानलहरु...   

प्रदेश सांसद दिपक मनाङ्गे पक्राउ

काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ्ग उर्फ दीपक मनाङ्गे पक्राउ परेका छन् । जिल्ला अदालत पोखराले...   
सांसद मनाङ्गेलाई पक्राउ गर्न जिल्ला प्रशासनले दियो अनुमति

सांसद मनाङ्गेलाई पक्राउ गर्न जिल्ला प्रशासनले दियो अनुमति

काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको...   
साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने सरकारको निर्णय

साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विद्युतीय बस किन्न साझा यातायातलाई उपलब्ध गराएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता...   
पोस्टर पनि चोर्छन् हिन्दी फिल्मकर्मी, हेर्नुहोस् कुन फिल्मले कसको पोस्टर चोरे

पोस्टर पनि चोर्छन् हिन्दी फिल्मकर्मी, हेर्नुहोस् कुन फिल्मले कसको पोस्टर चोरे

काठमाडौं । फिल्मको लागि उसको पोस्टर विशेष हुन्छ । पोस्टरमा फिल्मको नाम मात्रै नभएर फिल्मको कथा पनि...   
निर्भया हत्याका दोषीलाई शहरको चोकमा फाँसी दिन बलिउड कलाकारकाे माग

निर्भया हत्याका दोषीलाई शहरको चोकमा फाँसी दिन बलिउड कलाकारकाे माग

काठमाडौं । चर्चित भारतीय अभिनेत्री कंगना रनौतले निर्भया हत्याका दोषीलाई चोकमा फाँसी दिन माग गरेकी...   
असममा माओवादीसहित विभिन्न सशस्त्र संगठनका ६४४ जनाले गरे सामुहिक आत्मसमर्पण

असममा माओवादीसहित विभिन्न सशस्त्र संगठनका ६४४ जनाले गरे सामुहिक आत्मसमर्पण

काठमाडौं । भारतको अमसमा सरकारद्वारा प्रतिबन्धित विभिन्न ८ संगठनका ६४४ जना सशस्त्र व्यक्तिले हतियारसहित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top