Khabar Dabali Logo
  January 23, Thu

अनलाइनको सामान खरिद गर्दै हुनुहुन्छ ? यसरी ठगीनुहुन्छ तपाई

काठमाडौं । पछिल्लो समयमा अनलाइन विज्ञापन आउने र अनलाइनबाटै सामान बुक हुने क्रम बढ्दो छ । व्यस्तताका कारण मानिसले फेसबुकमा देखिएको विज्ञानपका आधारमा अनलाइनबाटै सामान किन्ने गरेका छन् । आजकाल घरजग्गा कारोवार, सवारीसाधन तथा विभिन्न सौन्दर्य सामग्री, लत्ताकपडादेखि खानेकुरा अनलाइनबाट बुक हुन्छ र घरमै आपूर्ति हुन्छ ।

यसरी सामान खरिदमा विचार पु¥याइएन भने ठगिन सक्ने प्रवल सम्भावना छ । यस्तै एउटा घटना काठमाडौँमा सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा देखिएको अनलाइन विज्ञापनबाट सम्पर्कमा आएका व्यक्तिलाई अमेरिकाबाट ल्याइएको आइफोन, ल्यापटप, मोबाइल, क्यामरा, घडी र शृङ्गारलगायतका सामान सस्तो मूल्यमा दिने भनेर ठगी गरेको खुल्न आएको छ ।

महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले यसरी विज्ञापन गरेर केही व्यक्तिले लाखौँ ठगी गरेको खुल्न आएको जानकारी दिए । अनलाइनबाट सम्पर्कमा आएका उपभोक्तालाई ठगी गरेको भन्ने सूचना आएपछि महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार दुई जनालाई भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोकगढी घर भई भक्तपुर बस्ने अमिर थापा र भक्तपुर कमलविनायकका अमन अवाल रहेको महाशाखाले जनाएको छ ।

एक महिनाको अवधिमा उनीहरुले सर्वसाधारणबाट रु आठ लाख बढी ठगी गरेको खुल्न आएको र उनीहरुको विषयमा थप अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसरलाई बुभाइएको महाशाखाले जनाएको छ । यस्ता शङ्कास्पद गतिविधि देखिएमा प्रहरीलाई खबर गर्नसमेत महाशाखाले अनुरोध गरेको छ ।

मंसिर १७ गते, २०७६ - १३:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश एकमा नेकपाकाले बाजी मारो

माघ ९ काठमान्डौ,राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश एकमा नेकपाले बाजीमारेको छ । आज भएको मतदानमा...   

राष्ट्रियसभा सदस्यमा नेकपाका राधेश्याम पासमान विजयी

माघ ९ काठकमन्डौ, प्रदेश २ मा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमाराधेश्यम पासवान विजय भएका...   

२० जना यात्रु सवार डु्ङ्गा पल्टिदा दश जना वेपत्ता

जाकार्ता । इन्डोनेसियाको पश्चिमी भू–भागमा पर्ने प्रान्तमा रियाउ २० जना यात्रु सवार रहेको एक डुङ्गा...   

मुद्दाको सुनुवाई चलिरहेका बेला अदालतलाई छलेर भारततीर भागे सिद्धबाबा

विराटनगर । बलात्कार आरोपी सिद्धबाबा कृष्णबहादुर गिरी भारत भागेका छन् । उच्च अदालत विराटनगरमा आफू...   
अमेरिका पुगेकी उपमेयर दन्ता नेपाली उतै लुकिन्

अमेरिका पुगेकी उपमेयर दन्ता नेपाली उतै लुकिन्

कालिकोट । कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली दर्शना सम्पर्कविहीन भएकी छन् । कार्यालयलाई...   

पर्यटनमा निजी क्षेत्रको लगानी आवश्यक : नेता पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमख देवेन्द्र...   
राष्ट्रियसभा निर्वाचनः कुन प्रदेशमा कति मत खस्यो ?

राष्ट्रियसभा निर्वाचनः कुन प्रदेशमा कति मत खस्यो ?

कास्की । राष्ट्रियसभा सदस्य निर्वाचन २०७६ अन्तर्गत गण्डकी प्रदेशमा मतदान जारी रहेको छ । आज बिहान १०ः००...   
अमेरिका हिँडेका दुई हजार बढी व्यक्ति पक्राउ

अमेरिका हिँडेका दुई हजार बढी व्यक्ति पक्राउ

मेक्सिको सिटी । मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका...   

सुन्नै मुस्किल हुटिट्याउँको ट्याउँ ट्याउँ

पोखरा । तालैतालको शहर हो पोखरा । यहाँका नौ वटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने...   
राष्ट्रियसभा निर्वाचनः ८० प्रतिशत मत खस्यो

राष्ट्रियसभा निर्वाचनः ८० प्रतिशत मत खस्यो

काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top