Khabar Dabali Logo
  August 13, Thu

पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

गलकोट । बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’का नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विकासमा पछाडि परेको पश्चिम क्षेत्रको समृद्धिका लागि आफूले काम गर्ने बताएका छन् । निर्वाचित भइसकेपछि प्रदेशसभा सदस्य शाहीले पत्रकारलाई प्रतिक्रिया दिँदै आफूले स्वर्गीय टेकबहादुरले देखेको पश्चिम बागलुङको समृद्धि आफूले पूरा गर्ने बताएका हुन् ।

शाहीले मुलुकको समृद्धि र स्थायित्वका लागि प्रदेशसभादेखि जिल्लासम्म सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । उपनिर्वाचनमा विजयी भएपछि राससँग प्रतिक्रिया दिँदै जीतले आफूलाई खुशी र जिम्मेवार दुवै बनाएको बताए । “जनताका आधारभूत आवश्यकतासँगै विकासका लागि काम गर्छु”, शाहीले भने, “विकासमा पछाडि परेको यस क्षेत्रलाई आफ्नो कार्यकालमा केही राहतको महसुस गराउनेछु ।”

जिल्लाको पश्चिममा रहेको आफ्नो क्षेत्र अवसर र विकासबाट पछाडि परेकाले त्यसका लागिसमेत यथेष्ट पहल र भूमिका खेल्ने उनको भनाइ थियो । उनले देशकै एकमात्र सिकार आरक्षलाई नमूना पर्यटकीय गन्तव्य बनाउने भन्दै पश्चिम क्षेत्र विकट भए पनि पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना रहेको बताए । “जनताले दिएको मतको सधैँ कदर गर्नेछु, जनताको सेवामा समर्पित हुनेछु”, सांसद शाहीले भने ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले नेपाली काँग्रेसका उम्मेदवार जीत शेरचनलाई दुई हजार ९७ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । शाहीले ११ हजार २३५ मत प्राप्त गर्नुभएको छ भने शेरचनले नौ हजार १३८ मत प्राप्त गरेका थिए ।

ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका रहेको यस क्षेत्रको उपनिर्वाचनमा शुरुआतमा तीव्र प्रतिस्पर्धा भए पनि अन्ततः मतान्तर फराकिलो बन्दै गएको थियो । उपनिर्वाचनमा विभिन्न असन्तुष्टि र अप्ठ्याराका बीच जीत निकाल्न सफल भएको नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताए । निसीखोला गाउँपालिकाबाट बाम गठबन्धनले चार हजार ८०६ मत प्राप्त गरेको छ भने काँग्रेसले तीन हजार २८२ मत प्राप्त गर्यो । यहाँ काँग्रेसको भन्दा बाम गठबन्धनको एक हजार ५२४ मत बढी आएको छ । तर ढोरपाटनमा एक हजार ५०० देखि दुई हजारभन्दा बढीको अन्तर पर्ने आङ्कलन गरिएकामा जम्मा ९६५ मात्र बढी मत आएको छ । बामले गिलासमा चार हजार ५७० मत प्राप्त गर्दा काँग्रेसका शेरचनले तीन हजार ६०५ मत प्राप्त गरेका छन् । ढोरपाटनमा काँग्रेसले राम्रो मत ल्याए पनि तमानमा भने ठूलो मात्रामा अन्तर पार्ने मत ल्याउन सकेन । बाम गठबन्धनले एक हजार ८५९ मत प्राप्त गर्दा काँग्रेसले दुई हजार २५१ मत प्राप्त गरेको छ ।

यस क्षेत्रमा २०७४ सालको प्रदेशसभा निर्वाचनमा साबिकको नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा बामगठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११ हजार ८८४ मत प्राप्त गरी विजयी भएका थिए । त्यसबेला पनि घर्तीका प्रत्याशी रहेका काँग्रेसका शेरचनले आठ हजार ६६४ मत प्राप्त गरेका थिए। उक्त चुनावमा तीन हजार २६० मतको अन्तर थियो । यो अन्तर अहिले एक हजारभन्दा बढीले घटेको छ । सांसद घर्तीको असामयिक निधन भएपछि यस क्षेत्रमा उपचुनाव भएको हो । उपनिर्वाचनमा आठ राजनीतिक दल र दुई स्वतन्त्र गरी १० उम्मेदवार चुनावी मैदानमा थिए ।

मंसिर १६ गते, २०७६ - १२:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पछिल्लो २४ घण्टामा ४८४ मा कोरोना संक्रमण : ६ को मृत्यु, ६४ डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४८४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा...   
रञ्जन कोइरालाका लागि अदालतको ढोकामा ताला लाग्यो !

रञ्जन कोइरालाका लागि अदालतको ढोकामा ताला लाग्यो !

काठमाडौं: अघिल्लो विहीबार दिउँसो १२ बजे भर्खरै जेलबाट छुटेका पूर्वडिआइजी रन्जन कोइरालाका पुत्रद्वय...   
मृत्युको साता दिनपछि कोरोना पुष्टिः एक हजार मलामी सक्रमणको जोखिममा

मृत्युको साता दिनपछि कोरोना पुष्टिः एक हजार मलामी सक्रमणको जोखिममा

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–४ पलाँती निवासी पूर्वमन्त्री मोहनबहादुर बस्नेतका ८४ वर्षीय...   

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । बुधबार बिहान १० बजेसम्म ललितपुरमा...   

किष्ट र पाटनमा गरी कोरोनाका कारण दुइजनाको मृत्यु

काठमाडौं । मंगलबार राति कोरोना सक्रमणका कारण किष्ट अस्पताल ललितपुरमा एक महिलाको मृत्यु भएको छ । काठमाडौं...   

धितोपत्र बजार : आज नेप्सेमा सामान्य गिरावट

काठमाडौ । धितोपत्र बजारमा सोमबार ३७ अङ्कले वृद्धि भएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो...   

रुसका राष्ट्रपति पुटिनद्वारा कोरोना खोप बनाएको घोषणा

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोनाको खोप बनाएको घोषणा गरेका छन् । उनले मंगलबार...   
डोटीमा घर भत्किदा एकै परिवारका ४ को मृत्यु

डोटीमा घर भत्किदा एकै परिवारका ४ को मृत्यु

फाइल फाेटाे काठमाडौं । डोटीको आदर्श पाउँपालिका १ बाँझककानीमा एउटा घर भत्किदा परिवारका ४ जनाको मृत्यु...   

कोरोना पुष्टि भएका १२ जना सम्पर्क विहीन

राँझा । बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन भएका छन् । सम्पर्कविहीन...   

सोमबार ३३८ जनामा कोरोना संक्रमण

काठमाडौं । सोमबार थप ३३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top