Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

माेबाइल चलाउने बच्चामा देखियाे यस्ताे समस्या, जान्नुहाेस् माेबाइल चलाउनु कति खतरा ?

काठमाडाैं । दिन प्रतिदिन नयाँ प्रविधिको विकाससँगै बच्चाहरूले धेरै समयसम्म टिभी, कम्प्युटर तथा फोनमा बिताउने गरेको देखिन्छ । बच्चाहरूले लगातार टिभी हेर्न, कम्प्युटर, ट्याब्लेट, तथा स्मार्टफोन गेम खेल्न, भिडियो हेर्नका लागि समय बिताउँछन् ।

यदि ३ घण्टा भन्दा बढि समयका लागि बच्चाहरुले स्क्रिन हेर्ने गरेको भए सावधान रहन आवश्यक देखिन्छ । यसरि धेरै समय सम्म टिभी, मोबाइल तथा कम्प्युटरको स्क्रिनले बालबालिकाहरूको स्वास्थ्यमा हानी पुर्याउन सक्छ ।

एक रिपोर्टका अनुसार घण्टौसम्म टिभी तथा मोबाइलको स्क्रिनमा आफ्नो समय बिताउने गर्दा शाररिक रुपमा निष्क्रिय हुन्छन् । जसले गर्दा उनीहरूको शरीरको बोसो बढ्न गइ मोटोपनको सिकार हुने गर्छ । सानो उमेरमै मोटोपनाको समस्या भएका बच्चाहरूलाई मधुमेहको खतरा अत्याधिक हुने अर्काइव्स अफ डिजिज इन चाइल्डहुडमा प्रकाशित गरेको अनुसन्धानले पत्ता लगाएको छ ।

उक्त प्रकाशित गरिएको अनुसन्धानमा उल्लेख गरे अनुसार लण्डनमा ९ देखि १० वर्षका ४ हजार ५ सय बालबालिकामा गरिएको थियो । उक्त अनुसन्धानका अनुसार बालबालिकाले लगातार डिजिटल प्रविधिमा झुकाब राख्नाले उनीहरुमा मोटोपन बढ्दै गएको पाइएको छ ।

यसका साथै एकै ठाउँमा धेरै समय बिताउने गर्दा शरीरमा रहेको इन्सुलिन, पाचन ग्रन्थी तथा हर्मोनको माध्यमबाट रगत र ग्लुकोजको स्तर बढ्न दिदैन् । जसको कारण डायविटिज समेत लग्न सक्ने सम्भावना बढेर जान्छ ।

टिभीको स्क्रिन अगाडि धेरै समय बिताउने बालबालिकामा भने टाइप २ को डायविटिज लाग्ने सम्भावना अत्याधिक हुने पाइएको छ । डायविटिजका साथ साथै उनीहरुको आँखामा समेत समस्या आउन सक्ने चिकित्सकहरूले बताएका छन् । (एजेन्सीकाे सहयाेगमा)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies