Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

बढ्दै गए स्वास्थ्य सेवा लिँने एचआइभी सङ्क्रमित

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा तीन हजार ६० जनाले एचआइभी सङ्क्रमित औषधि सेवा र नियमित स्वास्थ्यजाँच गराइरहेका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका तथ्याङ्क सहायक धर्मानन्द गिरीले सरकारले स्थापना गरेका ‘एआरटी’ सेवा केन्द्रबाट औषधि सेवन तथा स्वास्थ्यप्रति ख्याल राख्ने सङ्क्रमित बढ्दै गइरहेको जानकारी दिए ।

“सुदूरपश्चिमका नौ जिल्लामै एआरटी सेवा केन्द्रबाट हामीले विगतदेखि स्वास्थ्यसेवा दिइरहेका छौं”, तथ्याङ्क सहायक गिरीले भने, “यहाँ १६ वटा एआरटी सेवा केन्द्रबाट सङ्क्रमितलाई सुविधा दिइएको छ ।” निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलालीमा एक हजार ३४५ सङ्क्रमितले नियमित स्वास्थ्य सेवा लिइरहेका छन ।

त्यसैगरी अछाममा ६४२, डोटीमा ५१५, कञ्चनपुरमा ३०७, बैतडीमा १०६, डडेल्धुरामा ९१, बझाङमा ६७, बाजुरामा ५५ र दार्चुलामा ३२ जना सङ्क्रमित नियमित सम्र्पकमा रहेर निःशुल्क स्वास्थ्य सेवा लिइरहेको गिरीले बताए । “प्रादेशिक अस्पतालदेखि अञ्चल, जिल्ला अस्पताल हुँदै केही जिल्लामा स्वास्थ्य केन्द्रसम्म एआरटी शाखा स्थापना गरेर सेवा दिइरहेका छौं”, उनले भने, “यहाँ औषधि, सबैखालको निःशुल्क जाँचदेखि आर्थिक अवस्था कमजोर भएकालाई आवतजावतका लागि गाडी भाडाको प्रवन्ध गरिएको छ ।”

त्यसैगरी गतवर्ष यहाँका जिल्लामा गर्भवती महिलाको स्वास्थ्य जाँचका क्रममा एचआइभी परीक्षण गर्दा अछाम, कञ्चनपुर र डडेल्धुरामा ६ महिलामा यसको सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालमा रहेको एआरटी शाखा प्रमुख नन्दराम भट्टले नियमित स्वास्थ्यप्रति ख्याल गर्ने सङ्क्रमित बढिरहेको बताए ।

“यसको सङ्क्रमण हुँदा मान्छे मरिहाल्छ भन्ने गलत अपवाह छ”, उनले भने,“औषधिको नियमित सेवा र स्वास्थ्यसेवा लिँदा केही पनि हुदैन ।” पछिल्लो समय सङ्क्रमित खुलेर स्वास्थ्य संस्थामा आएर सेवा लिइरहेको भट्टको भनाइ छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies