



सरकारको नयाँ नीति : अब आयोजनास्थलमै क्रसर उद्योग सञ्चालन गर्न सकिने




- मंसिर ८ गते, २०७६ - २०:१९

सुर्खेत । कर्णाली प्रदेश सरकारले आयोजनास्थलमै अस्थायी प्रकृतिका क्रसर उद्योग स्थापना तथा सञ्चालन गर्न सकिने गरी नयाँ नीति ल्याएको छ । पुरानो कार्यविधिलाई संशोधन गर्दै सरकारले राष्ट्रिय र प्रदेश गौरवका आयोजनाका लागि आवश्यकताअनुसार आयोजनास्थलमै अस्थायी प्रकृतिका क्रसर उद्योग सञ्चालन गर्ने नीति ल्याएको हो ।
सरकारले ‘ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, क्रसिङ, बिक्री, वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि, २०७५’ लाई संशोधन गरेको छ । संशोधित कार्यविधिमा प्रदेशमा सञ्चालन भएका रु १० करोडभन्दा बढी लागतका राष्ट्रिय प्राथमिकता प्राप्त र प्रदेश महत्वका विकास आयोजना सञ्चालन अवधिसम्मका लागि स्थानीय कच्चा पदार्थ प्रशोधन गर्ने प्रयोजनका लागि अस्थायी क्रसर उद्योग सञ्चालन गर्न दिने उल्लेख छ ।
प्रदेश सरकारले पुरानो कार्यविधिअनुसार व्यवसायीले निर्माण सामग्रीको अभावका कारण विकास आयोजनालाई कार्यान्वयन गर्न समस्या भएको गुनासो गरेपछि कार्यविधि संशोधन गर्नु परेको बताएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानून अधिकृत खगेन्द्र खत्रीले आयोजनास्थलमा कामको प्रकृतिअनुसार सम्बन्धित स्थानीय तहबाट अनुमति लिएर निश्चित समयका लागि क्रसर उद्योग सञ्चालन गर्ने व्यवस्था गरेको जानकारी दिए। “सम्बन्धित जिल्ला डिभिजन वन कार्यालयका प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन तथा समन्वय समिति रहने प्रावधान थप गरिएको छ, यही समितिको सिफारिसका आधारमा स्थानीय तहले अस्थायी अनुमति प्रदान गर्न सक्नेछन्,” उनले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पोखरेली जनता भन्छन् – विद्यालाई अझ उच्च पदमा देख्न पाऔँ
कास्की । कास्की निर्वाचन क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईलाई पोखरेलीले...कालापानी विषय अन्तरराष्ट्रियकरण गरिएमा समस्या जटिल बन्छः अध्यक्ष प्रचण्ड
धनगढी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला राजनीतिक र कूटनीतिक...रिसोर्टमा ग्यास विस्फोट : चारको मृत्यु, चार जना बेपत्ता
वार्सा । पोल्याण्डको दक्षिणी भागमा पर्ने एक रिसोर्टमा बुधबार मध्याह्न भएकोे ग्यास विस्फोटमा परी चार...क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण
काठमाडौं । नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण...न्याय परिषद सदस्य वैदिकद्वारा राजीनामा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकले न्यायपरिषद्...मंसिर २० र २१ गते कलंकीदेखि कोटेश्वर हुदै जगातीसम्मको सडक बन्द हुने
काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुदमा दुई दिन कलंकीदेखि कोटेश्वर हुँदै भक्तपुरको जगातीसम्मको मुख्य...ज्ञानेन्द्रको शतक, पारसको अलराउण्ड प्रदर्शनमा भुटानविरुद्ध नेपालको शानदार जित
काठमाडौं । नेपालले टी -२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाउँदै भुटानलाई १३० रनले...पुरानो साइकल र मागेको पोशकले जित्यो स्वर्णपदक
काठमाडौं । कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको...जोमसोमको एक होटलमा भारतीय नागरिकको मृत्यु
मुस्ताङ । मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया...उसुमा नीमा घर्तिमगरले जितिन् अर्को स्वर्ण, स्वर्णको संख्या ३० पुग्यो
काठमाडौँ । १३ औं साग अन्तर्गत उसुतर्फ थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी...

