Khabar Dabali Logo
  August 9, Sun

यस्तो छ प्रचण्डको अध्यक्षतामा बसेको नेकपा सचिवालय बैठकको निर्देशन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आजको सचिवालयको बैठकले यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ ।

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सम्पन्न बैठकले उपनिर्वाचन भएका वडा तहदेखि जिल्ला तहका कमिटीले समीक्षा गरेर त्यसको प्रतिवेदन पठाउन निर्देशन दिएको हो । बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले यही मङ्सिर २३ गते बस्ने सचिवालयको अर्को बैठकले उपनिर्वाचनको व्यवस्थित समीक्षा गर्नेछ ।

सोही बैठकले साङ्गठनिक एकताका बाँकी काम, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकलगायत विषयमा छलफल गर्ने श्रेष्ठले जानकारी दिए । आजको बैठकले उपचाररत प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामनाको प्रस्ताव पारित गरेको छ ।

यही मङ्सिर ४ गतेको सचिवालय बैठकले अध्यक्ष दाहाललाई पार्टी र प्रधानमन्त्री ओलीलाई सरकारको काममा केन्द्रित हुने निर्णय गरेपछि दाहालको अध्यक्षतामा आज पहिलोपटक बैठक बसेको हो ।

मंसिर १८ गते, २०७६ - १२:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top