Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सागमा आज पन्ध्र खेल, थाहा पाउनुहोस् कुन खेल कहाँ हुदैछ ?

काठमाडौं । नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३ अाैं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, गल्फ, कराते, खोखो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन र उसु खेलमा प्रतिस्पर्धा हुँदैछ । ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुनेछ भने बाँकी खेल काठमाडौँमा हुनेछ ।

भलिबल– सागअन्तर्गत आज महिला र पुरुष दुवैतर्फको फाइनल खेल हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा हुने खेलमा महिलातर्फ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुँदैछ । नेपालले शनिबार भएको सेमिफाइनल खेलमा साविक उपविजेता श्रीलङ्कालाई ३–० ले लगातार पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपाल दक्षिण एशियालीस्तरको सागको फाइनलमा प्रवेश गरेको यो नै पहिलो पटक हो । यसअघि नेपालले सागमा तीन पटक कास्य पदकमा जितेको थियो ।

नेपाली टोलीका कप्तान अरुणा शाहीले फाइनलमा भारतविरुद्ध स्वर्ण जित्नकै लागि खेल्ने बताए । उनले भने, “हामीले फाइनल पुगेर इतिहास त रचेका छौँ तर हाम्रो लक्ष्य स्वर्ण जित्ने हो । त्यसका लागि हामीले तयारी गरेका छौँ । शाहीकै कप्तानीमा नेपालले केही साताअघि बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जितेको थियो । खेल अपराह्न ४ बजे शुरु हुनेछ । त्यस्तै पुरुषतर्फको भलिबलको फाइनलमा भारत र पाकिस्तान भिड्नेछन् । खेल अपराह्न १ बजे हुनेछ ।

फुटबल– त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज पुरुष फुटबलमा दुई खेल हुनेछ । यसमा नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ । उक्त खेल अपराह्न १ बजे हुनेछ । त्यस्तै अर्को खेलमा बङ्गलादेश र माल्दिभ्स भिड्नेछन् । उक्त खेल अपराह्न ५ बजे हुनेछ । राउण्ड रोबिनका आधारमा हुने खेलका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।

क्रिकेट– साग क्रिकेटअन्तर्गत पुरुषतर्फको खेलमा नेपालले टेष्ट राष्ट्र श्रीलङ्काको यू–२३ टोलीसँग खेल्दै छ । खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । त्यस्तै पोखरामा हुने महिला क्रिकेटमा श्रीलङ्का र बङ्गलादेशबीच खेल हुनेछ ।

उसु– आजदेखि शुरु हुने उसु खेल लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा हुनेछ । थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ । आज नेपालले २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।

सुटिङ– सुटिङ खेल पनि आजैदेखि शुरु हुँदैछ । सातदोबाटोस्थित सुटिङ हलमा हुने खेलमा नेपालको महिला टोलीले दुई खेलमा प्रतिस्पर्धा गर्नेछन् । पुरुष टोलीले ५० मिटर थ्री पोजिशन तथा २५ मिटर सेन्टर फायरमा सहभागी जनाउँदै छ । सुटिङतर्फ नेपालले पाँच स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।

तेक्वान्दो– सोमबारदेखि शुरु भएको तेक्वान्दो खेलमा आज चार स्वर्ण पदकका लागि भिडन्त हुँदैछ । ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा हुने खेलमा गेरुगीतर्फ चार स्वर्ण पदकका लागि भिडन्त हुनेछ । आज पुरुषको ५४ केजी र ६८ तथा महिलाको ४६ केजी र ५७ केजी स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपालले सोमबार पुम्सेमा सात स्वर्ण पदक जितेको थियो । त्यस्तै ५४ केजीमा मनोज मल्ल र ६८ केजीमा वीरबहादुर महराले नेपालको चुनौती पेश गर्नेछन् । महिलाको ४६ मा काजल श्रेष्ठ तथा ५७ केजीमा निमा गुरुङले खेल्नेछन् ।

एथ्लेटिक्स– यसमा सात स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । खेल दशरथ रङ्गशालामा हुनेछ । खेल तालिकानुसार १०० मिटर पुरुष र महिला स्पर्धाको हिट चरणको खेल हुनेछ । यस्तै हाइजम्पको महिला र पुरुष, १५ सय मिटर दौडको पुरुष र महिला र १०० मिटर दौडको पुरुष महिलाको फाइनल खेल हुनेछ । त्यस्तै १० हजार मिटर पुरुषको फाइनल खेल पनि आजै हुनेछ ।

खोखो– खोखोतर्फ आज सेमिफाइनलको खेल हुनेछ । सेमिफाइनलमा भारतले श्रीलङ्का तथा नेपालले बङ्गलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

कराते– सागअन्तर्गत करातेमा सोमबार सात स्वर्ण जितेको नेपालले आज विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकूद परिसरमा रहेको कराते हलमा हुनेछ ।

गल्फ– गोकर्ण फरेस्ट गल्फ क्लबमा आजदेखि शुरु हुने पुरुष व्यक्तिगततर्फ नेपाल, बङ्गलादेश, श्रीलङ्का र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बङ्गलादेश र श्रीलङ्का गरी तीन देशको मात्र सहभागिता छ ।

टेबलटेनिस– सोमबारदेखि शुरु भएको टेबलटेनिसका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

टेनिस– सातदोबाटोस्थित टेनिस कोर्टमा हुने खेलमा टिम इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन् । पुरुषमा नेपालले भारतसँग खेल्नेछ । भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको हो । महिला टिम इभेन्टमा नेपाल र श्रीलङ्का सेमिफाइनलमा पुगेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies