Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

सिन्दुर लगाउनु कति हानिकारक ? जान्नुहाेस् यस्ताे छ तथ्य

काठमाडाैं । विवाहित महिलाहरूले आफू विवाहित भएको पहिचान गराउनका लागि सिन्दूरको प्रयोग गर्ने गर्छन् । सिन्दूरलाई विवाहित महिलाहरूको मुख्य श्रृंगारको रूपमा लिने गरिन्छ । तर, त्यस्ता सिन्दूर स्वास्थ्यका हिसावले भने हानिकारक हुने पाइएको छ ।

एक अध्ययन अनुसार सिन्दूरमा लिड अर्थात् सीसाको अधिक प्रयोग हुने गरेको पत्ता लगाइएको छ । लिड मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । लिडको स्तर र मात्राले स्वास्थ्य लागि हानिकारक हुने एउटा बेलायती अध्ययनले पत्ता लगाएको छ ।

न्यूजर्सीस्थित ‘रच्गर स्कुल अफ पव्लिक हेल्थ’ पिस्काटावेका शोधकर्ताहरूले गरेको नमुना परीक्षणमा कूल १ सय १८ वटा सिन्दूरको नमुना परीक्षण गरिएको थियो । जसबाट सिन्दूरको रंगलाई गाढा बनाउनका लागि टेट्रोक्साइड नामक सिसाको प्रयोग गरिएको पाइन्छ । संकलित गरिएको सिन्दूरमध्ये ८० प्रतिशतमा न्यूतमम मात्रामा लिडको प्रयोग भएको र अमेरिकन फूड तथा ड्रग एडमिनिस्ट्रेसनले तोकेको मापदण्डभन्दा अधिक मात्रामा सीसाको प्रयोग भएको पाइएको थियो ।

सिँउदोमा प्रयोग गर्ने सिन्दूर हावाको माध्यमबाट फोक्सोमा तथा खानाको माध्यमबाट पेटमा पुग्न सक्ने हुँदा सीसाको सोझो असर शरीरमा पर्ने हुन्छ र मानिसको मृत्युसमेत हुन सक्छ । रङ, धुलो आदिमा सीसाको प्रयोगले स्वास्थ्यलाई खराब गर्नुका साथै मानसिक स्थितिमा समेत ह्रास ल्याउने उक्त अध्ययनले बताएको छ ।

सिन्दूरको प्रयोगले नवजात शिशुहरू सबैभन्दा धेरै जोखिममा पर्ने हुन्छ । आमाको सिन्दूरले ६ वर्षभन्दा कम उमेरका बच्चाका लागि स्वास्थ्यमा एकदमै प्रतिकूल असर पर्छ । (एजेन्सीबाट)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies