Khabar Dabali Logo
  August 3, Mon

चितवनमा उपनिर्वाचन : यस्तो छ तयारी

चितवन । जिल्लाका तीन वडामा हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । यही मङ्सिर १४ गते भरतपुर महानगरपालिका–१६, खैरहनी नगरपालिका–४ र ५ को वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृत आज निर्वाचन केन्द्रमा खटिएका छन् । कूल ७५ जना कर्मचारी छनोट भई केन्द्रमा खटिँदै छन् । ती सबैले प्रशिक्षण लिइसकेका छन् । मतदान अधिकृतले निर्वाचन केन्द्रमा आवश्यक थप ६० जना स्वयंसेवक नियुक्त गर्ने छन् ।

मतदान केन्द्रमा आज निर्वाचनसम्बन्धी जानकारीको सूचना टाँस गरिने छ । ढकालले बिहीबार र शुक्रबार केन्द्रबाट मतदाता परिचयपत्र वितरण गरिने छ भने सर्वदलीय बैठक बसेर आवश्यक निर्णय गरिने जानकारी दिए।

जिल्लाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत हेमन्त रावल नियुक्त हुनुभएको छ । उहाँले भरतपुर महानगरपालिका–१६ को निर्वाचनसमेत र्हेनेछन् । खैरहनीका लागि निर्वाचन अधिकृत विद्याराज पौडेल नियुक्त भएका छन् ।

निर्वाचन क्षेत्रका लागि सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

जिल्लामा ६ वटा मतदानस्थल र १५ वटा केन्द्र तय गरिएको छ । भरतपुर महानगरपालिका–१६ मा ८ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं– ५ मा दुई हजार १११ मतदाता रहेका छन् ।

तीन वटा वडामा पाँच राजनीतिक दलका १३ उम्मेदवार चुनावी मैदानमा छन् ।

मंसिर ११ गते, २०७६ - १२:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको...   

कोरोना संक्रमितको संख्या बढ्दै, २४ घण्टाको अवधिमा ४१८ जनामा कोरोना पुष्टि

काठमाडौं । सोमबार थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यससँगै नेपालमा कुल संक्रमितको संख्या...   

नेप्सेमा सामान्य सुधार

काठमाडौं । साताको पहिलो दिन उच्च अङ्कको गिरावट आएको धितोपत्र बजारमा आज भने सामान्य सुधार देखिएको छ...   

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा त्रुटिनै त्रुटि, भित्रबाट हुनुपर्ने ढोका बाहिरबाट राख्दा दुर्घटना

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी...   

१५१ स्थानीय तहले अझै बजेटको विवरण पठाएनन्

काठमाडौं । एक सय ५१ स्थानीय तहले अझै पनि पेश गरेको बजेट विवरण पठाएका छैनन् । सङ्घीय मामिला तथा सामान्य...   

एसिड आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई...   

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

काठमाडौं । बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका...   

क्रिकेट खेलाडी सन्दीप लामिछाने १४ दिन क्वारेन्टिनमा

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट...   

तनहुँको गाईमा देखियो नयाँ भाइरस

तनहुँ । तनहुँ जिल्लाका गाईमा नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । व्यास नगरपालिका–११ फराकचौरका कृष्ण...   

अर्को निर्णय नभएसम्म विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रह

बनेपा । शिक्षा विकास तथा समन्वय इकाइ धुलिखेल काभ्रेपलाञ्चोकले अर्को निर्णय नभएसम्मका लागि जिल्लाका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top