Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

मेडिकल कलेजको दादागिरी, अविभावकसँग ब्ल्याकमेलिङ गर्दै अर्बौ रुपयाँ ठगी

काठमाडौं । विद्यालय शिक्षा अध्ययन पूरा गरेपछि उच्च शिक्षा अध्ययनको लागि विद्यार्थीहरुको पहिलो रोजाइ हुन्छ, चिकित्सा शिक्षा अध्ययन गर्ने । अविभावकले ठुलै मेहनत, परिश्रम जायजेथा बेचेर भएपनि आफ्ना छोराछारीलाई डाक्टर बनाउने सपना बोकेका हुन्छन् । ठुलो भएपछि डक्टर बन्ने र बिरामीको सेवा गर्ने अभिलाषा बोकी उच्च शिक्षा अध्ययनको लागि विद्यार्थीहरु देशभर विभिन्न मेडिकल कलेजमा अध्ययनर छन् ।

समाजमा मान, प्रतिष्ठा र छोराछोरीको भविष्यको मिठो कल्पनामा आफुलाई करोडौं श्रृणको भारीले थिचेको तीनै विद्यार्थीका अविभावकलाई पत्तै हुँदैन । आज त्यहि सबैको पहिलो रोजाइको विषय अध्ययन गर्ने चिकित्सा विज्ञान क्षेत्र स्तब्ध रहेको छ । मेडिकल माफियाका कारण चिकित्सा शिक्षा लगनशील, मेहेनती र क्षमतावान विद्यार्थीभन्दा दौलत हुनेको पहुँचमा खुम्चिएको छ । यसैलाई मेडिकल कलेज संचालकले कमाई खाने थलो बनाएका छन् ।

ब्ल्याकमेलिङ गर्दै अविभावक–विद्यार्थी धम्क्याउँदै

चिकित्सा शिक्षा अध्ययनको लागि सरकारले तोकेको मापदण्ड विपरित निजी मेडिकल कलेज संचालनकले चर्को मूल्य असुल गरेको आरोप लगाउँदै देशभर विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरु गत भदौदेखि पठनपाठन ठप्प पारी संचालकविरुद्ध सडकमा उत्रिएका छन् । चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत एक विद्यार्थीको अनुसार मेडिकल संचालकले विद्यार्थी र अविभावकसँग इमोसनल ब्ल्याकमेलिङगर्दै डर, धाक, धम्कि दिएर अविभावकसँग ब्याजसमेत असुल गर्दै आएको गुनासो पोखेका छन् । संचालकले प्रति विद्यार्थीबाट सात लाखदेखि २२ लाखसम्म अतिरिक्त शुल्क असुल गर्दै आएको आरोप लगाएका छन् ।

विभिन्न शिर्षकमा विद्यार्थीबाट अर्बौ रुपयाँ ठगी

यस्तै,मेडिकल कलेजले विद्यार्थी र अविभावमाथि चरम आर्थिक शोषण भएको सार्वजनिक भएपछि उजुरिको आधारमा राष्ट्रिय सर्तकता केन्द्रले निजी क्षेत्रमा संचालित १२ मेडिकल कलेजलाई छानविनको दायरामा ल्याएको थियो । सुक्ष्म अध्ययन र अनुसन्धानपछि केन्द्रले अतिरिक्त शुल्कको नाम १२ मेडिकल कलेजले अर्वौ रकम ठगि गरेको प्रमाण सहित सम्बन्धित मेडिकल कलेजलाई कारवाही गर्न सरकालाई प्रतिवेदन बुझाइ सकेको छ । मेडिकल कलेजले आ.व.०७४/०७५ मा प्रति विद्यार्थी २ लाख देखि २५ लाख ४० पाँच सय ३२ रुपयाँसम्म अतिरिक्त शुल्क लिएको पाइएको छ । मेडिकलक कलेजले अतिरिक्त शुल्क लिएको विवरण र ठगि गर्ने मेडिकल कलेजको नामावली सहितको विवरण :

बिद्यार्थीबाट गैह्रकानूनी शुल्क लिएकोले तत्काल कारबाही गर्नुपर्छ

संसदको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेज संचालकले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कबारे अध्ययन गर्न ०७५ चैत १० गते सांसद सुरेश राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको थियो । सो समितिमा खगराज अधिकारी, योगेस भट्टराई, चित्रलेखा यादव, उमेश श्रेष्ठ, जीवनराम श्रेष्ठ, एकबाल मियाँ, मनकुमारी जिसी र सन्तकुमार थारु सदस्य रहेका थिए ।

विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको सम्बन्धमा उपसमितिले देशका निजी क्षेत्रमा संचालित १२ मेडिकल कलेजबारे बिस्तृत अध्ययन गरी प्रतिवेदन सरकारलाई बुझाएको छ । मेडिकल कलेज संचालकबाट विद्यार्थी र अविभावक ठगिएको ठहर गर्दै संचालकमाथि कारवाही गरी अतिरिक्त शुल्क फिर्ता गर्न शिफारिस गरिएको छ ।

सोहि प्रतिवेदनको सन्दर्भमा संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जय पुरी घर्तीले खबर डबलीसँग भनिन्, ‘हाम्रो उपसमितिको रिपोर्ट अनुसार मेडिकल कलेज संचालकले विद्यार्थीबाट चर्को शुल्क लिएको पाइएको छ । सो रकम तत्काल समायोजन र फिर्ता गर्नुपर्ने राय सहित सरकारलाई प्रतिवेदन बुझाइसकिएको छ । सरकारले तत्काल मेडिकल संचालकमाथि कारवाही प्रकृया अगाडि बढाउनु पर्छ ।’

देशका विभिन्न मेडिकल कलेजले लिने शुल्कको अध्ययनको आधारमा विद्यार्थीबाट सबैभन्दा बढि शुल्क लिने चितवन मेडिकल कलेज रहेको समितिका एक सदस्यले बताएका छन् ।

सरकारलाई समेत टेर्दैनन् मेडिकल कलेज

मेडिकल संचालकबाट व्यापकरुपमा विद्यार्थी र अविभावक ठगिएको गुनासो आएपछि ०७५ साल असोज २८ गते मन्त्रिपरिषद्ले निर्णय गरी चिकित्सा शिक्षा अध्ययन गर्न काठमाडौभित्र ३८ लाख ५० हजार र काठमाडौं बाहिरको हकमा ४२ लाख ५० हजारसम्म शुल्क निर्धारण गरेको थियो ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १ गते विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न मेडिकल संचालकलाई आग्रह गरेका थिए । कार्तिक २६ गते शिक्षामन्त्रालयले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क तत्काल फिर्ता गरी बाँकी रकम समायोजन गर्न गर्न मेडिकल संचालकलाई १५ दिने अल्टिमेटम दिएको थियो । तर, मेडिकल संचालकले सरकारको सो निर्णयलाई चुनौति दिदै अहिलेसम्म विद्यार्थीबाट अशुल गरेको शुल्क फिर्ता गरेको छैन ।

यस्तै, शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले सोमबार १५ दिने अल्टिमेटम सकिएपछि गृहमन्त्री रामबहादुर थापासँगको परामर्शमा २४ घण्टासम्म मेडिकल कलेजले शुल्क फिर्ता नगरे ठगि मुद्दामा संचालकमाथि कारबाही गर्ने चेतावनी दिएका छन् ।

आफ्ना कर्तुत लुकाउन अदालतको शरणमा

यस्तै, चितवन प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको पहलमा असोज ४ गते बसेको ठैठकले चितवन मेडिकल कलेज, आन्दोलनरत विद्यार्थी र अविभावकबीच अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति भएको थियो । सहमतिको मशि सुक्न नपाउँदै चितवन मेडिकल कलेज संचालकले जिल्ला प्रशासन कार्यलयलाईसमेत विपक्षी बनाई उच्च अदालत हेटौंडामा मुद्दा दायर गरेको छ ।

यस बारे पुष्टि गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले असोज ४ गते बसेको बैठकमा संचालक, विद्यार्थी र अविभावकबीच चिकित्सा शिक्षामा देखिएको समस्यालाई हल गर्न ५ बुँदे सहमति भएको जानकारी दिए । ‘सो बैठकमा संचालकले अतिरिक्त शुल्क लिएको स्वीकार गर्दै लिएको शुल्क फिर्ता र समायोजन गर्ने, विद्यार्थीले जारी राखेको अन्दोलन स्थगित गर्ने लगायतको विषयमा सहमति भएको हो ।

तर, सहमति कार्यन्वयन नगरी मेडिकल संचालक सहमति विपरित उच्च अदालत जानुभएको छ ।’ विद्यार्थीले अतिरिक्त शुल्क लिएको प्रमाण सहित जिल्ला प्रशासन कार्ययलमा उजुरी दिएको खण्डमा हामी कानून बमोजिम कारबाही अगाडि बढाउँछौं ।’ उनले भने ।

ठगी मुद्दामा कारवाही गर्ने सरकारको तयारी

सरकारले दिएको अल्टिमेटम अटेरी गर्दै विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल ठगि मुद्दामा मेडिकल कलेजलाई कारबाही अगाडि बढाउने मनस्थितिमा पुगेका छन् । मेडिकल कलेज संचालकले अन्तिम २४ घण्टाभित्र शुल्क फिर्ता गर्न अटेरी गरे ठगि मुद्दामा संचालकमाथि कारबाही अगाडि बढाउने सम्बन्धमा आइतबारदेखिनै गृहमन्त्रीसँग परामर्शमा व्यस्त रहेका छन् । विद्यार्थीको उजुरीको आधारमा प्रमुख जिल्ला अधिकारीमार्फत मेडिकल कलेजलाई कारवाही अगाडि बढाउन गृहमन्त्री रामबाहादुर थापासँग परामर्श लिएका छन् । २० घण्टाभित्र अतिरिक्त शुल्क फिर्ता नगरे कानूनी कारवाही गर्न बाध्य हुने शिक्षा मान्त्रालयले जनाएको छ ।

यस्तै, चिकित्सा शिक्षा क्षेत्रलाई मेडिकल माफियाबाट मुक्त गरी आम जनताले देशमै पढ्न पाउने वातावरण बनाउन पटकपटक अनशनरत डाक्टर गोविन्द केसीले तत्काल मेडिकल कलेज संचालकलाई कारवाही गरी निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न आग्रह गरेका छन् । खबर डबलीसँग कुरा गर्दै उनले भने, ‘माथेमा प्रतिवेदन कार्यन्वयनमा सरकारको उदाशिनताले विभिन्न आशंका जन्माएको छ । मेडिकल कलेजबले विद्यार्थीबाट लिएको अबैध शुल्क तत्काल फिर्ता गर्नुपर्छ । मेडिकल माफियालाई कारवाही गरी तोकिएको मापदण्ड पुरा नगरे निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्नु पर्छ ।’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies