



वैज्ञानिकले विकास गरे नकुहिने स्याउ, खेति गर्न लाईसेन्स लिनुपर्ने




- मंसिर १६ गते, २०७६ - २१:१४

काठमाडौं । दुई दशक लगाएर विकास गरिएको र एक वर्षसम्म फ्रिजमा राख्दा नबिग्रने नयाँ प्रजातिको स्याउको बिक्री आइतवारदेखि अमेरिकामा सुरु भएको छ। कस्मिक क्रिस्प नाम दिइएको स्याउको वाशिङ्टन स्टेट विश्वविद्यालयमा सन् १९९७ मा पहिलो पटक खेती गरिएको थियो।
‘दह्रो, कुरकुरे र रसिलो स्याउ’ प्रवर्द्धन गर्न एक करोड अमेरिकी डलर खर्च लागेको बताइएको छ। वाशिङ्टन राज्यका कृषकहरूलाई आगामी एक दशकसम्म सो स्याउ उत्पादन गर्न विशेष अनुमति दिइएको छ।
लिची र अन्य फलफूल ढुक्क भएर खाने कि नखाने ?
उक्त स्याउको विकास कार्यक्रमको सह(नेतृत्वकर्ता केट इभान्सले भनिन्, ‘यो कुरकुरे स्याउ हो र यो अन्य प्रकारका स्याउभन्दा दह्रो पनि छ, यसमा गुलियो र अमिलो ठिक्क मिलेको छ र यो असाध्यै रसिलो छ।’
उनले सो स्याउको गुदी अति बिस्तारै खैरो हुने र फ्रिजमा राख्दा १० देखि १२ महिनासम्म खानयोग्य अवस्थामा रहने बताइन्।
स्याउको मूल्य
अहिलेसम्म कस्मिक क्रिस्प स्याउका एक करोड २० लाख रुख रोपिएका छन्। यसको खेतीका लागि लागु गरिएको कडा लाइसेन्स प्रणालीका कारण हाललाई यो अन्यत्र खेती गर्न सकिँदैन्। यो जातको स्याउलाई पहिले डब्ल्यूए ३८ भनिए पनि यसको गाढा रातो बोक्रामा ससाना सेता थोप्लाहरू भएका कारण यसलाई कस्मिक क्रिस्प नाम दिइएको हो।
वाशिङ्टन अमेरिकी बजारमा सबैभन्दा धेरै स्याउ पठाउने राज्य हो तर यसको सबैभन्दा प्रसिद्ध गोल्डेन डेलिसिअस र रेड डेलिसिअस जातलाई पिङ्क लेडी र रोयल गाला जातले कडा टक्कर दिने गरेका छन्।
अमेरिकामा केरापछि सबैभन्दा बढी बिक्री हुने फल स्याउ हो। उक्त प्रजातिको स्याउको मूल्य प्रति गोटा करिब १० डलर तोकिएको समाचारहरूमा जनाइएको छ। (बिबिसीबाट)

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री
काठमाडौं । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज...टेलिकमले कर्णाली र सुदुर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्ने
काठमाडौं । कर्णाली र सु्दुर पश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माण गर्न नेपाल टेलिकम र दूरसञ्चार...इराकमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान दिन नेपालका लागि इराकी राजदुतलाई गृहमन्त्रीको आग्रह
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले इराकमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान दिन नेपालका...प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुँदै
काठमाडौं । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि प्रधानमन्त्री केपि शर्मा ओलीलाई आजै अस्पतालबाट डिस्चार्ज...क्यानडाका प्रधानमन्त्रीले ट्रम्पको मजाक उडाएपछि…
काठमाडौं । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोका बीच भएको विवाद...भारतको प्रष्ट रणनीति : सके एकैपटक, नसके किस्ताबन्दीमा भएपनि नेपाललाई गाभ्ने
भारतद्वारा प्रकाशित नयाँ नक्साबाट भारतको साम्राज्यवादी चरित्र नाङ्गो रूपमा अगाडि आएको छ । उक्त नक्सामा...काठमाडाैं उपत्यकामा चिसाे बढ्याे, न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियससम्म
काठमाडाैं । बिहीबार बिहान काठमाडाैं उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ ।...पाकिस्तानमा महंगाई नियन्त्रण बाहिर, एक केजी टमाटरको मुल्य ३०० रुपये
काठमाडौं । पाकिस्तानमा पछिल्लो समय महंगाई अत्याधिक बढेको छ । दैनिक उपभोग्य वस्तुहरुमा महंगाई ३ सय...टेलिकमले ल्यायाे ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’ प्याकेज
काठमाडाैं । नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राख्दै भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप...वाट्सएपबाट सस्तोमा सामान दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल वाट्सएपबाट सस्तोमा सामान मगाईदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले...

