



कालापानी मिचिएको विराेधमा कलाकारहरुको सामुहिक गीत ‘सिमानामा हाम्रो माटो मिच्न नखोज’(भिडियोसहित)




- मंसिर ६ गते, २०७६ - २०:४०

काठमाडौं । भारतीय सरकारले नयाँ नक्सा सार्वजनिक गर्दै नेपाली भूमी लिम्पियाधूरा, लिपूलेक र कालापानीलाई आफ्नो नक्सामा गाभेको प्रति नेपाली कलाकारहरुले विरोध जनाएका छन् । सामाजिक अभियन्ता एंव कलाकारहरुको समुहले भारतीय शैलीको विरोधमा ‘सिमानामा हाम्रो माटो मिच्न नखोज’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भएको गीतमा चर्चित गायक यम बराल र रितु गुरागाईँको स्वर रहेको छ । वीइ स्टार नेपाल नामक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा दर्जनभन्दा बढि चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।
ज्ञानेन्द्र गढालको शब्दमा उनिएको गीतमा चेतन सापकोटाको भरेका संगीत छन् । गीतको भिडियो पनि गायक तथा संगीतकार चेतन सापकोटाले नै निर्माण गरेका छन् । गीतमा चेतन सापकोटा, युवराज वाईवा, प्रेम कुमार राई, पवित्रा गुरुङ्ग र लक्ष्मी स्यात्याङको सामुहिक स्वर पनि रहेको छ ।
गीतको भिडियोमा कलाकार निर शाह, भुवन चन्द, बसुन्धरा भुसाल, कोमल वली, सम्भूजीत बास्कोटा, प्रेम राजा महत, अर्जुन जंग शाही, दिपकराज गिरी, दिपाश्री निरौला लगायतका कालाकारहरुले अभिनय गरेका छन् ।
यस्तो छ गीतको भिडियो

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री
काठमाडौं । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज...टेलिकमले कर्णाली र सुदुर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्ने
काठमाडौं । कर्णाली र सु्दुर पश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माण गर्न नेपाल टेलिकम र दूरसञ्चार...इराकमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान दिन नेपालका लागि इराकी राजदुतलाई गृहमन्त्रीको आग्रह
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले इराकमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान दिन नेपालका...प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुँदै
काठमाडौं । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि प्रधानमन्त्री केपि शर्मा ओलीलाई आजै अस्पतालबाट डिस्चार्ज...क्यानडाका प्रधानमन्त्रीले ट्रम्पको मजाक उडाएपछि…
काठमाडौं । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोका बीच भएको विवाद...भारतको प्रष्ट रणनीति : सके एकैपटक, नसके किस्ताबन्दीमा भएपनि नेपाललाई गाभ्ने
भारतद्वारा प्रकाशित नयाँ नक्साबाट भारतको साम्राज्यवादी चरित्र नाङ्गो रूपमा अगाडि आएको छ । उक्त नक्सामा...काठमाडाैं उपत्यकामा चिसाे बढ्याे, न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियससम्म
काठमाडाैं । बिहीबार बिहान काठमाडाैं उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ ।...पाकिस्तानमा महंगाई नियन्त्रण बाहिर, एक केजी टमाटरको मुल्य ३०० रुपये
काठमाडौं । पाकिस्तानमा पछिल्लो समय महंगाई अत्याधिक बढेको छ । दैनिक उपभोग्य वस्तुहरुमा महंगाई ३ सय...टेलिकमले ल्यायाे ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’ प्याकेज
काठमाडाैं । नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राख्दै भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप...वाट्सएपबाट सस्तोमा सामान दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल वाट्सएपबाट सस्तोमा सामान मगाईदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले...

