Khabar Dabali Logo
  January 23, Thu

जाडोमा घाममा बस्नुको मज्जा बेग्लै, जान्नुहोस् घाममा बस्नुका ६ फाईदा

काठमाडौं । जाडो मौसम सुरु भइसकेको छ र दिनहरु पनि छोटिदैछन् । तपाईंले पर्याप्त मात्रामा घाममा बस्न नपाउनुभएको हुन सक्छ, जसका कारण सूर्यको प्रकाशबाट पाउने भिटामिनको अभाव हुन सक्छ ।

आफ्नो कार्यव्यस्तताका कारण कतिपय मानिसले आफूलाई चाहिने घामको प्रकाश लिन नपाउँदा औषधी खान बाध्य छन् । घामको प्रकाश स्वास्थ्यका लागि नभई नहुने तत्व हो । किनकी यसले मुड फ्रेस गर्छ, मेटाबोलिजम शसक्त बनाउँछ र स्वास्थ्य सम्बन्धी अन्य समस्याबाट जोगाउँछ । सूर्यको प्रकाशमा एक्सपोज हुनुका फाईदा यस्ता छन्ः

१. रक्तचाप घटाउँछ : युनिर्भसिटी अफ इडनबर्गका अनुसन्धानकर्ताहरुका अनुसार नाईट्रिक अक्साइडले रक्तचाप न्यून गर्न सहयोग गर्छ । सूर्यको प्रकाश छालामा पर्ने वित्तिकै रक्तनलीमा नाइट्रिक अक्साइड निस्काशन हुन्छ । तसर्थ बिहानको वा अन्य समयको घाममा बस्दा रक्तचापका बिरामीका लागि फाइदा हुन्छ ।

२. प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ : रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न भिडामिन डीको सर्वोपरी महत्व हुन्छ । भिडामिन डीले कोषहरुलाई बुढो हुनबाट जोगाउँछ । घामले कुनै पनि ब्याक्टेरिया वा भाइरसको सम्भावित आक्रमणबाट बचाउँछ ।

३. हड्डी बलियो बनाउँछ : सूर्यको प्रकाशले ताप दिदा भिटामिन डी ३ बन्छ । भिडामिन डी ३ ले शरिरमा क्याल्सियम र म्याग्नेसियम सोस्न सहयोग गर्छ । भीटामिन डी ३ र हड्डीको बृद्धि तथा बिकासबीच प्रत्यक्ष सम्बन्ध रहेको नयाँ अध्ययनहरुले देखाएका छन् । शरिरमा उच्च मात्रामा डी ३ भएमा जोर्नीको दुखाई कम गर्ने र हातखुट्टा वा शरिरका अन्य अंग भाँचिने खतरा कम हुन्छ ।

४. छालालाई फाइदा गर्छ : सूर्यको प्रकाशले शरिरको छालालाई पनि फाइदा गर्छ । निरन्तर घाममा बस्दा छालाजन्य विभिन्न रोग र संक्रमण लाग्दैन ।

५. श्वासप्रश्वाससँग सम्बन्धित रोगको सम्भावना घटाउँछ : भिटामिन डीको कमि हुने बालबालिकामा श्वासप्रश्वास सम्बन्धी रोग र एलर्जीको खतरा हुन्छ । अमेरिकाको युनिर्भसिट अफ कोलोराडोका अनुसन्धानकर्ताहरुका अनुसार घामले बृद्धबृद्धामा संक्रमणबिरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।

६. डिप्रेसनबाट जोगाउँछ : सूर्यको प्रकाशले मानिसको भावना र आवेगमा समेत असर गर्छ । नियमित घाममा बस्ने मानिस डिप्रेसन तथा स्ट्रेसबाट बचाउछ । घामले शरिरलाई मनोवैज्ञानिक ऊर्जा दिन्छ । (सामाजिक सञ्जालबाट)

मंसिर ८ गते, २०७६ - ११:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा–राजपा गठबन्धनको विजयी सुरुवात, प्रदेश २ मा तुलसा दाहाल विजयी

नेकपा–राजपा गठबन्धनको विजयी सुरुवात, प्रदेश २ मा तुलसा दाहाल विजयी

काठमाडौं । प्रदेश नम्बर २ बाट महिलातर्फ राष्ट्रिय सभा सदस्यमा नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् ।नेकपा–राजपा...   

नेकपा प्रवक्ता श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित

काठमाडौं । गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा उठेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता...   
गजल  : सच्चा मनले माया गर्दा पनि गजल बन्छ !

गजल : सच्चा मनले माया गर्दा पनि गजल बन्छ !

सच्चा मनले माया गर्दा पनि गजल बन्छकसैको यादमा आँसु झर्दा पनि गजल बन्छ ।।नभनेर उस्लाइ उस्कै यादमा...   
डिस होमले ल्यायो विद्यार्थीका लागि ‘राइम्स’ च्यानल

डिस होमले ल्यायो विद्यार्थीका लागि ‘राइम्स’ च्यानल

काठमाडौं । डिस होम नेपाल अग्रणी डिटिएच सेवा प्रदायक कम्पनी हो । जसले थुपै्र डिजिटल एचडी च्यानलहरु...   

प्रदेश सांसद दिपक मनाङ्गे पक्राउ

काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ्ग उर्फ दीपक मनाङ्गे पक्राउ परेका छन् । जिल्ला अदालत पोखराले...   
सांसद मनाङ्गेलाई पक्राउ गर्न जिल्ला प्रशासनले दियो अनुमति

सांसद मनाङ्गेलाई पक्राउ गर्न जिल्ला प्रशासनले दियो अनुमति

काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको...   
साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने सरकारको निर्णय

साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विद्युतीय बस किन्न साझा यातायातलाई उपलब्ध गराएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता...   
पोस्टर पनि चोर्छन् हिन्दी फिल्मकर्मी, हेर्नुहोस् कुन फिल्मले कसको पोस्टर चोरे

पोस्टर पनि चोर्छन् हिन्दी फिल्मकर्मी, हेर्नुहोस् कुन फिल्मले कसको पोस्टर चोरे

काठमाडौं । फिल्मको लागि उसको पोस्टर विशेष हुन्छ । पोस्टरमा फिल्मको नाम मात्रै नभएर फिल्मको कथा पनि...   
निर्भया हत्याका दोषीलाई शहरको चोकमा फाँसी दिन बलिउड कलाकारकाे माग

निर्भया हत्याका दोषीलाई शहरको चोकमा फाँसी दिन बलिउड कलाकारकाे माग

काठमाडौं । चर्चित भारतीय अभिनेत्री कंगना रनौतले निर्भया हत्याका दोषीलाई चोकमा फाँसी दिन माग गरेकी...   
असममा माओवादीसहित विभिन्न सशस्त्र संगठनका ६४४ जनाले गरे सामुहिक आत्मसमर्पण

असममा माओवादीसहित विभिन्न सशस्त्र संगठनका ६४४ जनाले गरे सामुहिक आत्मसमर्पण

काठमाडौं । भारतको अमसमा सरकारद्वारा प्रतिबन्धित विभिन्न ८ संगठनका ६४४ जना सशस्त्र व्यक्तिले हतियारसहित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top