Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

महिलामाथि हुने हिंसाको प्रमुख कारण अशिक्षा

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला वडाल जोशीले महिलामाथि हुने हिंसाको प्रमुख कारण अशिक्षा भएको बताएका छन् । ‘समानताको पुस्ता : बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित मङ्गलबार भीमदत्तनगरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले शिक्षित समाज निर्माण गर्नसके मात्रै महिलामाथिका हिंसा हट्ने बताए ।

उनले समाजको थिचोमिचो सहँदै आएका मुक्त हलिया र दलित समुदाय अझै हिंसाको पीडा खेप्न बाध्य भएको बताए । “महिलाहरुले हिंसा सहेर बस्नु पर्दैन”, उनले भने, “न्यायिक निकायमा पुगेर हिंसाको प्रतिकार गर्नु पर्दछ ।” हिंसाका घटनाहरु न्यायिक निकायमा पुगेपछि मेलमिलापमा टुङ्गिँदा यसले प्रश्रय पाउँदै आएकाले कानूनी उपचारमा लाग्नुनै श्रेयस्कर हुने उनले बताए ।

मुक्त हलिया अगुवा तथा पूर्वसांसद हरि श्रीपालीले मुक्त हलिया समुदाय दलित समुदायकै व्यक्तिहरु भएकाले उनीहरुमाथि गर्ने छुवाछूत हट्न नसकेको बताए। समाजमा दलित समुदायमाथि अझै हिंसा र थिचोमिचो व्याप्त रहेकाले त्यो हट्नुपर्ने धारणा उनले राखे ।

सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले कानूनले सबै जातजाति, वर्ग र समुदायमाथि समान व्यवहार गर्ने भएकाले कानूनविपरीतका कार्य गरे कानूनअनुसार कारवाहीका लागि अगाडि सर्नुपर्ने बताए ।

कानूनमा उल्लेख भएका प्रावधानहरु लागू गर्नसके हिंसाका घटना न्यूनीकरण गर्न मद्दत पुग्ने उनले बताए । प्रदेश सरकारले हिंसाविरुद्धका नीति नियम र कानूनहरु कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आवश्यक पर्ने थप नीति नियम बनाउन तयार रहेको बताए ।

राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारले मुक्त हलियालाई सामाजिकरूपमा पुनःस्थापन गर्नका लागि शिक्षा, रोजगार र स्वास्थ्यको व्यवस्थासँगै नीति निर्माण तहमा पहुँच अभिवृद्धि गरी आर्थिकरूपमा आत्मनिर्भर बनाइनुपर्ने बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies