Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

नेकपा सचिवालयमा नेता माधब नेपालको ब्रिफिङ : मोदीले समय नदिदा भारत भ्रमण रोकियो

काठमाडौं । सीमा विवाद समाधानकोलागि नेपाल सरकारको तर्फबाट विशेष दूत भएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्न भारत भ्रमणमा निस्कन लाग्नु भएका पूर्वप्रधानमन्त्री माधब कुमार नेपालको भ्रमण स्थगित भएको छ ।

पछिल्लो समय भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालका भू–भागहरू समेटेपछि उत्पन्न विवादका विषय छलफल गर्न भारत जाने तयारी गरेका थिए । तर, भारतका प्रधानमन्त्री मोदीले नेता नेपाललाई भेट्ने समय उपलब्ध नगराएपछि भ्रमण रोकिएको ब्रिफिङ नेकपा सचिवालय बैठकमा नेता नेपालले गराएका थिए ।

बुधबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकमा सीमा विवाद संवादका लागि जाने भनेका नेता नेपालको भारत भ्रमणको विषयमा छलफल भएको सचिवालयका एक नेताले बताएका छन् । भारतीय प्रधानमन्त्रीले समय दिएलगत्तै नेता नेपाल विशेष दूतका रुपमा भारत भ्रमणमा जाने बताइएको छ ।

भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीका केही भूभाग समेटेपछि नेपालमा विरोध प्रदर्शन भएको थियो । भारतको उक्त कदमको जनस्तरबाट ब्यापक दवाव सिर्जना भएपछि प्रधानमन्त्री केपी ओलीले कार्तिक २३ गते दर्वपक्षीय बैठक आव्हान गरेका थिए ।

सो बैठकले सीमा विवाद समाधानकोलागि भारतसँग कुटनैतिक पहल गर्न प्रधानमन्त्री ओलीलाई जिम्मेवारी दिएको थियो ।

औपचारिक तथा अनौपचारिक छलफलबाट प्राप्त निष्कर्षको आधारमा प्रधानमन्त्री ओलीले भारतसँग कुटनैतिक पहल गर्न पूर्वप्रधानमन्त्री एवं अन्तर्राष्ट्रिय विभाग प्रमुख माधबकुमार नेपाललाई बिषेश दुत बनाएका थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies