Khabar Dabali Logo
  January 28, Tue

एनसेलले गर्यो ‘रिचार्जमा चमत्कार’ योजना सार्वजनिक, भाग्यशालीले १० लाखसम्म जित्नसक्ने

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’को बारेमा जानकारी सार्वजनिक गर्दै एक टिभी कार्यक्रम र आफ्नो फेसबुक पेज मार्फत पाँच भाग्यशाली कोडहरुको घोषणा गरेको छ ।

यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बर बाहक एनसेल ग्राहकले जनही २ लाख नगद पुरस्कार जितेका छन् । आफ्नो ग्राहक लोयल्टी योजनाअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ गतेदेखि संचालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख र प्रत्येक महिना १० लाख जित्ने मौका पाउँछन् ।

योजनाको पहिलो हप्ता (मंसिर १–७) का विजेता ग्राहकहरुलाई एनसेलले शुक्रबार (मंसिर १३) भित्र पुरस्कार रकम हस्तान्तरण गर्नेछ । एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १०० वा यस भन्दा बढिको रिचार्ज गरि साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् ।

आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ । ग्राहकहरुले १०० वा त्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक १०० बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले ३५० रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले ५०० रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् ।

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ । एनसेलले आफ्ना ग्राहकहरुका लागि ग्राहक लोयल्टी कार्यक्रम अन्तर्गत यो आकर्षक योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको जनाएको छ ।

यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेज मार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ । आवश्यक प्रक्रिया पुर्याई प्रत्येक हप्ताको शुक्रबार भित्र अघिल्लो हप्ताका विजयीहरुलाई नगद पुरस्कार हस्तान्तरण हुनेछ ।

मंसिर १० गते, २०७६ - १२:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लाहोरमा ग्यास सिलिन्डर विस्फोट, १२ को मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तरपूर्वमा रहेको लाहोर सहरमा ग्यास विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु...   
प्रोभिडेन्ट मर्चेन्टको छैठौं साधारणसभा, चुक्तापूँजी १० करोड पुर्याइने

प्रोभिडेन्ट मर्चेन्टको छैठौं साधारणसभा, चुक्तापूँजी १० करोड पुर्याइने

काठमाडौं । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौं साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय...   
रिचार्जरमा सिनेमाको टिकट काट्दा २२० रुपैंयाँ नगद फिर्ता अफर

रिचार्जरमा सिनेमाको टिकट काट्दा २२० रुपैंयाँ नगद फिर्ता अफर

काठमाडौं । जनवरी २० देखि बिगसेल मेला सञ्चालक गरिरहेको मोबाइल एप रिचार्जरले एफक्युब सिनेमाको टिकटमा...   

सभामुख सापकोटालाई प्रधानमन्त्री ओलीको आग्रह : सहमतिबाटै संसद चलाउनुस्, पूर्ण सहयोग रहनेछ

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले सहमतिबाटै संसद चलाउन नवनियुक्त सभामुख अग्नीप्रसाद सापकोटालाई...   

निर्भया हत्या मुद्दा : फाँसीको दोस्रो रिहर्सल, चारै जना दोषीको डमीलाई दिइयो फाँसी

काठमाडौं । निर्भया हत्या मुद्दाका दोषीलाई दिइने फाँसीको प्रक्रिया तिव्र रुपमा अगाडि बढाइएको छ । भारतीय...   
‘प्रचण्ड ‘किङ्ग मेकर’ बन्ने अवस्था तयार हुँदैछ’

‘प्रचण्ड ‘किङ्ग मेकर’ बन्ने अवस्था तयार हुँदैछ’

काठमाडाैं । पार्टी एकता भएको लामो समयपछि सत्तारुढ दल नेकपाको केन्द्रिय समिति बैठक माघ १५ गते बस्दै...   
बन्चरेलाई दुहुनो गाई बनाउन खोज्नेको नाम सार्वजनिक गर्छु : मन्त्री मानन्धर

बन्चरेलाई दुहुनो गाई बनाउन खोज्नेको नाम सार्वजनिक गर्छु : मन्त्री मानन्धर

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणधिन बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट...   
सपथग्रहण लगत्तै सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेट, के भयो कुुराकानी ?

सपथग्रहण लगत्तै सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेट, के भयो कुुराकानी ?

काठमाडौं । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छीबीच भेटवार्ता...   
एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप विराटनगरमा उद्घाटन

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप विराटनगरमा उद्घाटन

काठमाडौं । सि.जी.इलेक्ट्रोनिक्सको १८ औं शोरुम तथा एल.जी.को ८ औं नयाँ प्रिमियम ब्राण्डशप विराटनगरमा...   

एमसीसी सम्झौता जस्ताको तस्तै अनुमोदन गर्न हुँदैन् : साझा पार्टी

काठमाडौं । साझा पार्टीले एमसीसी सम्झौता जस्ताको तस्तै अनुमोदन गर्न नहुने बताएको छ । एमसीसी सम्झौताबारे...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top