Khabar Dabali Logo
  December 8, Sun

अस्पतालमा मृतक श्रीमती छाडेर पति बेपत्ता

उदयपुर । आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भएसके पनि अझै बेपत्ता छन् ।

जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४ का बुढाथोकीले २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि जिल्ला अस्पताल बोक्से लगेका थिए । श्रीमतीको रगतमा हेमोग्लोबिन कम भई प्रसूति गराउन खतरा रहेकाले जिल्ला बाहिर लान अथवा छिटो रगत लिएर आउन चिकित्सकले सल्लाह दिएपछि खर्च खोज्न हिँडेका बुढाथोकी अझैसम्म नआएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डा विजय मेहताले बताए ।

बुढाथोकी र निजका आफन्तको खोजीमा प्रहरी र अस्पतालका सबै कर्मचारी लागेको अस्पतालका कर्मचारी बताउँछन् । आइतबार बेलुकी मात्र मृतक खोटाङ जिल्ला दिक्तेल मझुवागढी रुपाकोट नगरपालिका दिक्तेलका टङ्कप्रसाद आचार्यकी छोरी भएको खुलेको छ ।

गाईघाट डिएम गेटका कृष्ण राईका अनुसार अनुसार सो दम्पती त्रियुगा नगरपालिका १२ डिएमगेटको एक घरमा डेरा लिएर बस्दै आएको थियो । भागी बिहे गरेको र श्रीमान्ले श्रीमतीलाई कोठामा राखेर श्रीमान् अन्यत्र बस्ने गरेका कारण स्थानीय छिमेकीले समेत दुवैका बारेमा राम्ररी जानकारी नभएको बताउँछन् ।

नाम थर ठेगानासमेत लुकाएर दुवै गाईघाट बस्दै आएका थिए । प्रेम बुढाथोकी बताउनेले आफ्नो नाम थर र ठेगाना ढाँट्ने गरेका कारण सबै कुरा खुल्न नसकेको डिएमगेटका बासिन्दाको भनाइ छ । मृतक सुस्मिता भनिने सुष्मा आचार्य भने टङ्प्रसादकी छोरी भएको खुल्न आएको कारण उनका बुबालाई खबर गरेर बोलाइएको जिल्ला अस्पतालका प्रमुख डा मेहताले बताए ।

मंसिर १६ गते, २०७६ - १६:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनामा अटो दुर्घटनामा : पाँच जनाको मृत्यु नामावलीसहित

चितवन । राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत...   

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आइतबारको लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६१ पैसा र बिक्रीदर...   

धमाधम भत्काइँदै प्रधानमन्त्रीनिवास, प्रधानमन्त्रीलाई मुख्यसचिव निवासमा सारियो

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालिएको छ । सहरी विकास तथा भवन निर्माण...   

इटहरीको सूर्य कम्प्लेक्समा भीषण आगलागी

इटहरी । गएराती इटहरीको मुख्य चोकमा रहेको बिग बार होटलमा भिषण आगलागी भएको छ। सूर्य कम्प्लेक्सको चौथो...   

आठ एसपी र २१ डिएसपीको सरुवा, काे कहाँ ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आठ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डिएसपी)को काज...   

साताको शेयर बजार : एक अर्ब २७ करोडको कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालोको यात्रामा देखिएको छ । शेयर...   
साग पुरुष फुटबल : नेपालद्वारा माल्दिभ्स २–१ गोलले पराजित

साग पुरुष फुटबल : नेपालद्वारा माल्दिभ्स २–१ गोलले पराजित

काठमाडाैं । यहाँ जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई...   
आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्…

आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्…

काठमाडौं । प्रसव पिडामा छटपटिएर सडकमा सुतिरहेकी छिन् मनोरोगी महिला । छेउछाउमा गाउँले तथा मगन्तेको...   
म कार्यकारीसहितको शक्तिशाली संस्थामा रहन चाहन्छु : नेता गौतम (अन्तर्वाता)

म कार्यकारीसहितको शक्तिशाली संस्थामा रहन चाहन्छु : नेता गौतम (अन्तर्वाता)

काठमाडौं । नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय...   
सैनिक कारबाहीमा परी २८ लडाकू मारिए

सैनिक कारबाहीमा परी २८ लडाकू मारिए

बुर्किना फासो । बुर्किना फासोको सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २८ आतङ्कवादी मारिएका छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top