Khabar Dabali Logo
  January 23, Thu

प्रधानमन्त्री केपी ओलीको मृगौला प्रत्यारोपणबारे चिकित्सकको परामर्श लिने तयारीमा नेकपा

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणकोलागि चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको छ ।

पार्टी मुख्यालय धूम्बाराहीमा बुधबार बसेको सचिवालय बैठकले ओलीको स्वास्थ्यमा उल्लेखनिय सुधार आएको निष्कर्ष निकाल्दै मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग सल्लाह गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको प्रधानमन्त्रीको एपेन्डिसाइटिसको घाउ निको हुने क्रम रहेको छ, श्रेष्ठले भने, ‘मिर्गौलाको आवश्यकता अनुसार डाइलोसिसको प्रक्रिया पनि जारी रहेको छ । यसपछि के गर्ने भन्ने कुरा उपचारको प्रक्रियाबाट पूरै निस्केपछि चिकित्सकको परामर्शमा निर्णय लिइने छ ।’

सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मंसिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । सचिवालय बैठकमा हालै सम्पन्न भएको उपनिर्वाचनमा समीक्षा तल्लो तहका कमिटीबाट समीक्षात्मक प्रतिवेदन प्राप्त भएपछि मात्र गर्ने निर्णय गरेको छ ।

यस्तै, उपनिर्वाचनबारे औचपारिकरुपमा कहीँबाट पनि घात अन्तरघातको जानकारी प्राप्त भएको नभएको भन्दै औपचारिक समीक्षा आगामी बैठकबाट निर्वाचनमा भएका जिल्ला, स्थानीय तह र वडा कमिटीले पठाएको समीक्षात्मक प्रतिवेदन प्राप्त भएपछि निष्कर्षमा पुगिने प्रवक्ता श्रेष्ठले बताए ।

ती कमिटीलाई बैठकले प्रतिवेदन पठाउन निर्देशनसमेत दिएको उनले बताए । नेकपाले सचिवालयको अर्को बैठक आगामी मङ्सिर २३ गते बिहान ९ बजे पार्टी मुख्यालय धूम्बाराहीमा राखेको छ ।

उनका अनुसार उक्त बैठकमा उपनिर्वाचनको औपचारिक समीक्षा, पार्टी सङ्गठनात्मक एकीकरणको वाँकी कामबारे छलफल र निर्णय, पार्टीको कार्ययोजना तय र स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठक बोलाउने बारेमा आवश्यक निर्णय लिने छ ।

मंसिर १८ गते, २०७६ - १४:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली लाइसेन्सधारीको अन्त्य नभएसम्म सडक दुर्घना न्यूनिकरण हुन सक्दैन : नेता शर्मा

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले नक्कली लाइसेन्सका...   

केही बर्षमा माडि दुर्गमबाट सुगममा परिणत हुन्छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही बर्षभित्रै माडी...   

विधान नमिच्न सभापति देउवालाई जिल्ला सभापतिको चेतावनी

काठमाडौँ । नेपाली काँग्रेसका असन्तुष्ट पौडेल पक्षका जिल्ला सभापतिहरुले नेतृत्वको कार्यशैली प्रति...   

ईरानको ५२ ठाउँबाट आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई ५२ ठाउँबाट आक्रमण गर्ने चेतावनी दिएका छन्...   

सभामुखबारे नेकपा दुई अध्यक्षबीच जुटेन सहमति, संसद बैठक स्थगित गर्ने तयारी

काठमाडौं । सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाका दुई अध्यक्षबीच कुरा नमिलेपछि प्रतिनिधिसभाको...   

राष्ट्रपतिलाई राजनीतिबाट टाढा रहन नेकपा नेता रघुजी पन्तको सूझाव

काठमाडौ । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई...   

प्रदेश सरकारको मुख्य प्राथमिकता कृषि : मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले कृषिलाई सबैभन्दा धेरै महत्व दिएको बताएका...   

प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षी काँग्रेसको प्रश्न : नेपाल ट्रष्टको जग्गा हिनामिनामा किन मौन ?

काठमाडौं । विपक्षी दल नेपाली काँग्रेसका सांसदले नेपाल ट्रष्टको सम्पत्ति हिनामिना गर्ने प्रकरणमा...   

नरिवलको रक्सीले लियो आठ जनाको ज्यान, सयौं अस्पताल भर्ना

एजेन्सी । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी...   

चीन र दक्षिण कोरियाका राष्ट्रपति बीच भेटवार्ता

एजेन्सी । चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top